Saturday, 15 December 2012
विद्यालयमा आम नरसंहारप्रति चौतर्फी शोक
15.12.12 NST
शुक्रबार बिहान कनेक्टिकट राज्यको एउटा प्राथमिक विद्यालयमा एकजना बन्दूकधारीले गरेको हमलामा बीसजना ससाना केटाकेटी र छ जना वयस्कको ज्यान गएको घटनाप्रति चौतर्फी शोक व्यक गरिएको छ।
एउटा टेलिभिजन संबोधनमा भावुक देखिएका ओवामाले न्युटाउनस् स्यान्डी हुक प्राथमिक विद्यालयमा भएको घटनाप्रति गहिरो शोक व्यक्त गरे।
उनले भने, "राजनीतिक धारणा जे सुकै होस्, अब हामी सबै मिलेर यस्ता घटना दोहोरिन नदिन प्रभावकारी चाल्नु पर्छ।"
आफ्नो साप्ताहिक रेडियो संबोधनमा राष्ट्रपति ओबामाले यस्ता दुखद घटनाहरु रोक्न सार्थक कामहरु गर्न आफ्नो अपील दोहोराए।
कोलोराडो राज्यका गभर्नरले अब यस विषयको छलफललाई अरु पछि धकेलिन नसक्ने बताए।
गत जुलाई महिनामा कोलोराडोस्थित एउटा सिनेमा घरमा आफ्नो अनुहार छोपेको एकजना बन्दूकधारीले जथाभावी गोली चलाउंदा बाह्रजनाको ज्यान गएको थियो।
हत्या
कनेक्टिकट राज्यका अधिकारीहरुले स्थानीय रुपमा एडम लान्जा भनेर चिनिने एकजना बीस वर्षीय बन्दूकधारीले आफ्नै घरमा आफ्नी आमाको हत्या गरेपछि उनकै मोटर चलाए स्याण्डी हुक एलिमेन्टरी विद्यालयमा गएको जनाएका छन्।
उसलाई चिन्ने मानिसहरुले उ तीक्ष्ण बुद्धिको तर मानिसहरुसंग घुलमिल नगर्ने शान्त स्वभावको भएको बताएका छन्।
एडमको गोली प्रहारबाट मारिनेहरुमध्ये धेरैजसो पांचदेखि दश वर्षबीचका केटाकेटीहरु थिए।
उनीहरुको नाम अझै सार्वजनिक गरिएको छैन।
न्युटाउनका वासिन्दाहरुले गएराती मृतकहरुको संझनामा जाग्राम गरेका थिए। राष्ट्रपति ओबामाले सबै सार्वजनिक भवनहरुमा राष्ट्रिय झण्डा आधा झुकाउन आदेश दिएका छन्।
शोक
संसारभरिका नेताहरुले कनेक्टिकस्थित विद्यालयमा गरिएको गोली काण्डको घटनाप्रति शोक व्यक्त गरेका छन्।
अष्ट्रेलियाकी प्रधानमन्त्री जुलिया गिलार्डले सो हमला बुझ्नै नसकिने खालको भएको बताइन्।
सन् १९९६ मा अष्ट्रेलियाको तास्मानिया राज्यमा एउटा बन्दुकधारीले आमनरसंहार गरेपछि त्यहां अर्द्धस्वचालित राइफलहरुमाथि प्रतिबन्ध लगाइनुकासाथै बन्दुकसंबन्धी कानुनहरुलाई कडा तुल्याईएको थियो।
कनेक्टिकको हमलापछि इन्टरनेटमा आधारित सामाजिक सन्जालहरु तथा अन्तर्राष्ट्रिय सन्चारमाध्यमहरुमा बन्दूकको खरीद तथा प्रयोगलाई कडा तुल्याउन आवश्यक छ वा छैन भन्ने विषयमा बहस भैरहेको छ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment