Sunday, 16 December 2012
तातोपानी नाकामा तीन किलो सुन भेटियो
काठमाडौ, पुस १ - तातोपानी नाकाको नेपाल-चीन सीमानाको मितेरी पुलमा अन्दाजी तीन किलो सुन भेटिएको छ । आइतबार बिहान साढे ११ बजे उक्त सुन चेकजाँचका क्रममा भेटिएको हो ।
नाकामा प्रहरीले नियमित चेकजाँच गर्ने क्रममा भीडभाडमा सुन भेटिएको बताइएको छ । सुराकीका आधारमा प्रहरीले सुरक्षा निगरानी कडा पारेपछि कसैले सुन फालेका हुन सक्ने अनुमान गरिएको छ ।
प्रहरीले निगरानी बढाएको थाहा पाएपछि भरियाहरुले उक्त सुन फालेको हुनसक्ने सशस्त्र प्रहरीका एसपी कमल गिरीले बताए । उनले भने, 'नाकाबाट आएका भरियाहरुले चेकजाँच हुँदा सुन फालेर भोगेको हुनपर्छ ।' कसले सुन फालेको हो अहिले त्यहाँ अनुसन्धान भइरहेको बताइएको छ ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment