Wednesday, 19 December 2012

१४ बर्षीया छोरीलाई बारम्बार यौन दुव्र्यवहार गर्ने पक्राउ


काँकडभिट्टा, पुस ४, १४ बर्षीया छोरीलाई बारम्बार यौन दुव्र्यवहार गर्दै आएका बावुलाई प्रहरीले पक्राउ गरेको छ । झापाको सुरुंगा १ प्रजापति टोलका ४१ बर्षीय बुवालाई प्रहरीले दुई दिनअघि घरबाटै पक्राउ गरी कानुनी कारबाही सुरु गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनायो । जिल्ला प्रहरीका प्रहरी उपरीक्षक शेरबहादुर बस्नेतले एक स्थानीय बासिन्दाको सूचनाका आधारमा बाबुलाई पक्राउ गरिएको जानकारी दिए ।

‘छोरीलाई यौन दुव्र्यवहार गर्ने गरेको कुरा सिंगो गाउँमा हल्ला रहेछ,’ बस्नेतले भने, ‘यसबाट हुन सक्ने सम्भावित दुर्घटना नहोस् भनेर पीडकलाई ल्याइएको हो ।’ जिल्ला प्रहरी कार्यालयका अनुसार पीडकलाई जबर्जस्ती तथा हाड नाता करणीअन्तर्गत मुद्दा दर्ता गरिएको छ । स्थानीयवासीका अनुसार शर्माले मादक पदार्थ सेवन गरेर पत्नी तथा छोरा छोरीलाई दिनहुँ जसो कुटपिटसमेत गर्ने गरेका थिए । जिल्ला कारागार झापामा हाल हाडनाता यौन दुव्र्यवहारका घटनामा संलग्न १९ अभियुक्त कैद भुक्तान गरिरहेका छन् । कान्तिपुर दैनिकबाट

No comments:

Post a Comment