Wednesday, 19 December 2012
सहमतिको साँचो दाहालसँगै छः निधि
काठमाडौ, पुस ४ - काँग्रेसका नेता विमलेन्द्र निधिले राजनीतिक सहमतिका लागि प्रधानमन्त्री बाबुराम भट्टराईले राजीनामा दिनुबाहेक अरु विकल्प नभएको बताएका छन् ।
नेपाल प्रेस युनियनद्वारा बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले राष्ट्रिय सहमतिको सरकारको नेतृत्व काँग्रेसले नै गर्ने दाबी गर्दै राजनीतिमा नैतिकता छाड्न नहुने बताए ।
पत्रकारद्वारा सोधिएको प्रश्नको जवाफमा निधिले दलीय तथा व्यक्तिगत स्वार्थभन्दा माथि उठ्न नसके सहमति निर्माण हुन कठिन हुने बताउँदै आफ्नो दल न्याय सङ्गतरुपमा सहमतिका लागि हदैसम्म लचिलो हुन तयार रहेको छ जनाए ।
नेता निधिले सहमतिको साँचो एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालसँग रहेको धारणा राख्दै केही दिनभित्र दलहरु सहमतिमा पुग्ने विश्वास पनि व्यक्त गरे ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment