Saturday, 15 December 2012
तातो पानीले नुहाउनु कपालका लागि खराब
तातो पानीमा नुहाउन कसलाई पो मन लाग्दैन र ? अझ यो जाडोको मौसममा चिसो पानीले नुहाउन त झनै गाह्रो हुने भएकाले तातो पानी नुहाउनका लागि अनिवार्य जस्तै हुन्छ । तातो पानीले नुहाउँदा सरीर फूर्ति पनि हुन्छ र दुखाइ कम भएको महसुस पनि हुन्छ । तर तातो पानीले नुहाउँदा कपाललाई भने नोक्सान हुने विज्ञहरु बताउँछन् ।
कपाल विज्ञहरुका अनुसार तातो पानीले नुहाउँदा कपाल झर्ने तथा टुट्ने क्रम बढ्छ । तातो पानी रौँ का सबै छिद्रहरुमा छिर्छ र यसरी छिरेपछि कपालको जरालाई कमजोर बनाउँछ, जसका कारण कपाल र्झन पुग्न ।
कपाल केराटिन नामको प्रोटिनबाट बनेको हुन्छ । त्यसैले बढि तातो पानीले नुहाउँदा कपालको उक्त प्रोटिनमा असर पुग्छ र कपाल विकृत बन्छ ।
स्याम्पु लगाएर तातो पानीले कपाल नुहाउँदा अझ असर बढ्छ । तातो पानी र स्याम्पुको मेल कपालका लागि धेरै हानिकारक हुने बताइन्छ । यसो गर्दा कपाल झर्ने खतरा बढ्छ ।
हेयर कन्डिसनिङ पछि तातो पानीले नुहाउँदा कन्डिसनरको सबै प्रभाव समाप्त हुन्छ । त्यसैले सरीरको अरु भाग तातो पानीले नुहाए पनि कम्तीमा कपाल मात्र भएपनि चीसो पानीले नुहाउनुपर्ने विज्ञहरुको सुझाव छ ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment