Sunday, 16 December 2012
कोइरालालाई प्रधानमन्त्री बनाउन माओवादी सहमत
संखुवासभा, पुस २ - एमाले अध्यक्ष झलनाथ खनालले कांग्रेस सभापति सुशील कोइरालालाई प्रधानमन्त्री बनाउन एमाओबादी तयार भएको दावी गरेका छन् ।
माओबादी अध्यक्ष पुष्पकमल दाहालले आँफुसंग भएको छलफलमा कोइरालालाई प्रधानमन्त्री बनाउन सहमति गरेको उनले बताए । संखुवासभा एमालेको आईतबार सातौ जिल्ला अधिबेसन उद्घाटन गर्दै अध्यक्ष खनालले सहमति विना कसैले केही गर्न नसक्ने स्पष्ट पारे ।
लोकतन्त्रपछि निर्माण भएको यो सरकार जनताको आकाक्षा विरोधी भयो, खनालले भने, वर्तमान सरकारले देशलाई संकटमा फसाएको छ, भष्टाचार मौलाएको छ, बाबुरामजीलाई सत्ता मोहले सतायो, देश झनझन डुव्दै गएको छ । वर्तामान सरकार एकाधिकारवादी भएको बताउदै खनालले भने, माओबादी कै कारणसंविधान आएन, आयु हुँदाहुँदै संविधानसभा विघटन भयो, त्यसको बाधक माओबादी नै हो ।
वर्तमान सरकार विस्थापन नभएसम्म सहमतिको कुनै विन्दु नभेटिने बताउदै मुलुक थप जटिलता तर्फ धकेलिने ठोकुवा गरे । उनले भट्टराई नेतृत्वको सरकारले राजनैतिक, संवैधानिक र नैतिक आधारहरु गुमाइसकेकाले सहमतिको लागि सरकारको विस्थापन नै उतम विकल्प भएको दोहोर्याएका छन ।
एमाले सहमतिको लागि हदैसम्मको चलक भएर उभिएको छ, अध्यक्ष खनाल भने, सर्वसत्तावादका अगाडि घुडा टेक्न र झुक्न भने तयार छैनौ । एमाले सधै केन्दि्रकृत शासन प्रणालीको विपक्षमा रहेको बताउदै संघीयताको विरोधी एमाले भन्नु तर्क संगत कुरा नभएको स्पष्ट पारे । उनले विदेशी अनुहारको नभइ नेपाली मौलिक परम्परालाई टिकाइ राख्ने संघीयताको पक्षमा आफु र आफ्नो पार्टी रहेकाले जातीय राज्य कुनै पनि हालतमा स्वीकार्न नसकिने दाबी गरेका छन ।
राष्ट्रिय सहमतिको सरकार जति सक्दो चाँडो गठन गरी आगामी वैशाखमा चुनाव हुनु पर्नेमा एमालेको जोड रहेको छ, यसका लागि एकीकृत माओवादी लगायत सबै पक्ष सहमतिमा आउनु वाहेक अर्को विकल्प छैन, खनालले भने । अधिवेसनलाई केन्दि्रय सदस्य राजेन्द्र गौतम, पर्शुमेघी गुरुङ र जयन्ती राईलगायतका नेताहरुलेसमेत सम्बोधन गरेका थिए ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment