Sunday, 16 December 2012

हात्ती आक्रमणमा बृद्ध दम्पत्तिको मृत्यु


चितवन, पुस १ - माडीस्थित गर्दी गाविस-९ द्रौपतीनगरमा शनिबार राति हात्तीको आक्रमणमा बृद्ध दम्पत्तिको मृत्यु भएको छ ।

घरमा सुतिरहेका दम्पत्तिलाई चितवन राष्ट्रिय निकुन्जवाट आएको जंगली हात्तीले आक्रमण गर्दा ज्यान गएको हो । ज्यान गुमाउने ६५ वर्षीय बुद्धिराम वोटे र उनको श्रीमती ६० वर्षीया जरीया वोटे रहेको प्रहरीले जनाएको छ । राति करिव ११ बजेको समयमा आएको हात्तीले आक्रमण गरे लगत्तै स्थानियले खबर गरेपछि निकुन्ज र प्रहरीको टोली घटनाथल पुगेको प्रहरी नायव निरीक्षक लक्ष्मीराज रानाले जानकारी दिए ।

बुद्धिरामको घटनास्थलमै ज्यान गएको हो भने जरीयालाई उपचारका लागि भरतपुर ल्याइएकोमा उपचार गर्दा गर्दै बिहान ५ बजे ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । शवलाई भरतपुर अपतालमा राखिएको छ ।

निकुन्जवाट बेलाबेलामा बस्ती छिर्ने हात्तीको आतंकवाट माडीवासी पीडित बनेका छन् । बर्षेनी जंगली जनावरको आक्रमणवाट ठुलो जनधनको क्षति हुने गरेको छ ।

No comments:

Post a Comment