Saturday, 15 December 2012
श्रीमानको हत्यापछि महिलाले पनि आत्महत्या गरिन्
भक्तपुर, मंसिर ३० - श्रीमानको हत्या पछि शनिबार भक्तपुरमा एक महिलाले आत्महत्या गरेकी छिन् । दोलखा फस्कु २ स्थायी घर भएका २९ वर्षीय सुवास केसीलाई उनकै २८ वर्षीया रमा केसीले हत्या गरेको हुन सक्ने प्रहरीले जनाएको छ । रमाले पनि फ्यान झुण्ड्याउने ठाउँमा पासो लगाएर हत्या गरेको अवस्थामा फेला परेको महानगरीय प्रहरी बृत ठिमीका प्रहरी नायव उपरीक्षक विनोद खरेलले बताए । उनीहरु दुवाको १ मा बस्दै आएका थिए । प्रहरीका अनुसार उनीहरुको नौ महिना अघि विवाह भएको हो । सुवासको शव नजिकै मदिराको बोतल समेत भेटिएको छ । सुवासले मदिरा सेवन गरेको भन्दै उनीहरुबीच समान्य झगडा हुने गरेको छिमेकीले जनकारी दिएको प्रहरीले जनाएको छ ।
'मदिरा सेवन गरेपछि उनीहरुको विवाद भएर सुरुमा श्रीमानको हत्या गरी रमाले पनि आत्महत्या गरेको हुनसक्छ,'खरेलले भने,'पोष्टमार्टम रिपोर्ट आउन बाँकी छ, प्रहरीले पनि अनुसन्धान सुरु गरेको छ ।' सुवासको घाँटीमा सलले कसेर हत्या गरेको अवस्थामा भेटिएको उनले बताए । उनको कोठामा भित्रबाट चुकुल लगाएको छ । उनीहरु शनिबार बिहान अबेरसम्म नउठेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले ढोकाको चुक्कुल तोडेर भित्र छिरेका हुन् । 'भित्रबाटै चुकुल लगाएकोले अरुले कसैले हत्या गरेको हुनसक्ने सम्भावन देखिदैंन' खरेलले भने ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment