Sunday, 16 December 2012
जो बनोस् प्रधानमन्त्री निजी क्षेत्रलाई मतलब छैन्
पोखरा, पुस १ - उद्योग बाणिज्य महासंघका अध्यक्ष सुरज वैद्यले सरकारको नेतृत्व कसले गर्ने बिषय निजी क्षेत्रकालागि गौण भएको बताएका छन । ६ महिनाभित्र चुनाव गराई आर्थिक बिकासको एजेन्डानै नीजि क्षेत्रको माग भएको प्रष्टाउादै उनले राजनैतिक गतिरोध अन्त्यकालागि छिटो सहमतीय सरकारकालागि दलहरुसाग माग गरे । पोखरामा गत मंसिर २१ देखि सुरु भएको राष्ट्रिय औद्योगिक ब्यापार मेलाको आइतबार समापन गर्दै बैद्यले यस्तो बताएका हुन ।
मुलुकमा राजनैतिक अन्यौलताकाबीच निजी क्षेत्र देश बिकासमा क्रियाशिल रहेको भन्दै उनले निजी क्षेत्र देश कता जान्छ भन्ने सोचेर बढी निराश भएको बताए । उनले पाँचै बिकास क्षेत्रमा लगानी भित्र्याउन विशेष कार्यक्रम आयोजना गरिने र यसकालागि स्वदेशी र विदेशी लगानीकर्ता बोलाएर पाँचै बिकास क्षेत्रमा कार्यक्रम तय भएको बताए ।
पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष संजिवबहादुर कोइरालाले मेला उद्देश्यमा सफल भएको बताए । लगानीको सम्वर्दनः उद्योग ब्यवसायको प्रवर्द्धन भन्ने नारासहित मेला आयोजना भएको हो ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment