Sunday, 23 December 2012
भोलि सहमतीय प्रधानमन्त्रीको टुंगो लाग्ने सम्भावना : खनाल
काठमाडौ, पुस ८ - एमाले अध्यक्ष झलनाथ खनालले भोलिसम्ममा देशले सहमतीय प्रधानमन्त्री पाउने सम्भावना बढेको बताएका छन् । राष्ट्रपतिसँग भएको दुईघण्टे वार्तापछि बाहिर निस्किएका खनालले भोली निकास निस्कने आशा व्यक्त गरे ।
५ औं पटकसम्म म्याद दिंदा पनि प्रमुख दलले सहमतीय प्रधानमन्त्री छान्न नसकेपछि राष्ट्रपति रामवरण यादवले छलफलका लागि भोली बिहान बिघटित संबिधानसभामा प्रतिनिधित्व गर्ने सबै दललाई बोलाएका छन् ।
राष्ट्रपतिसँगको भेटबाट बाहिरिंदै कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलाले भोलिको बैठकमा सहमतीय सरकार र प्रधानमन्त्रीबारे प्रस्ताव लगिने जानकारी दिए । यद्यपि उनले प्रधानमन्त्रीको लागि कसको नाम प्रस्ताव गरिने हो भन्ने खुलाएनन् ।
राष्ट्रपतिले दिउँसो २ बजेदेखि ४ बजेसम्म प्रमुख तीन दल र मधेसी मोर्चाका प्रतिनिधिसँग निकासबारे छलफल गरेका थिए ।
भारतमा हुने एक कार्यक्रममा सहभागी हुने राष्ट्रपति यादव भोलि भारत जाने कार्यक्रम छ । राष्ट्रपतिले आफू भारत भ्रमण जानुअघि नै सहमतीय प्रधानमन्त्रीको टुंगो लगाउन प्रमुख दलहरुलाई आग्रह गरेको बुझिएको छ ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment