Wednesday, 19 December 2012
‘मरे’ भनिएका ३९ सय मान्छे जिउँदै !
पुस, काठमाडौं । कस्तो अचम्म ! नेपाल सरकारले बेपत्ता भएका र मरिसकेका व्यक्तिहरुको सूचिमा राखेका ३ हजार ९ सय मानिस जिउँदै फेला परेका छन् ।शान्ति मन्त्रालयअन्तर्गतको ‘द्वन्द्व प्रभावित व्यक्ति परिवार तथा संरचनाको लगत संकलन कार्यदल’ले तयार पारेको प्रतिवेदनमा मृतक एवं बेपत्ता भनिएका ३ हजार ९ सय व्यक्तिहरु जीवितै रहेको पुष्टि भएपछि शान्ति मन्त्रालयले धेरै वर्ष लगाएर तयार पारेको द्वन्द्वपीडितहरुको प्रतिवेदन झुठको पुलिन्दामा परिणत भएको छ ।
सशस्त्र द्वन्द्वका क्रममा प्रभावित भएकाहरुको विवरण संकलन गर्ने जिम्मा पाएको कार्यदलको प्रतिवेदनमा समावेश गरिएको विवरण झुठो प्रमाणित भएपछि शान्ति मन्त्रालयले यसलाई तुरुन्त सच्याउन निर्देशन दिएको छ । ‘कार्यदलको प्रतिवेदनमा समावेश विवरण गलत पाइएपछि सच्याउन निर्देशन दिएका छौं,’ -मन्त्रालयका उपसचिव प्रेमप्रसाद सञ्जेलले भन्नुभयो ।
मृतक र वेपत्ता भनेर समावेश गरिएका व्यक्तिका परिवारका सदस्य लामो समयसम्म पनि राहत लिन सम्पर्कमा नआएपछि मन्त्रालयले तथ्य पत्ता लगाउन विभिन्न जिल्लामा अनुगमन गरेको थियो । अनुगमनका क्रममा प्रतिवेदनमा जिउँदा मानिसको नाम पनि मृतक भनी समावेश भएको पाइएको सञ्जेलले बताउनुभयो । साथै प्रतिवेदनमा अधिकांश व्यक्तिको नाम दोहोरो र तेहोरो रहेको उहाँले बताउनुभएको छ ।सरकारले सम्वन्धित जिल्ला प्रशासन कार्यालयमार्फत् मृतक र वेपत्ता परिवारका सदस्यलाई प्रतिपरिवार तीन लाख रुपैयाँसम्म राहत वितरण गर्दै आएको छ ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment