Tuesday, 18 December 2012
पूर्व युवराज पारसले मागे सुरक्षा
काठमाडौ, पुस ३ - पूर्व युवराज पारस शाहको सुरक्षाका लागि बैंककस्थित नेपाली दूतावासले थाइ प्रहरीलाई पत्रचार गरेको छ । दूतावास स्रोतका अनुसार पारसको तर्फबाट आफ्नो जीउ–ज्यानको सुरक्षाको व्यवस्था गरिदिन निवेदन दिएपछि पत्रचार गरिएको हो ।
दूतावास स्रोतका अनुसार थाइलेण्डस्थित गैरअवासीय नेपाली संघका सचिव सुनिल खड्का र केही अरु त्यही बस्ने नेपालीहरुले उक्त निवेदन चार दिनअघि दिएका हुन् ।
उक्त निवेदन प्राप्त भएलगतै पारसको सुरक्षाको ब्यवस्था मिलाइदिन अनुरोध गर्दै पत्रचार गरिएको हो । निवेदन दिन पारस भने आएका थिएनन् ।
दुतावासमा १४/२०६९ नम्बरमा दर्ता भएको पत्र निम्न अनुसार रहेका छन्:
महामिहम कार्यबाहक राजदूत ज्यु
नेपाली राजदुतावास, बैकक, थाइलेण्ड
बिषय: असुरक्षित महसुस भएको जानकारी सम्बन्धमा ।
महोदय,
म नेपाली राहदानी बाहक पारस बीर बिक्रम शाह यस थाइलेण्ड अधिराज्यको ब्यक्तिगत बसाईका सिलसिलामा विगत केही समय अगाडी देखि म माथि बिभिन्न बहानाबाजीमा अनेक प्रकृतिका लन्छाना लगायतका मानसिक यतना सहित आर्थिक शोषण देखि ज्यान मार्ने सम्मको हर्कत भएको ब्यहोरा जानकारी गराउँदै भारतीय मुलका जस्ता देखिने ब्यक्तिहरु समेत बाट असुरक्षित महसुस गर्दै सो सम्बन्धी कार्यहरुको सम्बन्धमा थाइ प्रहरी र भारतीय दूतावाससंग कुटनीतिक पहल गरी मेरो जीउ धनको सुरक्षामा सहयोग गरिदिन अनुरोध गर्दछु ।
निवेदन
पारस वीर विक्रम शाह
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment