Sunday, 16 December 2012

मोटा महिला र खाना



धेरैधेरै खाने बानी भए पनि पटकपटक खाने नगरे बेफाइदा गर्दैन । नयाँ अध्ययन अनुसार, दिनमा छ पटक अलिअलि खानुको सट्टा तीन पटक बढी मात्रामा खाँदा मोटा महिलाको रगतमा बोसोको मात्रा कम हुन थाल्छ । खानपानका यस्तो अभ्यासले मुटु सम्बन्धी रोगको जोखिम समेत घट्न थाल्छ ।

मिसौरी विश्वविद्यालयको आहार एवं व्यायाम शरिर विज्ञान विभागमा उक्त अध्ययन गरिएको हो । प्रतिवेदन अनुसार मोटोपनाले ग्रस्त महिलाहरूले दिनभरिमा बढी मात्रामा कम खानु अलिअलि मात्रामा बढी खानुको दाँजोमा बढी फाइदाजनक छ ।



लेखपढ गर्दा चुस्त

यदि तपाईं आपmनो मस्तिष्कलाई स्वस्थ राख्न चाहनुहुन्छ भने लेखपढ गर्न नछाड्नुस् । नत्र तपाईंको दिमाग सुस्त हुन सक्छ । यो अध्ययनको जानकारी रेडियोलजिकल सोसाइटी अफ नर्थ अमेरिकामा प्रकाशित भएको छ । अध्ययन अनुसार, पढाइ, लेखाइ गर्ने र बुद्घचिाल जस्ता खेल खेल्ने क्रियाकलापले बूढापाकाहरूको मस्तिष्क पनि राम्रै अवस्थामा रहिरहन्छ । अमेरिकाको सिकागोस्थित इलिनोएस प्रविधि संस्थान र रश विश्वविद्यालय मेडिकल सेन्टरका अनुसन्धानकर्ताहरूका अनुसार, यस्ता गतिविधिले मस्तिष्क स्वस्थ स्थितिमा रहन्छ ।



रिसले हानि

रिस उठ्नुमा जुनसुकै कारण जिम्मेवार रहे पनि के चाहिँ पक्का हो भने, यसले तपाईंको स्वास्थ्यलाई सधैं नोक्सान नै पुर्याउँछ । कान्कोर्डिया विश्वविद्यालयद्वारा गरिएको अनुसन्धान अनुसार, रिस यस्तो भावना हो जसले 'जेनरलाइज्ड एन्जाइटी डिजआर्डर -जेएडी)' लाई अझ बढी बिगार्छ । यो अवस्था कुनै पनि विषयमा आवश्यकताभन्दा बढी चिन्ता गर्नाले हुन्छ ।

अनुसन्धाताहरूका अनुसार, वर्तमान समयमा लाखौं व्यक्तिले यो अवस्था भोगिरहेका छन् । यसले गर्दा धेरै व्यक्तिहरूको राम्ररी काम गर्ने क्षमता समेत प्रभावित भएको छ ।

No comments:

Post a Comment