Sunday, 16 December 2012

बुढी भनेको निउमा नांगो तस्वीर खिचाए


बुढो भएपछि अनुहारमा चाउरी पर्छन्, यौवनमा जस्तो चमक हुँदैन, यौवनाहरुले फुटेको आँखाले पनि हेर्दैनन् । मान्छे बुढो हुँदै जानु भनेको शारिरिक र सामाजिक रुपमा ऊ एक्लिँदै र अपहेलित हुँदै जानु हो भन्ने आम सोंचाइ छ । तर बेलायतका टेलिभिजन पत्रकार महिलाले उमेर ढल्केपछि सबै कुरा सकियो भन्ने सोचाइको अनौठो तरिकाले विरोध गरेका छन् ।

टेलिभिजनका चर्चित महिला अनुहारहरुले जोवन ढल्किएपनि आफुहरु उस्तै जवान छौँ र काम गर्न सक्छौँ भन्ने प्रमाणित गर्न निर्वस्त्र भएर फोटो खिचाएका छन् । टेलिभिजनमा कार्यक्रम चलाउने पत्रकारहरु सेरी हेसन, एन्ड्री म्याकलिन, बेभेर्ली काल्लार्ड र गिलान टेलफोर्टले बेस्ट म्यागेजिनका लागि नांगो तस्वीर खिचाएका हुन् ।

खासगरी महिला कलाकारहरुलाई उमेर छिप्पिँदै गएपछि प्रतिभा भएपनि पर्दामा ल्याउन आनाकानी गर्ने फिल्म तथा अन्य दृश्य कार्यक्रमका उत्पादकहरुलाई आफ्नो सबै सरीर हेर्न आग्रह गर्दै उनीहरुले उमेर छिप्पिए पनि महिलाको सुन्दरता घट्दैन भन्ने सन्देश दिएका हुन् । वास्तवमा ५० काटेका ४ जना र ४१ वर्षकी एक जना टेलिभिजनमा कार्यक्रम चलाउने महिला कलाकारहरु उनीहरुले भनेजस्तै निकै सुन्दर देखिन्थे । अर्थात् उनीहरुको शरिर चाउरी परेको देखिन्नथ्यो । ५६ वर्षकी गिलियानले आफु बुढि हुँदै गएपछि टेलिभिजनमा काम पाउन गाह्रो हुँदै गएको गुनासो गरिन् ।

लोग्ने मान्छे ५०-६० वर्षको हुँदा पनि टेलिभिजनमा काम गर्न सक्ने भएपनि मालिकहरुले महिलालाई भने ४० काटेपछि टेलिभिजनको स्क्रिनमा पठाउन नचाहने उनको भनाइ छ । त्यस्तै ५४ वर्षकी बेभेर्ली पनि उमेर छिप्पिँदै गएपछि काम छाड्न बढेको दबाबले आफुलाई अप्ठेरो हुन थालेको बताइन् । टेलिभिजनमा कार्यक्रम उत्पादन र लेखकले आफुजस्ता उमेर छिप्पिएकाहरुको भावनामा खेलवाड गर्ने भएकाले महिलालाई ३५ काटेपछि नै बुढी भएको अनुभव हुने गरेको बेभेर्लीले दु:खेसो पोखेकी छिन् ।
लूस ओमन शीर्षकको पाका महिलाहरुमा केन्द्रित कार्यक्रम चलाउने सेरीले महिलाहरुले उमेर छिप्पिँदै जाँदा कार्यक्षेत्रमा अवहेलना सहनु परेपनि आफुले भने आफ्नो आत्मविश्वासका कारण अहिलेसम्म त्यस्तो बेहोर्नु नपरेको बताइन् ।

No comments:

Post a Comment