Monday, 17 December 2012
पोर्नस्टार सनी लियोनले ३१ डिसेम्बरको रात दिल्लीमा हुने एक कार्यक्रमको लागि १ करोड भारु माग
केही दिनमै सन् २०१२ विश्व माझबाट बिदा हुंदै गर्दा र सन् २०१३ भित्रिने तरखर गर्दैछ । अंग्रेजी नयाँवर्षको आगमन हुँदै गर्दा तामझामका साथ मनाउने गरिन्छ । जहाँ फिल्मका कलाकार, गायक–गायिका लगायतका सेलिब्रेटीहरुको सहभागिता रहने गर्छ । नेपालमा पनि पछिल्लो समय अंग्रेजी नयाँवर्षको आगमनलाई विशेष तरिकाले मनाउन थालिएको छ ।
त्यसैगरी यसवर्षपनि अंग्रेजी नयाँवर्षका लागि धमाधम बलिउड सेलिब्रेटीहरु ‘बुक’ हुन थालेको जनाइएको छ । फिल्म जिस्म-२ बाट बलिउडमा उदाएकी नायिका तथा पोर्नस्टार सनी लियोनले ३१ डिसेम्बरको रात दिल्लीमा हुने एक कार्यक्रमको लागि १ करोड भारु माग गरेको जनाएको छ ।
उक्त कार्यक्रममा नृत्य गर्नका लागि सनीले एक करोडको माग गरेकी जनाइएको हो । त्यस्तै नायिका समिरा रेड्डीले उत्तरप्रदेशको लखनउमा हुने एक कार्यक्रमको लागि ५० लाख भारु माग गरेकी बताइएको छ । समिराले मात्रै १० मिनेटको लागि उक्त भारी रकमको माग गरेकी हुन् । त्यस्तै मुम्बईमा ३१ डिसेम्बरमै हुने एक कार्यक्रमको लागि अभिनेत्री प्राची देशाईले पनि ५० लाख भारु लिन लागेकी जनाइको छ ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment