Sunday, 16 December 2012
भट्टराई सरकारले संविधानसभा संशोधन गरेपछि कोइराला प्रधानमन्त्री
काठमाडौं, पुस १ - प्रमुख राजनीतिक दलहरु सरकारको नेतृत्व लगायत निर्वाचनका विधि र प्रकृयामा सहमती निकट पुगेका छन । प्रधानमन्त्री बाबुराम भट्टराईको सम्मानजनक बहिगर्मन हुने गरी राष्ट्रिय सहमतिको सरकारको नेतृत्व कांग्रेसलाई दिन माओवादी तयार देखिएको छ । यसबारे दुई पार्टीबीच अनौपचारिक समझदारी गर्ने प्रयास शनिबार भएकोक छ ।
१२ बुँदे समझदारीमा टेकेर निकास निकाल्ने प्रयास भएको थियो । प्रधानमन्त्री बाबुराम भट्टराईकै नेतृत्वमा निर्वाचनको मिति घोषणा, संविधान संशोधनको कार्य गर्ने, त्यसलगतै कांग्रेस सभापति सुशिल कोइरालाको नेतृत्वमा राजनीतिक सहमतीको सरकार बनाउने दिशामा माओवादी र कांग्रेस सहमती निकट पुगेको श्रोतको दाबी छ ।
'संविधानसभाको निर्वाचनको मिति, बाधा अडाउ मार्फत संविधान संशोधन, राष्ट्रिय सहमतिको सरकारको नेतृत्व, संविधानसभाको आकार जस्ता बिषयमा एकैचोटी सहमती हुनेछ । त्यस सहमतीलाई मन्त्रिपरिषदले अनुमोदन गरी एकैदिन राष्ट्रपतिकोमा जानेछ' स्रोतले भन्यो, 'निर्वाचनको मिति र संविधान संशोधनको कार्य बाबुरामजीकै नेतृत्वको सरकारले गरेपछि तत्कालै सुशिल कोइराला प्रधानमन्त्रीमा नियुक्ती हुनेछ । यी सवै काम एकैदिन हुनेछ ।' माओवादी र कांग्रेस यो प्रस्तावमा सहमती निकट रहेपनि अन्य दलहरुसंग पनि सहमती जुटाउन छलफल चलिरहेको छ ।
शनीबार माओवादी अध्यक्ष पुष्पकमल दाहाल र सुशिल कोइरालाबीच पनि यसै बिषयमा छलफल केन्दि्रत भएको स्रोतले बतायो । त्यसलगतै कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलाले एमाले बरिष्ट नेता माधवकुमार नेपाल, नेता केपी ओली, सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो लगायतका नेताहरु संग छलफल गरेका थिए । सवै दलहरुसंग छलफल गरी आईतबार सांझ सम्म अनौपचारिक समझदारी कायम गरेर सोमबार औपचारिक रुपमा बैठक राख्ने तयारी दलहरुको छ ।
कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलाले एउटै निर्णयले सम्पुर्ण गतिरोधको निकास निकाल्ने प्रयास भईरहेको बताए । 'अहिले देखापरेको गतिरोधको अन्त्यका लागि निर्वाचनको विधि, प्रकृया, मिति तोकेर राष्ट्रिय सहमतीको सरकार गठन गर्न एउटै निर्णय लिई एकैदिन कार्यन्वयन गर्नुपर्दछ भन्ने दिशामा छलफल अघि बढीरहेको छ' सिटौलाले भने,'एकै दिन सवै निर्णय कार्यन्वयन गर्ने भनेपछि कसले क्याविनेटमा इन्डोर्स गर्छ भन्ने महत्व राख्दैन ।' उनले राजनीतिक दलहरुको सहमतीलाई सवैधानिक र कानूनी दायराभित्र ल्याएर राष्ट्रपतिले एकैदिन कार्यन्वयन गर्ने गरी सहमती गर्न सकिने बताए । 'कसैलाई होच्याएर र कसैलाई अग्लाएर समाधान निस्कदैन । सबैलाई सम्मान हुने ढंगले निकास निकाल्नुपर्छ' उनले थपे,'त्यस दिशामा सकारात्मक ढंगले कुराकानी अघि बढीरहेको छ । बार्ता समाधान उन्मुख छ ।'
एमाओवादी र कांग्रेसबीच अनौपचारिक कुरा मिलेपछि प्रमुख दलबीच सहमति गर्ने तयार भएको छ । शनिबार बिहान एमाओवादी अध्यक्ष दाहाल र कांग्रेस सभापति कोइरालबीच लाजिम्पाटमा कुराकानी भएको थियो । दाहाल निवासको छतमा घाम ताप्दै दुई नेताबीच पहिले दुई पार्टीबीच समझदारी गरी निर्णयमा पुग्ने कुरा भएको श्रोतले बतायो । 'एमाओवादी र कांग्रेसबीच सरकार, निर्वाचन प्रक्रिया लगायतका बिषयमा समझदारी गरी टुंगोमा पुग्ने कुरा भयो' एमाओवादी श्रोतले भन्यो, 'सुशीलजी लचिलो रुपमा प्रस्तुत हुनुभयो ।'
प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार देबेन्द्र पौडेलले निर्वाचनको मिति तोक्ने, संबैधानिक गाँठो फुकाउने र पहिले भएका सहमति कायम राख्ने बिषयमा कुरा भइरहेको बताए । 'संबैधानिक गाँठो फुकाएर चुनावको मिति तोक्ने, पहिले भएका सहमति कामय राख्ने बिषयमा कुरा भइरहेको छ' उनले भने, 'मुख्य जोड सहमति कायम गरी चुनावमा जाने हो ।'
उता शनिबार नै राष्ट्रपतिसंगको भेटमा प्रधानमन्त्री बाबुराम भट्टराईले मुख्यगरी बैशाखमा निर्वाचन गर्ने सहमति हुनुपर्ने उल्लेख गर्दै त्यसका लागि आफ्नो तर्फबाट प्रयास जारी राख्ने बताएका थिए । बिशेषगरी एमाओवादी र कांग्रेसबीच समझादी गरी मुलुकलाई निकास दिनुपर्ने उनको भनाइ थियो । यसैवीच प्रधानमन्त्रीले शनिबार राजधानीमा भएको कार्यक्रममा संविधानसभा निर्वाचन हुने सुनिश्चित भए आफू त्याग गर्न तयार रहेको फेरी बताए । उनले दलहरुबीच छिट्टै सहमति हुने विश्वास व्यक्त गर्दै आ-आफ्नो ठाउूबाट पार्टीहरुलाई सहमति र निर्वाचनका लागि दबाब दिन जनतालाई आग्रह गरे । 'जनताको लोकतन्त्र प्राप्त गरी परिवर्तन संस्थागत गर्न वैशाखमा जसरी भएपनि निर्वाचन गर्नुपर्छ' उनकोभनाइ थियो ।
संविधानसभाको निर्वाचनको मिति, बाधा अडाउ मार्फत संविधान संशोधन, राष्ट्रिय सहमतिको सरकारको नेतृत्व, संविधानसभाको आकार जस्ता बिषयमा एकैचोटी सहमती हुनेछ । त्यस सहमतीलाई मन्त्रिपरिषदले अनुमोदन गरी एकैदिन राष्ट्रपतिकोमा जानेछ । निर्वाचनको मिति र संविधान संशोधनको कार्य बाबुरामको नेतृत्वको सरकारले गरेपछि तत्कालै सुशिल कोइराला प्रधानमन्त्रीमा नियुक्ती हुनेछ । यी सवै काम एकैदिन हुनेछ ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment