Sunday, 16 December 2012
एउटा खुसीको क्षण
दोहा (कतार), पुस १ - मंसिर २५ गते सोमबार साढे सात बजे दिपा थपोलियाको लागि जीबनको सबैभन्दा खुसीको क्षण बन्यो । यो क्षण पाँउन उनले निकै कष्ट पाएकी थिइन । धेरै तनाब भोगेकी थिइन । परदेशबाट फर्केका श्रीमान कुलदीपलाई आफ्नो आँखा अगाडि सकुशल भेट्दा आँखाबाट हर्षका आशुहरु बररर्र झेरको थियो ।
'गुमाइसकेको पतिलाई मैले सकुशल पाए', मंगलबार बिहान चितवनबाट फोनमा बात गरेकी दिपाले भनिन,'म एकदमै खुसी छु । मेरो जीबनमा यस्तो क्षण कहिल्यै आएको थिएन ।'
पिप्ले-५, चितवनका ४२ बषिर्य कुलदीप सोमबार साढे पाँच बर्षपछि घर पुगेका थिए । घर फिर्नबाट बञ्चित हुदाँ कुलदीपले त यता तनाब भागेकै थिए, उता दीपा र छोराछोरीहरु झन त्यसको कयौ गुण बढी तनाब भागे । 'उहाँका साथीहरु राम्रा र सहयोगी थिए । घरफिर्न नपाएपनि दिन बिताउन त्यति गार्हो भएन', दिपाको अनुभब थियो,'मलाई यहाँ धेरै पेट पोल्थ्यो । कहिल्य आँउला मान्छे भनेर निन्द्रा भोक केही लाग्दैन्थ्यो । फेरी यता सुन्ने अनेको कुराले निकै सास्ती र हैरानी हुन्थे ।'
कुलदीप घर आउने खबर शनिबार बिहान पाउदाँ उनलाई समय कहिल्य बित्ला जस्तो भएको थियो । 'शनिबार बिहान टिकट पाएको खबर दिनुभयो । त्यसपछि दिनभरी बिताउन मुस्किल पर्यो । बेलुका साढे सातबजेतिर कतारको बिमानस्थलमा अध्यागमनले जान दियो भन्ने सुन्दा त निकै खुसी भए ।',
उनी आइतबार दिउसो काठमाडौं उत्रिए । त्यो दिन उनका सहयोगी गणेशसँग बसे । सोमबार बिहानै चितवन लागे । उनको पखाईमा छोरो र दिपा चार बजेदेखि सडकमा कुलदीपको प्रतिक्षा गर्दै बसे । त्यसको साढे सात बजे पहेंलो भेष्टमा खाइलाग्दो र भाद्गाँउले टोपी लगाएर कुलदीप बसबाट ओर्लिदा थपेलिया परिवारको खुसी बेग्लै थियो । २ सेटेम्बर ०१० मा 'तपाई कहिले आउनुहुन्छ ?', भन्दै पत्र लेखेका जेठा छोरा सन्तोषले बल्ल उत्तर पाए ।
कुल्पदीपलाई त्यतिखेर कक्षा पाँचमा पढ्ने सानो छोरोले अंगेजीमा 'हृवाई यु डिट नट कम होम ?' भनी चिठी लेखेका थिए,'यु विल कम आफ्टर माई एसएलसी ?' कुलदीपले घर पुग्नेबित्तिकै तीन बर्ष अघि बितेका बुबाको कर्मकाण्ड गर्नतिर लागेका थिए ।
कुलदीप कतार २००७ मा कतार आइपुगेका हुन् । आफुले गाडी लाइनमा स्थापित गरेका आफ्नै हेल्परको बिश्वासमा परेर आएका थिए । बिश्वाससिलो कम्पनीमा नपरेपछि तुरुन्तै र्फकन खोजेको थिए । कम्पनीले घर पठाउने आशामा ३ महिनासम्म काम गरे । त्यसपछि दुई महिना सुते । 'तेरो मान्छेले तलाई ल्याउन मेरो २५ सय रियाल लागेको छ । त्यो बुझाए मात्रै जान सक्छौं', कम्पनीले उसलाई भनको थियो । ४० हजार बुझाएर आएका थपोलियाले फेरी २५ सय रियाल बुझाउन नसक्दा र्फकन सकेनन् ।
दोश्रो पटक थपोलियाँको घर जाने मिति टुङ्गो लाग्यो, ५ अपि्रल २०११ । घर आउछु भनेर छोरो, परिवार, आफन्त साथीभाई सबैलाई भने । घर लैजाने सामान पनि तयारी गरे । यसको ५ दिन अगाडि मार्च ३१ गते उसको अन्तिम डिउटी थियो । त्यही दिनको डिउटी सकेर क्याम्पतिर फर्किदै गर्दा सडक दुर्घटनामा परे । २० जना साथीभाई चढेको कम्पनीको बस घर बनाउन खनेको साढे १२ मिटरको खाल्डोमा खस्यो । उनको सिटमा र पछाडि बसेका दुई बंगालीको घटनास्थलमै ज्यान गएछ । डाक्टरले उनको पनि आशा मारेको रहेछ । 'दुई प्रतिशत मात्रै सम्भाबना छ', डाक्टरले साथीहरुलाई भनेको रहेछन् । यो खबर दोहा, सनैयामा कार्यरत साथीभाई देखि पिप्ले चितवनसम्म फैलिएपछि रुवाबासी चलेको थियो । 'केरला डाक्टरले मृत्युको घोषणा गर्ने बेला नभएको भन्दै उपचारलाई निरन्तर दिए', उनले भने, 'डाक्टरको दृढशक्ति नै मेरो लागि नयाँ जीबनको बरदानरुवरुप भयो ।'
'दुईदिनपछि होसमा आएछु', भने ,'होसमा आउदा मुखतिर अक्सिजन लगाएको देखे । खुट्टा बाँधेको रहेछ । शरीरको बिभिन्न भागमा पाइप घुसाएको थियो । के के हो, के के ?' उसलाई सहयोग गर्न साथीभाईले आर्थिक संकलन पनि गरे । क्याम्पमा बस्दा उनको खानाको लागि सहयोग जुटेको थिए । कुलदीप यता पनि सामाजीक काममा निकै सक्रिय हुन्थे । उनले दुर्घटनाको क्षतिपुर्ति लिन बिमा कम्पनीसँग मुद्दा लडिरहेका थिए । त्यतिखेर तत्कालिन राजदुत सुर्यनाथ मिश्रले आड दिएका रहेछन्,'तपाई अगाडि बढ्नु । जहाँ रोकिनुहुन्छ । त्यसपछि दुताबास आउनुस् ।'
मुद्दा लड्दा बिमा कम्पनीले क्षतिपुर्ति पनि पाए । कुलदीपलाई ५० हजार रियाल र उसका साथी इलामका थिरबहादुर तामाङलाई दुईलाख ६३ हजार रियाल दिलाए । 'थिरबहादुरको ज्यानमा पुरै नट बल्टुले पाता कसेको छ', उनले भने,'उनी नटबल्टुको शरीर लिएर गाँउ गए ।'
उनीलाई भने यही क्षतिपुर्ति रकमले रोकेको थियो । 'कम्पनीले चाहना रहेछ, दुबैले पाएको क्षतिपुर्तिको रकम आधा आधा राख्ने । त्यही रकम राख्न पाएन', उनले भने,'त्यसपछि कम्पनीले उसलाई टार्गेट बनायो कम्पनी घर जाने भए २५ हजार रियाल लिएर आइन्छ भन्यो ।' कम्पनीले उनीबिरुद्ध सेवासुबिद्या दिन नसक्ने भन्दै फेरी श्रम अदालतमा मुद्दा हालेपछि उनी कानुनी झमेलामा फसे । सहयोगको लागि दुताबास नगएको दिन हुदैन्थ्यो । तर, सहयोग मिलेन ।
त्यसपछि साथीभाईको सहयोगमा उनी कतारको राष्ट्रिय मानब अधिकार समितिमा पुगे । त्यहाँबाट कम्पनीलाई दवाव दिएपछि कम्पनीले बाँकी तलब नदिने सर्तमा घर जान पाए । कुलदीप घर जाने करिब करिब पक्कापक्की भएपनि शुक्रबार साँझदेखि इलाम चुलाचुलीका बेदकुमार लिम्बु, खोटाङ पाथेका केदार बानियाँ, सर्लाही नयाँरोडका उद्धबराज खड्का, काठमाडौं बसुन्धाराका सिताराम सिटौला, गोरखा ताप्लेका ज्ञानप्रसाद श्रेष्ट र सिन्धुपाल्चोक ठुलो सिरुबारीका चन्द्रबहादुर थापाले छाडेका थिएनन् । शनिबार पनि उनीहरु सबैको लागि चिन्ता र चासो थियो,'आज उनी घर फिर्न पाउलान ?' बेलुका साढे सात बजे कुलदीपले कतारी अध्यागमन पार गरेपछि खुसी हुदै भने,'लौ ढिडो खुवाउने साथीले न्याय पाए ।'
दिपाले ढेड बर्षअघि सुनेको एउटा डरलाग्दो खबर साटसाट गर्न भने भुलिनन् । 'जब दुर्घटनाबाट पतिको मुत्यु भएको खबर पाए । सबै हो मा हो मिलाउथे । मान्छे भन्थे, अब लास पनि ल्याउन पाउदैन् । उतै राख्छ', दिपाले भनिन्,'यस्तो परिस्थिति भोगेको मैले मेरा अगाडि जस्तो पठाएको श्रीमान, त्यस्तै पाएको छु । अब मलाई केही चहिदैन् ।'
दिपाले ३ हजार कमाउदै आएको कुलदीपलाई आफ्नै सल्लाहमा बिदेश पठाएको थिए । 'अब पुग्यो', उनले भनिन,'अब पानी उमालेर खान्छु । आफै मेलापर्म गरेर पाल्छु । तर, उहाँलाई कुनै हालतमा पठाउदिन ।' त्यसअघि जानेबेला कुलदीपले भनेका थिए,'होम जी, कुलदीपले कम्पनीबाट पाउने १५ हजार रियाल -तीन लाख ६० हजार रुपैया) छोडेर गए भनेर मेरा जिल्लाबासी महामहिमलाई सुनाइदिनु है ।'
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment