Sunday, 16 December 2012
'रक्सी नखानुस्' भन्दा श्रीमतीलाई तातोपानी खन्याइयो
बाजुरा, पुस १ - बाजुरा सदरमुकाम मार्तडी- ५ बाउली गाउँकी २५ वर्षीया पार्वती कुँवरको शरीरमा श्रीमान् छिरिङ कुँवरले तातोपानी खन्याएका छन् ।
श्रीमानलाई 'रक्सी नखानुस्' भनेर सम्झाउन खोज्दा उल्टै चुल्होमा उम्लँदै गरेको तातोपानी खन्याएपछि पार्वतीसहित उनका डेढ वर्षीय छोरा आयुष घाइते भएका छन् । घाइतेहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । उपचारमा संलग्न चिकित्सक डा. हृदयविभु घिमिरेका अनुसार घाइते आमा छोराको केही भाग शरीर जलेको छ ।
साँझपख घर आएका छिरिङले रक्सीले मातेर जथाभावी गर्न थालेपछि पार्वतीले श्रीमानलाई 'रक्सी नखानुस्' भनेर सम्झाउन खोज्दा तातोपानीको पीडा सहनु परेको बताएकी छिन् ।
आमा र बच्चा दुबैको हात, पाखुरा लगायत शरीरको विभिन्न अङ्ग जलेको छ । उपचारका लागि घाइते आमा छोरालाई केही दिन अस्पतालमा राख्नु पर्ने अवस्था रहेको डा. घिमिरेले बताए ।
छिरिङलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment