Sunday, 16 December 2012
आर्दश नेताले आत्मसमर्पण गरेः बैद्य
पोखरा , पुस १ - नेकपा-माओवादीका अध्यक्ष मोहन बैद्यले सहज रुपमा राजनैतिक निकास निस्किएर जनसंविधान नबने विद्रोहको विकल्प नरहेको बताएका छन् । बिद्रोह रहर नभै बाध्यता भएको भन्दै बैद्यले सशस्त्र संघर्षनै अन्तिम विकल्प रहेको बताएका हुन् ।
पार्टीको तमुवान् राज्य समितिको प्रथम अधिवेशनको आइतबार पोखरामा उद्घाटन गर्दै बैद्यले जनताको पक्षमा संविधान नबने त्यो आफूहरुलाई अस्विकार्य हुने बताए । केही समयमा हुने महाधिवेशनका लागि आफूले तयार पारेको दस्ताबेजमाथि छलफल भइरहेको र कुनै निष्कर्षमा नपुगिएको भन्दै बैद्यले जनबिद्रोह वा जनआन्दोलनबारे आफ्नो दस्तावेजले निष्कर्ष निकाली नसकेको दावी गरे ।
जनयुद्ध विजयको नजिक पुग्दा आदर्श मानिएका नेताले विश्वासघात गर्दै संशोधनवादीसँग आत्मसमर्पण गरेको उनले आरोप लगाए ।
हामीले महान् काम गरे पनि प्रचण्ड र बाबुरामले धोका दिएकाले उनीहरुसंगै बस्न नसकिएको बैद्यले बताए । कसैलाई राष्ट्रपति र प्रधानमन्त्री बनाउन जनयुद्ध गरेको नभई नेपाली जनताको मुक्तिक लागि लडेकोमा नेताले विश्वासघात गरेको उनको अरोप थियो ।
बैद्यले अवसरवाद, नवसंशोधन विरुद्ध सम्बन्ध बिच्छेद गरी नयाँ महाधिवेशनमा जान लागेको र बिगतका कमी कमजोरीबाट शिक्षा लिई आत्म समिक्षासहित अघि बढ्ने जनाए ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment