Tuesday, 18 December 2012
दुषित हावाले लिन्छ वर्षेनी ३२ लाखको ज्यान
हालै सार्वजनिक भएको एक तथ्यांकले विश्वमा वायु प्रदुषणका कारण वर्षेनी ३२ लाख जनाले ज्यान गुमाउने गरेको देखाएको छ । विश्व स्वास्थ्य संगठनको ‘ग्लोबल बर्डन अफ डिजिज’ ले सार्वजनिक गरेको तथ्यांक अनुसार विश्वमा वायुप्रदुषणका कारण हुने मृत्युमध्ये ६५ प्रतिशत एसियामा हुन्छन् र त्यसको झण्डै एक चौथाइ भारतीय छन् ।
तथ्यांक अनुसार वायु प्रदुषण विश्वमा मानिसको ज्यानै लिने दश प्रमुख कारक तत्वमध्ये एक बनेको छ ।वायु प्रदुषण मानव स्वास्थ्यको मुख्य चुनौति बनेको भन्दै प्रतिवेदनमा पछिल्लो १२ वर्षमा वायु प्रदुषणका कारण मर्नेको संख्या ३ सय प्रतिशतले बढेको उल्लेख छ ।वायु प्रदुषणबाट धेरै मान्छेले ज्यान गुमाउने क्षेत्रमा दक्षिण एसिया निकै अगाडि छ । दक्षिण एसियामा उच्च रक्तचाप, धूमपान, घरभित्रको प्रदुषण, दुषित खाना तथा मधुमेहपछि वायु प्रदुषण मान्छेको ज्यानै लिने छैटौँ महाकाल बनेको छ ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment