Saturday, 15 December 2012
पाँचथरका अग्नी पीडितलाई अमेरिकाबाट सहयोग
न्युर्योक, मंसिर ३० - मंसिरको पहिलो सातामा पाँचथरको च्याङथापु बजारमा र आरुबोटे गाविसमा भएको भीषण आगलागीबाट पीडितहरुलाई अमेरिकामाबाट आर्थिक सहयोग गरिएको छ । मंसीर ९ गते राति आगलागीबाट पाँचथरमा एक व्यक्तिको मृत्यु सहित बाईस वटा घरहरु जलेर नष्ट भएका थिए । आगलागी बाट पीडित परिवारहरुको स्थिति बिजोग रहेकोले अमेरिकाबाट अर्थ सहयोग गरिएको अभियानमा सक्रिय मुनेन्द्र नेम्वाङले ईकान्तिपुर लाई बताए ।
दुई साता अघि न्युयोर्कमा रहँदै आएका पाँचथरबासी एवं अन्य व्यक्तिहरुको सहयोगमा अर्थ संकलन गरिएको थियो । संकलित एक लाख ७८ हजार नेपाली रुपियाँमा बिहीबार नै पाँचथरमा रहेका नरेन्द्र केरुङले पाउने गरी मनी ट्रान्सफर मार्फत नेपाल पठाइएको छ ।
अमेरिकामा बसोबास गरिरहेका पाँचथरबासीहरको बिशेष पहलमा गरिएको सो आर्थिक संकलन कार्यक्रममा किरात याक्थुङ चुम्लुङ अमेरिकाले विशेष सघाउ पुर्याएको थियो भने न्यूयोर्कका समाजसेवी नेपालीहरले सहयोग गरेका थिए । स्वयंसेवकको हैसियतले अनिल लिम्बु, फुपु शेर्पा, जनेश गुरुङ ,बुद्व चेम्जोङ, देश लिम्बु र योगेस लिङदेन सक्रिय रहेका थिए ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment