Sunday, 16 December 2012

बलात्कार आरोपीले कुटेरै मारे किशोरी


कानपुर (भारत), पुस १ - बलात्कारको आरोप लागेका एक युवकले पीडित युवतीलाई कुटपिट गरी मारेका छन् । भातरको फतेपुरनजिकैको सिद्धब गाउँका नर्भद निसदले पीडित १६ बर्षीया किशोरीलाई उनकै घर अगाडि मारेका हुन् । किशोरी मारेर भाग्दा दर्शक बनेर बसेका गाउँलेले निसदलाई पक्रन सकेनन् । उनी गाउँका चल्दापूर्जा गुण्डा हुन् ।

शनिबार किशोरी एक्लै भएको बेला घरमा छिरेका उनले आँगनमा ल्याएर कुटपिट गरी मारेका हुन् । निसदले पटक पटक उजुरी फिर्ता लिन धम्की दिंदै आएका थिए ।

युवतीका बाबुले स्थानीय प्रहरीमा छोरीलाई निसदले बलात्कार गरेको भनी उजुरी दिएका थिए । प्रहरीले तीन दिनअघि मुद्दा दर्ता गरेको थियो ।

No comments:

Post a Comment