Sunday, 16 December 2012
एक युवकको रहस्यमय मृत्यु
जुम्ला, पुस १ - जुम्ला जिल्लाको सदरमुकामदेखि करिब २७ कोष टाढा रहेको ताम्ती गाविस–७ को खोलामा २२ वर्षीय युवकको रहस्यपूर्ण ढङ्गबाट मृत्यु भएको छ ।
तीन दिन अगाडि जाजरकोट जान आफ्ना साथीसँग हिँडेका कुडारी–९ ढिम्कोट निवासी चक्रबहादुर शाहीको शवका बारेमा ताम्ती–७ का स्थानीय जनताले जानकारी दिएपछि सो स्थानमा कुडारी प्रहरी पुगेर शव ल्याउने काम गरेको थियो ।
मृतक शाहीको पोष्टमार्टम गरी निजका आफन्तले बुझी दाहसंस्कार गरेका छन् भने मृतक शाहीको हत्या कसरी भएको भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको बताइएको छ ।
मृतक शाहीसँग गएका साथीहरू जाजरकोट पुगिसकेको र तत्काल उनीहरूलाई झिकाइएको पनि प्रहरीले जनाएको छ ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment