Sunday, 16 December 2012

थापाले भने-'म गणतन्त्रमा उभिएँ'



धनगढी, पुस १ - राष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष सूर्यबहादुर थापाले गणतन्त्र र राजतन्त्रबीचको मध्यमार्गी बाटो खोज्ने प्रयास भए पनि त्यो सम्भव नभएका कारण अब आफ्नो पार्टी स्पष्टरूपमा गणतन्त्रको पक्षमा उभिएको बताएका छन् । उनले प्रमुख राजनीतिक दलहरू देशलाई नेतृत्व दिन असफल भएको आरोप लगाउँदै नयाँ प्रजातान्त्रिक शक्तिले देशलाई सही दिशामा डोर्याउने दाबी गरेका छन् । पत्रकारहरूको प्रश्नमा उनले दलहरूबीच भएको पाँचबुँदे सहमतिअनुरूप अब सरकारको नेतृत्व गर्ने पालो नेपाली कांग्रेसको हुनुपर्ने बताए ।

वैशाखमा निर्वाचन सम्भव तुल्याउन सबै दल एकजुट भएर अघि बढ्नुपर्ने र राजनीतिक सहमतिले नै विद्यमान समस्याको समाधान गर्ने उनको भनाइ थियो । उनि राजाका विश्वासपात्रकोरुपमा चिनिदै आएका थिए ।




No comments:

Post a Comment