Tuesday, 18 December 2012
करोडौ खर्चमा यौन सम्बन्धि फिल्म बन्ने भो नेपालमा
नेपाली चलचित्र उद्योगमा पछिल्लो समयमा यौन विषयलाई केन्द्रविन्दुलाई आधार बनाएर चलचित्र निर्माण गर्ने होडबाजी चलिरहेको बेला फेरी अर्को चलचित्र बन्न थालेको छ। केही समयतयता यौन प्रसँगलाई जोडेर एक–दुई फिल्म चलेकै आधारमा भद्दा यौन दृष्यहरु नेपाली फिल्ममा छ्याप्प–छ्याप्ती हुन थालेका छन्। त्यही पेरिफेरीमा रहेर अर्को फिल्म ‘जिगोलो’ अहिले निर्माण भईरहेको छ।
एचआईभी एड्सको विषयलाई नजिकबाट नियालेर बनाउन लागेको फिल्म जीगोलोका निर्देशक यादव सिलवालले दावी गरेका छन्। तर फिल्मको नामले नै प्रष्ट हुन्छ, यसको विषयवस्तु यौन अथवा यौनकर्म हो। उनले यसलाई एक्सट्रा मूभी र अफट्रायकमा बनेको दावी गरदै नेपाली समाज र आम दर्शकलाई राम्रो सन्देश दिने समेत दावी गरेका छन्।
यसका साथै निर्देशक सिलवालले फिल्मले विवाद नम्तिाउने दाबी गरेका छन्। जिगोलोले नेपालीहरुलाई अति आवश्यक भएको विशेष म्यासेज दिने । फिल्म बनेको बताए। एचआईभीबाट बच्च अपनाउनु पर्ने तरिका लगायतको बारेको ज्ञान फिल्म दिने निर्माण पक्षको दाबी छ। जिगोलो सन्देश प्रधान फिल्म भएपनि पूर्ण मनोरञ्जनात्मक फिल्म भएको सिलवालको कथन छ।
यसअघि एटीएम खेलेर विवादमा मुछिएकी जिया केसीको पनि जिगोलोमा अभिनय रहेको छ। यसका साथै जियासहित फिल्ममा प्रभाकार श्रेष्ठ, राजु श्रेष्ठ, तिलक एन, मैना सिलवाल लगायतको अभिनय रहेको छ। राजु श्रेष्ठ र प्रभाकर श्रेष्ठको लगानीमा बनेको फिल्म जिगोलोमा संगीत अर्जुन पोखरेलको रहेको छ भने द्धन्द्धनिर्देशन शंकर महर्जनले गरेका छन्।
सिलवालले जिगोलो मंसिरको पहिलोसाता प्रदर्शनमा आउने बताए। फिल्म नेपाली र हिन्दी दुबै भाषामा बनेको भन्दै उनले नेपाल र पूरै भारतभरी एकैपटक फिल्म प्रर्दशन गर्ने बताए । काठमाडौंको अलावा दोलखा, मुडे, गोवा, मुम्बई लगायतमा फिल्मको छायंकन भईसकेको छ भने सिंगापुरको अन्तिम छायंकन बाँकी रहेको बताइएको छ।
निर्माणपक्षले फिल्मको लगात एक करोड बढी भएको दाबी गरेको छ भने फिल्मको लगानी उठ्नेमा पनि निर्माणपक्ष विश्वस्त छ । फिल्ममा रेड क्यामेरा प्रयोग गरेका कारण यसको दृष्य क्वालिटी उत्कृष्ट भएको पनि निर्माणपक्षको दाबी छ।
तर, निर्माणपक्षले दाबी गरेझैं फिल्म बनेको छ कि छैन त्यसको लागि त यसको प्रर्दशनसम्म कुर्नुपर्नेछ । यद्यपी पछिल्लो पटक नेपाली फिल्ममा भित्रिएको भद्दा ट्रेन्डबाट फिल्म चोखिएको होला र भन्ने विषयमा भने शंकै छ ।Share
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment