Sunday, 16 December 2012

मन्त्रीको महिला मोह


काठमाडौ, चुरेभावरका तीन नेतालाई पछि पार्दै महिला मन्त्री बनेका बद्री न्यौपानेको महिलामोह गजबकै रहेछ । सिंहदरबारस्थित मन्त्रालयमा महिला मन्त्रीको पद सम्हालेका उनी महिलाप्रति बढो उदार रहेछन् । मन्त्रालयमा उनलाई भेट्ने पुरुषको लामो लाइन हुँदाहुँदै ढिलो आउने महिलाले पहिला प्रवेश पाउने रहेछन् । भित्र बोलाएर बडो विनम्रतासाथ तातोचिसो सोध्दै सोफामा बसाउँदा रहेछन् । मन्त्रीजस्तो व्यक्तिले महिलाले लिएर गएको प्रपोजलका बारेमा छलफल गर्लान् भन्या त लगाएको कपडा र खाने कुराको चर्चा पो गरेर समय बिताउन थाले । त्यतिमात्र कहाँ हो र ? मोबाइल निकालेर क्रमैसँग महिलाको फोटो पो खिच्न थाले । त्यो पनि कोही कोहीको त नराम्रो आयो फेरि खिचौं भन्दै दोहोर्याएर खिच्थे ।

प्रपोजल लिएर गएका महिला अचम्ममा परे । मन्त्रीले काम भएपछि फोन गर्छु भन्दै मोबाइल नम्बर मागे । आफ्नो काम हुने आशमा महिलाहरूले नम्बर छाडेर

आए । त्यही दिनको साँझ त अचम्मै भयो । मन्त्रीले मोबाइलबाट म्यासेज पो पठाउन थाले । भेटघाट रमाइलो भो । आउँदै गर्नुहोला । यस्तै यस्तै । फोन पनि बारम्बार आउन थाल्यो । भेटघाटमा गएकी एक महिलाले भनिन्, 'कस्तो लाज पचेका मन्त्री रहेछन् यार !'

No comments:

Post a Comment