Friday, 28 December 2012
Today news
समाचार»
लुटिएकी युवतीलाई डेढ लाख
कान्तिपुर संवाददाता
काठमाडौ, पुस १२ -
साउदी अरबबाट र्फकंदै गर्दा काठमाडौं विमानस्थलको अध्यागमनका कर्मचारी र प्रहरीबाट लुटिएर यौन दुव्र्यवहारमा समेत परेकी भोजपुरकी युवतीलाई सरकारले १ लाख ५० हजार रुपैयाँ राहत दिने निर्णय गरेको छ ।
मन्त्रपरिषद्को बिहीबारको बैठकले उनलाई लुट्ने कर्मचारी र यौन दुव्र्यवहार गर्ने प्रहरी जवानलाई हदैसम्म कारबाही गर्ने निर्णयसमेत गरेको छ ।
वैदेशिक रोजगारका लागि अर्काको राहदानीमा साउदी गएर र्फकने क्रममा अध्यागमनमा पक्राउ परेकी उनबाट त्यहाँका कर्मचारी र प्रहरीले सम्पूर्ण रकम लुटेका थिए । रकम लुटेपछि प्रहरी जवान परशुराम बस्नेतले धम्की दिई उनलाई गेस्ट हाउसमा लगेर यौन दुव्र्यवहार गरेका थिए ।
गरिबी निवारण कोषका उपाध्यक्षद्वारा राजीनामा
गरिबी निवारण कोषका उपाध्यक्ष जनकराज जोशीले पदबाट राजीनामा दिएका छन् । मन्त्रिपरिषद्को बैठकले उनको राजीनामा स्वीकृत गरेको छ । प्रमुख सत्तारूढ घटक माओवादीले कोषमा रहेको बजेट आफ्ना कार्यकर्तालाई फाइदा हुने गरी खर्च गर्न तीव्र दबाब दिएपछि उनले राजीनामा दिएको स्रोतले बतायो । जोशीले भने कुनै दबाबले नभई आफू खुसी राजीनामा दिएको कान्तिपुरलाई बताए ।
गाविस सचिवलाई १५ सय भत्ता
सरकारले गाविस सचिवहरूलाई मासिक १ हजार ५ सय भत्ता दिने निर्णय गरेको छ । निजामती कर्मचारी गाविस सचिवमा जानै नचाहने भएकाले आकर्षण बढाउन उनीहरूलाई मासिक १५ सय भत्ता दिने निर्णय भएको जानकारी सरकारी अधिकारीले दिए ।
टेलिभिजन अध्यक्षमा अग्रवाल
सरकारले नेपाल टेलिभिजन सञ्चालक समितिको अध्यक्षमा चार वर्षका लागि सीताराम अग्रवाललाई नियुक्त गरेको छ । नेपालगन्ज घर भएका अग्रवाल कानुन व्यवसायी एवं मधेसी जनअधिकार फोरम -गणतान्त्रिक) का स्थानीय नेतासमेत हुन् ।
सञ्चारमन्त्रीको प्रेस सल्लाहकारमा अधिकारी
सरकारले सूचना तथा सञ्चारमन्त्रीको प्रेस सल्लाहकारमा शिवप्रसाद अधिकारीलाई नियुक्त गरेको छ ।
मदरसा शिक्षा परिषद्मा अहमद
मन्त्रिपरिषदले राष्ट्रिय मदरसा शिक्षा व्यवस्थापन परिषदको उपाध्यक्षमा नेपालगन्जका मौलाना मन्सुर अहमदलाई नियुक्त गरेको छ ।
प्रधानसेनापति भारत जाने
सरकारले प्रधानसेनापति गौरवशमशेर राणालाई उनका भारतीय समकक्षीको निम्तामा आगामी पुस २२ देखि माघ २ सम्मको भारत भ्रमणमा जान स्वीकृति प्रदान गरेको 6/
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment