Wednesday, 19 December 2012
कलङ्की-कोटेश्वर सडक १० ‘लेन’ को बन्ने
काठमाडौँ, पुस , कोटेश्वर देखि कलङ्की सम्मको सड्क अब १० लेनको बन्ने भएको छ । चीन सरकारको अनुदान सहायतामा साढे नौ किलोमिटर लामो कलङ्की-कोटेश्वर सडक दश ‘लेन’ मा विस्तार हुने बताइएको छ। चक्रपथ अन्तर्गत पर्ने उक्त सडकखण्ड विस्तार गर्नेसम्बन्धी सम्झौतापत्रमा सडक विभाग र साङ्घाइ कन्सट्रक्सन ग्रुपका बीचमा हस्ताक्षर भएको छ।
विभागमा आयोजित कार्यक्रममा सडक विभागका महानिर्देशक दिनकर शर्मा र साङ्घाइ कन्सट्रक्सन ग्रुपका नायब महानिर्देशक सेन सिइङले सम्झौता पत्रमा हस्ताक्षर गर्नु भएको छ।
गत पुस ३० गते चिनियाँ प्रधानमन्त्री वेन जियाबाओले गरेको नेपालको औपचारिक भ्रमणका बेला चक्रपथ विस्तारको सैद्धान्तिक सहमति भएको थियो । जस अनुसार आगामी तीन महिनाभित्र निर्माण प्रारम्भ हुने उक्त सडकखण्डको लागत रु चार अर्ब रहेको छ ।
यस सड्कको दायाँ बायाँ चारलेनको दुई तर्फी सडक हुनछ । दुबै- तर्फ एकएक लेनको साइकल लेन र पदयात्री मार्ग निर्माण गरिने छ । यस सड्कमा तीन ठाउँमा आकाशे पुल बनाइने कुरा बताइएको छ ।
सड्क निर्माणका लागी चीनबाट २०० जना मुख्य कामदार र आवश्यक उपकरण ल्याइने बताइएको छ । त्याहाँबाट आउने श्रमिकलाई आवासको व्यवस्था गर्न कम्तिमा २ महिना लाग्ने हुँदा अबको ३ महिनापछिबाट काम शुरू गरिने बताइएको छ ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment