Sunday, 16 December 2012

सिभिलमा सात गुणा आवेदन



काठमाडौ, पुस १ - सिभिल बैंकको प्राथमिक सेयर निष्कासनमा ७ गुणाभन्दा बढी आवेदन परेको छ । बैंकका अनुसार सेयर खरिद गर्न ५ अर्ब ४६ करोड रुपैयाको आवेदन परेको छ । बैंकले ८० करोड रुपैयाँका लागि आवेदन मागेको थियो । बैंकले ४५ दिनभित्र सेयर बाँडफाँट गर्ने जनाएको छ । सेयर बजारमा पछिल्लो समय देखिएको सुधारका कारण प्राथमिक सेयर निष्कासनमा पनि आकर्षण बढेको देखिएको छ । यसअघि जनता बैंकको सेयर निष्कासनमा पनि मागभन्दा बढी आवेदन परेको थियो ।

No comments:

Post a Comment