Friday, 28 December 2012

Today news


समाचार»
लुटिएकी युवतीलाई डेढ लाख
कान्तिपुर संवाददाता

काठमाडौ, पुस १२ -
साउदी अरबबाट र्फकंदै गर्दा काठमाडौं विमानस्थलको अध्यागमनका कर्मचारी र प्रहरीबाट लुटिएर यौन दुव्र्यवहारमा समेत परेकी भोजपुरकी युवतीलाई सरकारले १ लाख ५० हजार रुपैयाँ राहत दिने निर्णय गरेको छ ।

मन्त्रपरिषद्को बिहीबारको बैठकले उनलाई लुट्ने कर्मचारी र यौन दुव्र्यवहार गर्ने प्रहरी जवानलाई हदैसम्म कारबाही गर्ने निर्णयसमेत गरेको छ ।

वैदेशिक रोजगारका लागि अर्काको राहदानीमा साउदी गएर र्फकने क्रममा अध्यागमनमा पक्राउ परेकी उनबाट त्यहाँका कर्मचारी र प्रहरीले सम्पूर्ण रकम लुटेका थिए । रकम लुटेपछि प्रहरी जवान परशुराम बस्नेतले धम्की दिई उनलाई गेस्ट हाउसमा लगेर यौन दुव्र्यवहार गरेका थिए ।

गरिबी निवारण कोषका उपाध्यक्षद्वारा राजीनामा

गरिबी निवारण कोषका उपाध्यक्ष जनकराज जोशीले पदबाट राजीनामा दिएका छन् । मन्त्रिपरिषद्को बैठकले उनको राजीनामा स्वीकृत गरेको छ । प्रमुख सत्तारूढ घटक माओवादीले कोषमा रहेको बजेट आफ्ना कार्यकर्तालाई फाइदा हुने गरी खर्च गर्न तीव्र दबाब दिएपछि उनले राजीनामा दिएको स्रोतले बतायो । जोशीले भने कुनै दबाबले नभई आफू खुसी राजीनामा दिएको कान्तिपुरलाई बताए ।

गाविस सचिवलाई १५ सय भत्ता

सरकारले गाविस सचिवहरूलाई मासिक १ हजार ५ सय भत्ता दिने निर्णय गरेको छ । निजामती कर्मचारी गाविस सचिवमा जानै नचाहने भएकाले आकर्षण बढाउन उनीहरूलाई मासिक १५ सय भत्ता दिने निर्णय भएको जानकारी सरकारी अधिकारीले दिए ।

टेलिभिजन अध्यक्षमा अग्रवाल

सरकारले नेपाल टेलिभिजन सञ्चालक समितिको अध्यक्षमा चार वर्षका लागि सीताराम अग्रवाललाई नियुक्त गरेको छ । नेपालगन्ज घर भएका अग्रवाल कानुन व्यवसायी एवं मधेसी जनअधिकार फोरम -गणतान्त्रिक) का स्थानीय नेतासमेत हुन् ।

सञ्चारमन्त्रीको प्रेस सल्लाहकारमा अधिकारी

सरकारले सूचना तथा सञ्चारमन्त्रीको प्रेस सल्लाहकारमा शिवप्रसाद अधिकारीलाई नियुक्त गरेको छ ।

मदरसा शिक्षा परिषद्मा अहमद

मन्त्रिपरिषदले राष्ट्रिय मदरसा शिक्षा व्यवस्थापन परिषदको उपाध्यक्षमा नेपालगन्जका मौलाना मन्सुर अहमदलाई नियुक्त गरेको छ ।

प्रधानसेनापति भारत जाने

सरकारले प्रधानसेनापति गौरवशमशेर राणालाई उनका भारतीय समकक्षीको निम्तामा आगामी पुस २२ देखि माघ २ सम्मको भारत भ्रमणमा जान स्वीकृति प्रदान गरेको 6/

विशेष पद थपेर बस्नेतको नियुक्ति



सरोजराज अधिकारी

काठमाडौ, पुस १२ -
सरकारले विशेष पद सिर्जना गरेर नेपाली सेनाका विवादास्पद प्राविधिक उपरथी नरेश बस्नेतलाई दुई वर्षका लागि नियुक्त गरेको छ ।

मन्त्रिपरिषद्को बिहीबारको बैठकले उपरथी सरहको विशेष पद सिर्जना गरी साविककै काम र प्रधानसेनापतिले लाए/अह्राएको अन्य काम गर्ने गरी बस्नेतलाई नियुक्त गर्ने निर्णय गरेको

हो । सेनाको विकास निर्माण तथा स्थपति महानिर्देशक रहेका बस्नेतको उपरथीको ५ वर्षे कार्यकाल शनिबार सकिँदै थियो ।

प्रधानमन्त्री बाबुराम भट्टराईले सैनिक नेतृत्वलाई रिझाउनका लागि प्रधानसेनापति गौरवशमशेर जबराका नाता पर्ने बस्नेतलाई पद सिर्जना गरेर नियुक्ति दिएका हुन् । यसअघि प्रधानसेनापति जबराले एक रथी पद थपेर बस्नेतको पदोन्नति गर्न अघि बढाएको प्रस्तावको सेनाभित्र र बाहिरका सरोकारवालाबाट तीव्र विरोध भएपछि विशेष पद सिर्जना गरिएको हो । आर्थिक लगायतका सबै कारोबार गर्न सक्ने गरी बस्नेतलाई दुई वर्षका लागि करारमा नियुक्त गरिएको हो । नेपाली सेनाको इतिहासमै उपरथी तहमा हालसम्म करारमा नियुक्ति भएको थिएन । सैनिक ऐनमा पनि उपरथी तहको पदमा करारमा नियुक्ति गर्ने व्यवस्था छैन । यसअघि तत्कालीन राजा वीरेन्द्र शाहका पालामा अवकाशप्राप्त सहायकरथी डा. खगेन्द्रप्रसाद श्रेष्ठलाई करारमा नियुक्त गरिएको थियो । राजाकै निजी चिकित्सक भएकाले स्वास्थ्यसम्बन्धी सल्लाहका लागि श्रेष्ठलाई नियुक्त गरिएको थियो ।

यसअघि पनि जबरालाई रिझाउने उद्देश्यले रक्षामन्त्रीको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री भट्टराईले भैरवनाथ गणमा रहँदा आफ्नै पार्टीका कार्यकर्ता बेपत्ता बनाएको, चरम यातना दिएको अभियोग लागेका राजु बस्नेतलाई सहायकरथीमा पदोन्नति गरेका थिए ।

प्राविधिक उपरथी बस्नेत सेनाभित्र आर्थिक मामिलामा विवादित अधिकृत मानिन्छन् । १५ वर्षभन्दा लामो समयदेखि सेनाको विकास निर्माणसम्बन्धी निकायको जिम्मेवारी सम्हालेका बस्नेत प्राविधिकतर्फकै भएकाले ३० वर्षे सेवा अवधिमै उपरथी बनेका थिए । सेनामा ३५ वर्ष सेवा गरेका इन्फेन्ट्री -पैदल सैनिक) तर्फका कतिपय अधिकृत उनीभन्दा एक तह मुनिको सहायकरथी पदमै छन् ।

विगतमा पनि बस्नेतकै बढुवाका लागि पहिले महासेनानीले नेतृत्व गर्ने विकास निर्माणसम्बन्धी निकायको स्तरोनन्ति गर्दै उपरथीले नेतृत्व गर्ने महानिर्देशनालय बनाइएको थियो । महानिर्देशनालयले सरकारले जिम्मेवारी तोकेअनुरूप थुप्रै स्थानमा सडक निर्माणदेखि ठूला अन्य भौतिक परियोजना सञ्चालन गर्दै आएको छ ।

ठूलो परिमाणमा रकम परिचालन गर्ने भएकाले बस्नेत विगत १५ वर्षदेखि सबै प्रधानसेनापतिका प्रमुख आर्थिक स्रोत मानिन्छन । उपरथी बस्नेतले इन्जिनियरिङ निकायको जिम्मेवारी सम्हालेयता सरकारी स्रोतको दुरुपयोग गर्दै अधिकांश प्रधानसेनापतिको घर नै बनाइदिएको कतिपय प्रधानमन्त्री, रक्षामन्त्री, विभिन्न पार्टीका प्रभावशाली नेताको भवन निर्माणमा ठूलो सहयोग गरेको सैनिक वृत्तभित्र चर्चा छ । त्यसैले उनी थुप्रै पार्टीका प्रभावशाली नेतालाई आफ््नो पक्षमा पार्न सफल भएका हु्् ।

मन्त्रिपरिषदको बैठकमा भौतिक योजना तथा निर्माणमन्त्री हृदयेश त्रिपाठीले इन्जिनियरिङ क्षेत्रमा बस्नेत सेनाभित्र उम्दा अधिकृत भएकाले उनलाई निरन्तरता दिनुपर्ने भन्दै प्रधानमन्त्रीको प्रस्तावको जोडदार समर्थन गरेको स्रोतले बतायो । दुई वर्षअघि बस्नेतको उपरथीको पहिलो ३ वर्षको पदावधि सकिएपछि महानिर्देशनालयका उपप्रमुख सहायकरथी किरण बज्राचार्य लगायतले तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल, रक्षामन्त्री विद्या भण्डारीलाई भेटी म्याद नथप्न आग्रह गरेका थिए ।

सहायकरथी बज्राचार्यलगायत एक दर्जनभन्दा बढी अधिकृतले बस्नेतले विकास निर्माणका काममा चरम आर्थिक अनियमितता गरेकाले म्याद नथप्न र छानबिन गरी उनीमाथि कारबाही गर्न आग्रह गरेका थिए । तर त्यसबेला बस्नेतको पदावधि २ वर्षका लागि थपियो भने राजनीतिक लबिङ गरेको भन्दै बज्राचार्य लगायतका अधिकृतमाथि कोर्ट मार्सल भएको थियो ।

प्रधानसेनापति जबराले महानिर्देशनालयका दुई सहायक रथीमध्ये एक कमान्ड गर्न असक्षम रहेको र बज्राचार्यमाथि कारबाही गरिएकाले बस्नेतको अभावमा महानिर्देशनालय नेतृत्वविहीन हुने तर्क गरेका थिए । बस्नेतलाई के-के जिम्मेवारी दिने भनेर मन्त्रिपरिषद्को निर्णय माइन्युटिङका लागि सेनाको कानुनी विभाग -प्राड विवाक) का प्रमुख उपरथी निरेन्द्र अर्याललाई साथै लिएर प्रधानसेनापति जबरा आफैं प्रधानमन्त्री तथा मन्त्रिपरिषद््को कार्यालय पुगेका थिए । मुख्यसचिव लीलामणि पौडेल, प्रधानसेनापति जबरा, उपरथी अर्याल, प्रधानमन्त्रीको कार्यालयका कानुन सचिव राजुमानसिंह मल्ल, अर्थसचिव शान्तराज सुवेदी, रक्षा मन्त्रालयका कानुन हेर्ने सहसचिव उदय सापकोटालगायत बसेर निर्णय माइन्युटिङ गरेका थिए ।

त्यसलगत्तै तत्काल रक्षामा बस्नेतको नयाँ नियुक्तिको पत्र बनाउन लगाएर सैनिक मुख्यालय जंगीअड््डा पुर्याइएको थियो । प्रधानसेनापति जबराले करारमा नयाँ नियुक्ति नभई थप दुई वर्षको पेन्सनसमेत पाउने गरी निरन्तरता दिने भनी निर्णय हुनुपर्नेमा जोड दिएका थिए । तर मुख्यसचिव, अर्थ सचिव, प्रम कार्यालयका कानुन सचिवलगायतले ऐनका कानुन अनुरूप त्यसो गर्न नमिल्ने भन्दै पेन्सन नपाउने र उपरथीसरहको सुविधा पाउनेबाहेक थप आर्थिक भार नपर्ने गरी नियुक्त गर्नुपर्ने अडान लिएका थिए । त्यसपछि बस्नेतले शनिबार अवकाश पाउने र आइतबारबाट लागू हुनेगरी दुईवर्षे करारमा नियुक्त हुने माइन्युटिङ गरिएको थियो ।

Sunday, 23 December 2012

परिवर्तनशिल समाज:अमेरिकन ब्लु फिल्मकी नेपाली नायिका(पोर्न)

This summary is not available. Please click here to view the post.

नेपाल एयरलाइन्स फेरि समस्यामा


काठमाडौं, पुस ८ - मलेसियाको पेट्रोनास कम्पनीले हवाई इन्धन भरे बापतको रकम समयमा नतिरेको भन्दै नेपाल वायुसेवा निगमलाई इन्धन दिन नमानेपछि शुक्रबार नेपाल आउनुपर्ने जहाज सात घन्टा ढिलो गरी आएको छ । स्रोतका अनुसार निगमले रकम भुक्तानीका विषयमा जिम्मेवारी लिएकालाई कुनै सोधपुछ नगरी छाडेको छ । 'यसरी रकम नतिर्दा जहाजमा तेल नै नदिनु हाम्रो लागि लाजमर्दो कुरा हो,' स्रोतले भन्यो । कम्पनीले पूरै रकम भुक्तान नगर्दासम्म इन्धन नदिने बताएपछि निगमले रकम तिरेर उडान गर्दा बिहान १० बजे आउनुपर्ने जहाज बेलुका साढे ५ बजे मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । निगम व्यवस्थापनले भने पेट्रोनास कम्पनीमै आन्तरिक सूचना आदान-प्रदान प्रभावकारी नभएकाले यस्तो समस्या आएको बताएको छ । 'हामीले बुधबार नै चार लाख डलर पठाइसकेका थियौ,' निगमका महाप्रबन्धक मदन खरेलले भने, 'उताकै आन्तरिक समस्या हो । हाम्रो कारणले ढिलो भएको होइन ।' निगमको जहाजमा त्यस दिन १ सय ३० यात्रु थिए । इन्धनको रकम नतिरेको भन्दै कम्पनीले उडानमा अवरोध सृजना गरेको यो पहिलो घटना हो । खरेलका अनुसार आगामी दिनमा यस्ता घटना नदोहोरिऊन् भनेर कम्पनीसँग कुरा गरी सकिएको छ । इन्धनको भुक्तान रकममा निगमको गल्ती नभएको दाबी गरे पनि बिहीबार निगमका लोडरले दोहा उड्ने यात्रुको सामान मलेसिया उडान भर्ने जहाजमा राखिदिँदा यात्रुहरू समस्यामा परे । त्यस्तै लोडरले मलेसिया जाने यात्रुको सामान दोहा उड्ने जहाजमा राखिदिए । उडान गरेर गन्तव्यमा पुगेपछि मात्र सामान साटिएको थाहा भएको थियो । 'एक ठाउँ पुग्नुपर्ने सामान अर्को ठाउँमा पुगेपछि फेरि त्यसलाई काठमाडौं फर्काएर पुनः सही स्थानमा पठाइएको थियो,' स्रोतले भन्यो । यसरी सामान पठाउँदा यात्रुले आफू पुगेको अर्को दिन मात्र सामान पाए । 'एकचोटिमा हुने काम दोहोर्याउँदा समय र लागत दुवै बढ्यो,' निगमका एक उच्च अधिकारीले भने, 'केही समय समस्या नदेखिएको निगममा फेरि कर्मचारीको लापरबाही देखिन थालेको छ ।' यस्ता समस्याले निगमप्रतिको यात्रु विश्वास गुम्ने डर छ । त्यसै पनि अन्य अन्तर्राष्ट्रिय विमान कम्पनीको आगमनले निगमले यात्रु गुमाइरहेको छ । मुख्य गरी नेपाली कामदार जाने गन्तव्य मलेसिया, दोहा लगायत स्थानमा बजेट एयरलाइन्सले राम्रो सुविधाका साथ निगमकै हाराहारीको भाडादरमा सेवा दिइरहेको स्थिति छ । जहाजको कमी हुनु र सेवा पनि चुस्त नहुँदा अहिले निगमको अन्तर्राष्ट्रिय बजारमा ३ प्रतिशतभन्दा पनि कम हिस्सा छ ।

भोलि सहमतीय प्रधानमन्त्रीको टुंगो लाग्ने सम्भावना : खनाल


काठमाडौ, पुस ८ - एमाले अध्यक्ष झलनाथ खनालले भोलिसम्ममा देशले सहमतीय प्रधानमन्त्री पाउने सम्भावना बढेको बताएका छन् । राष्ट्रपतिसँग भएको दुईघण्टे वार्तापछि बाहिर निस्किएका खनालले भोली निकास निस्कने आशा व्यक्त गरे ।

५ औं पटकसम्म म्याद दिंदा पनि प्रमुख दलले सहमतीय प्रधानमन्त्री छान्न नसकेपछि राष्ट्रपति रामवरण यादवले छलफलका लागि भोली बिहान बिघटित संबिधानसभामा प्रतिनिधित्व गर्ने सबै दललाई बोलाएका छन् ।

राष्ट्रपतिसँगको भेटबाट बाहिरिंदै कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलाले भोलिको बैठकमा सहमतीय सरकार र प्रधानमन्त्रीबारे प्रस्ताव लगिने जानकारी दिए । यद्यपि उनले प्रधानमन्त्रीको लागि कसको नाम प्रस्ताव गरिने हो भन्ने खुलाएनन् ।

राष्ट्रपतिले दिउँसो २ बजेदेखि ४ बजेसम्म प्रमुख तीन दल र मधेसी मोर्चाका प्रतिनिधिसँग निकासबारे छलफल गरेका थिए ।

भारतमा हुने एक कार्यक्रममा सहभागी हुने राष्ट्रपति यादव भोलि भारत जाने कार्यक्रम छ । राष्ट्रपतिले आफू भारत भ्रमण जानुअघि नै सहमतीय प्रधानमन्त्रीको टुंगो लगाउन प्रमुख दलहरुलाई आग्रह गरेको बुझिएको छ ।

Saturday, 22 December 2012

Rs 20.6 million 'robbed' from Tulsipur bank


DANG, DEC 23 -

A gang of three robbed around Rs 20.64 million from the Tulsipur branch of Bank of Kathmandu on Friday evening. Police said bank manager Rishi Kailash Shrestha told them that the group entered the bank on the pretext of depositing cash at 6:30pm, took staffers under control at gunpoint and decamped with the amount.

Police reached the bank two hours after. Superintendent of Police Lokendra Malla said the case was suspicious as even the CCTV cameras and computer system were damaged. "Statements of bank employees vary," he said.

Meanwhile, a team including the central security chief of Bank of Kathmandu reached the site to investigate the matter. Malla said they are investigating into the matter.

राष्ट्रपतिले दिएको पाँचौ समयसीमा 'व्यर्थ

'
22.12.12 NST

सरकारको नेतृत्वबारे एकीकृत माओवादीभित्रको विवाद चर्किएपछि राष्ट्रपतिले सहमतीय सरकार बनाउन दलहरुलाई दिएको पाँचौ समयसीमा पनि व्यर्थ भएको छ।

दलहरुबीच प्याकेजमा सहमति नजुटेसम्म वर्तमान सरकारलाई सहमतिको सरकार बनाउनु पर्ने आवाजहरु माओवादीको आन्तरिक बैठकमा शनिबार पनि उठ्ने क्रम जारी रहेबाट, राजनीतिक संकट तत्कालै हल हुने संभावना क्षीण भएको हो।

तर वैशाखमा चुनाव गर्ने गरि दलहरुसंग सहमतिको प्रयास जारी राख्ने निर्णय प्रमुख सत्ताधारी पार्टीले गरेको छ।

राष्ट्रपति रामवरण यादवले दिएको पाँचौ समयसीमा सकिने दिन शनिबार एकीकृत माओवादीको केन्द्रिय कार्यालयको बैठकले ठोस निर्णय लिने अपेक्षा विपक्षी दलहरुले समेत गरेका थिए।

निर्णय

तर प्याकेजमा सहमति नजुटेसम्म सरकार नछोड्ने अडान प्रधानमन्त्री बाबुराम भट्टराई र कैयौ अन्य नेताहरुले दोहोर्याएपछि बैठकले दलहरुसंग सहमति खोज्ने निर्णय गरेको छ।

बैठकपछि संवाददाताहरुसंग संक्षिप्त प्रतिक्रिया दिंदै अध्यक्ष प्रचण्डले भने, “राजनीतिक दलहरुको बीचमा सहमति गरेर अगाडि बढ्ने भन्ने निर्णय भएको छ।”

आगामी वैसाखभित्र चुनाव हुनु पर्नेमा जोड दिएको बताइएको सो वैठकले सहमति खोज्ने जिम्मा चार जना नेतालाई दिने निर्णय गरेको जनाइएको छ।

विपक्षी दलहरुको अपेक्षा विपरित, सहमति नजुटेसम्म वर्तमान सरकारलाई नै निरन्तरता दिनु पर्ने अडान शनिबारको बैठकमा पनि कतिपय नेताहरुले दोहोर्याएको बताइएको छ।

त्यसबारे प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार देवेन्द्र पौडेलले भने, “विना आधार, विना कारण एजेन्डालाई छोडेर गयो भने दलदलमा फसिन्छ, त्यसैले प्याकेजमा सहमतिमा जोड दिइएको हो।”

'प्याकेज'

सरकारको नेतृत्वबारे एकीकृत माओवादीभित्रको मतभेद समाधान हुन नसकेकोबेला सरकारमा सामेल तराई केन्द्रित दलहरुको मोर्चाको एक बैठकले पनि प्याकेजमा सहमति हुनु पर्नेमैं जोड दिएको छ।

त्यसबारे मोर्चामा रहेको सदभावना पार्टीका नेता राजेन्द्र महतोले भने, “सरकार परिवर्तन र प्रधानमन्त्री परिवर्तनको कुरा गरेर मात्र हुदैन वैशाखमा चुनाव हुने गरि पहिले प्याकेजमा सहमति हुनु पर्छ।”

मोर्चाले विघटित संविधानसभाले गरेका संघीयताबारेका प्रस्ताव छलफलका लागि संविधानसभामा लैजानु पर्ने आगामी बैशाखमा निर्वाचन सुनिश्चित हुनु पर्ने जस्ता शर्तहरु राखेको छ।

पाँचौ म्यादभित्र पनि राष्ट्रिय सहमतीय सरकार बन्ने वातावरण नबनेपछि विपक्षी दलहरु प्रधानमन्त्री र सत्तारुढ दलहरुप्रति थप रुष्ट हुने निश्चित छ।


Wednesday, 19 December 2012

सहमतिको साँचो दाहालसँगै छः निधि


काठमाडौ, पुस ४ - काँग्रेसका नेता विमलेन्द्र निधिले राजनीतिक सहमतिका लागि प्रधानमन्त्री बाबुराम भट्टराईले राजीनामा दिनुबाहेक अरु विकल्प नभएको बताएका छन् ।

नेपाल प्रेस युनियनद्वारा बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले राष्ट्रिय सहमतिको सरकारको नेतृत्व काँग्रेसले नै गर्ने दाबी गर्दै राजनीतिमा नैतिकता छाड्न नहुने बताए ।

पत्रकारद्वारा सोधिएको प्रश्नको जवाफमा निधिले दलीय तथा व्यक्तिगत स्वार्थभन्दा माथि उठ्न नसके सहमति निर्माण हुन कठिन हुने बताउँदै आफ्नो दल न्याय सङ्गतरुपमा सहमतिका लागि हदैसम्म लचिलो हुन तयार रहेको छ जनाए ।

नेता निधिले सहमतिको साँचो एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालसँग रहेको धारणा राख्दै केही दिनभित्र दलहरु सहमतिमा पुग्ने विश्वास पनि व्यक्त गरे ।

कलङ्की-कोटेश्वर सडक १० ‘लेन’ को बन्ने


काठमाडौँ, पुस , कोटेश्वर देखि कलङ्की सम्मको सड्क अब १० लेनको बन्ने भएको छ । चीन सरकारको अनुदान सहायतामा साढे नौ किलोमिटर लामो कलङ्की-कोटेश्वर सडक दश ‘लेन’ मा विस्तार हुने बताइएको छ। चक्रपथ अन्तर्गत पर्ने उक्त सडकखण्ड विस्तार गर्नेसम्बन्धी सम्झौतापत्रमा सडक विभाग र साङ्घाइ कन्सट्रक्सन ग्रुपका बीचमा हस्ताक्षर भएको छ।

विभागमा आयोजित कार्यक्रममा सडक विभागका महानिर्देशक दिनकर शर्मा र साङ्घाइ कन्सट्रक्सन ग्रुपका नायब महानिर्देशक सेन सिइङले सम्झौता पत्रमा हस्ताक्षर गर्नु भएको छ।

गत पुस ३० गते चिनियाँ प्रधानमन्त्री वेन जियाबाओले गरेको नेपालको औपचारिक भ्रमणका बेला चक्रपथ विस्तारको सैद्धान्तिक सहमति भएको थियो । जस अनुसार आगामी तीन महिनाभित्र निर्माण प्रारम्भ हुने उक्त सडकखण्डको लागत रु चार अर्ब रहेको छ ।

यस सड्कको दायाँ बायाँ चारलेनको दुई तर्फी सडक हुनछ । दुबै- तर्फ एकएक लेनको साइकल लेन र पदयात्री मार्ग निर्माण गरिने छ । यस सड्कमा तीन ठाउँमा आकाशे पुल बनाइने कुरा बताइएको छ ।

सड्क निर्माणका लागी चीनबाट २०० जना मुख्य कामदार र आवश्यक उपकरण ल्याइने बताइएको छ । त्याहाँबाट आउने श्रमिकलाई आवासको व्यवस्था गर्न कम्तिमा २ महिना लाग्ने हुँदा अबको ३ महिनापछिबाट काम शुरू गरिने बताइएको छ ।

‘मरे’ भनिएका ३९ सय मान्छे जिउँदै !


पुस, काठमाडौं । कस्तो अचम्म ! नेपाल सरकारले बेपत्ता भएका र मरिसकेका व्यक्तिहरुको सूचिमा राखेका ३ हजार ९ सय मानिस जिउँदै फेला परेका छन् ।शान्ति मन्त्रालयअन्तर्गतको ‘द्वन्द्व प्रभावित व्यक्ति परिवार तथा संरचनाको लगत संकलन कार्यदल’ले तयार पारेको प्रतिवेदनमा मृतक एवं बेपत्ता भनिएका ३ हजार ९ सय व्यक्तिहरु जीवितै रहेको पुष्टि भएपछि शान्ति मन्त्रालयले धेरै वर्ष लगाएर तयार पारेको द्वन्द्वपीडितहरुको प्रतिवेदन झुठको पुलिन्दामा परिणत भएको छ ।

सशस्त्र द्वन्द्वका क्रममा प्रभावित भएकाहरुको विवरण संकलन गर्ने जिम्मा पाएको कार्यदलको प्रतिवेदनमा समावेश गरिएको विवरण झुठो प्रमाणित भएपछि शान्ति मन्त्रालयले यसलाई तुरुन्त सच्याउन निर्देशन दिएको छ । ‘कार्यदलको प्रतिवेदनमा समावेश विवरण गलत पाइएपछि सच्याउन निर्देशन दिएका छौं,’ -मन्त्रालयका उपसचिव प्रेमप्रसाद सञ्जेलले भन्नुभयो ।

मृतक र वेपत्ता भनेर समावेश गरिएका व्यक्तिका परिवारका सदस्य लामो समयसम्म पनि राहत लिन सम्पर्कमा नआएपछि मन्त्रालयले तथ्य पत्ता लगाउन विभिन्न जिल्लामा अनुगमन गरेको थियो । अनुगमनका क्रममा प्रतिवेदनमा जिउँदा मानिसको नाम पनि मृतक भनी समावेश भएको पाइएको सञ्जेलले बताउनुभयो । साथै प्रतिवेदनमा अधिकांश व्यक्तिको नाम दोहोरो र तेहोरो रहेको उहाँले बताउनुभएको छ ।सरकारले सम्वन्धित जिल्ला प्रशासन कार्यालयमार्फत् मृतक र वेपत्ता परिवारका सदस्यलाई प्रतिपरिवार तीन लाख रुपैयाँसम्म राहत वितरण गर्दै आएको छ ।

१४ बर्षीया छोरीलाई बारम्बार यौन दुव्र्यवहार गर्ने पक्राउ


काँकडभिट्टा, पुस ४, १४ बर्षीया छोरीलाई बारम्बार यौन दुव्र्यवहार गर्दै आएका बावुलाई प्रहरीले पक्राउ गरेको छ । झापाको सुरुंगा १ प्रजापति टोलका ४१ बर्षीय बुवालाई प्रहरीले दुई दिनअघि घरबाटै पक्राउ गरी कानुनी कारबाही सुरु गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनायो । जिल्ला प्रहरीका प्रहरी उपरीक्षक शेरबहादुर बस्नेतले एक स्थानीय बासिन्दाको सूचनाका आधारमा बाबुलाई पक्राउ गरिएको जानकारी दिए ।

‘छोरीलाई यौन दुव्र्यवहार गर्ने गरेको कुरा सिंगो गाउँमा हल्ला रहेछ,’ बस्नेतले भने, ‘यसबाट हुन सक्ने सम्भावित दुर्घटना नहोस् भनेर पीडकलाई ल्याइएको हो ।’ जिल्ला प्रहरी कार्यालयका अनुसार पीडकलाई जबर्जस्ती तथा हाड नाता करणीअन्तर्गत मुद्दा दर्ता गरिएको छ । स्थानीयवासीका अनुसार शर्माले मादक पदार्थ सेवन गरेर पत्नी तथा छोरा छोरीलाई दिनहुँ जसो कुटपिटसमेत गर्ने गरेका थिए । जिल्ला कारागार झापामा हाल हाडनाता यौन दुव्र्यवहारका घटनामा संलग्न १९ अभियुक्त कैद भुक्तान गरिरहेका छन् । कान्तिपुर दैनिकबाट

ओंठबाट थाहा हुन्छ महिलाको गोप्य यौनब्यवहार


गुलाबी ओठ महिलाको लागि सुन्दरताको महत्वपूर्ण अंश भएको एक अध्ययनले देखाएलको छ । स्टकल्याण्डमा गरिएको अध्ययन अनुसार थेप्चो ओठ हुनेभन्दा माथिल्लो ओठ बिचमा केही अग्लो र थोरै चुच्चो (क्युपिड बो) भएका महिला यौनसम्पर्कका बेला छिटो चरमोत्कर्षमा पुग्छन् ।तर ओठ अब सुन्दरताको अर्थमा मात्र सिमित रहेन । एक अनुसन्धानले महिलाको ओठले उनको यौनव्यवहारको गोप्य कुरा समेत थाहा हुने पत्ता लागेको छ ।

महिलाको ओठको प्रकार योनी, पाठेघर तथा अरु यौनांगको संवेदनशीलतासँग सम्बन्धित हुने अनुसन्धानकर्ताहरु बताउँछन् । त्यसैले अग्लो र पुष्ट ओठ हुने महिलामा चरमोत्कर्षमा पुग्ने गति थेप्चो आकारका ओठ हुनेमा भन्दा १२ गुणा बढि हुने ठहर उनीहरुले गरेका छन् । ओठले युवतीहरूको सेक्स चाहना कतिको हुन्छ भने पुरूषहरू थाह पाईन्छ ।

छोटा लुगा लगाउने युवति यस्ता हुँदा रैछन


हालै गरिएको एक ताजा खोजमा छोटा र सेक्सी कपडा लगाउने सेक्सी महिलामा क्षमताको अभाव हुने पत्ता लागेको छ। अमेरिको ओहियो स्थित केनयोन कलेजको एक टिमले गरेको खोजमा छोटा लुगा कगाउने र सेक्सी देखीने महिलाको तुलनामा सामान्य लुगा लगाउने महिला ज्यादा सक्षम र क्षमतावान हुने पत्ता लागेको हो।

केनयोन कलेजका साइकोलोजिष्ट सान मुर्नेनको नेतृत्वमा भएको यो खोज सेक्स रोल नामक जर्नलमा समेत प्रकाशित भएको छ। १६२ जना विद्यार्थीमा गरिएको यो खोजमा सक्षमता, इंटेलिजेन्स र डिटरमिनेशन जस्ता विषयमा सेक्सी महिला र सामान्य महिलामा तुलना गरिएको थियो । खोजमा नतिजामा भने सेक्सी महिलाको तुलनामा सामान्य महिलाहरु क्षमताको आधारमा धैरै माथि रहेका थिए।

यस्तो पनि छ बिहे गर्नु आगाडी केटीले बच्चा जन्माउनु अनिवार्य

संसारमै बिहे गरेपछि मात्रै बच्चा जन्माउने प्रचलन छ । तर, एउटा पत्याउनै गाह्रो पर्ने खबर छ । त्यो के भने, भारतको एउटा जनजातिमा यस्तो परम्परा छ कि त्यहाँ केटीले बिहे गर्नका लागि एउटा बच्चा जन्माउनैपर्छ । चकित पार्ने यो खबर हावादारी होइन । यो शतप्रतिशत सत्य खबर हो ।

भारतको पश्चिम बंगालको जलपाइगुडी क्षेत्रमा टोटो नामक एउटा आदिम जातिको बसोबास छ । टोटोपाडा नामक त्यो बस्ती भारत र भुटानको सीमानामा पर्छ । सो जातिको परम्परा, रहनसहन, नीतिनियम सबै अचम्मका छन् । त्यहाँ विवाहको नियम पनि अनौठो छ । यो जातिका युवतीले बिहे गर्नका लागि बिहेपूर्व एउटा बच्चा जन्माउनुपर्छ । यो जातिमा युवाले आफूलाई मन परेकी केटी रातिमा चुपचाप भगाएर लग्ने प्रचलन छ ।

त्यसपछि त्यो केटी एक वर्षसम्म केटाको घरमा बस्छे । एक वर्षभित्र केटीले बच्चा जन्माइ भने मात्र ऊ बिहेका लागि योग्य मानिन्छे । त्यसपछि परिवारका सदस्यको सल्लाहमा बिहे सम्पन्न हुन्छ । एक वर्षमा केटीबाट जायजन्म भएन भने केटी फिर्ता पठाइन्छ । केटाकेटीले बिहे तोड्न चाहे भने सुँगुरको बलि दिई विशेष पूजा गरिन्छ । बिहेलाई टिकाइराख्नका लागि भने विधि केही खर्चिलो बनाइएको छ ।

त्यसकारण हत्तपत्त बिहे तोडिँदैन । टोटो भारतको सबैभन्दा कम जनसंख्या भएको आदिम जाति हो । हाल एक हजार दुई सय ६५ जना टोटो छन् । सन् १९९१ को जनगणनामा जम्मा नौ सय ३६ जना टोटो थिए । जनसंख्या बढाउनका लागि यो जातिमा परिवार नियोजन बर्जित छ । तर, पछिल्ला केही वर्षदेखि महिलाले भुटानतिर पसी छदम नाममा परिवार नियोजन गराउने गरेका छन् ।

पेन्टी लगाउँदाका ५ महत्वपूर्ण फाइदा



भित्री लूगा (पेन्टी) नलगाउँदा कि त निकै रमाइलोको पत्र बनिन्छ या अनावश्यक जोखिम उठाउनु पर्ने हुनसक्छ । विशेष रुपमा महिलाहरुले पेन्टी लगाउने गर्छन् । अन्यथा थुप्रै समस्याहरु झेल्नु पर्ने हुनसक्छ । पछिल्लो समय हलिउड बलिउण्डमा नायिकाहरुले भूलेर वा चर्चा कमाउनकै लागि पेन्टी नलगाई सार्वजनिक कार्यक्रममा जाए । किन लगाइन्छ त अण्डरवेयर

फील गुड: केही महिला सेक्सको अपिल बढाउन कमाण्डो स्टाइलमा हिड्छ । ता कि आफूले देखेर अरु आकषिर्त होउन् भन्ने उनीहरु चाहन्छन् । अण्डरवेयर लगाउनुको सबैभन्दा फाइदा यो हो कि तपाईमा घरबाहिर रहँदा सहज र आत्मविश्वास हुन्छ । कपडाको रक्षाः यसले कुनै पनि प्रकारको बडी डिस्चार्ज अर्थात शरीरबाट निस्कने फोहोरबाट अन्य कपडालाई बचाउँछ । अण्डरवेयर मात्र धोए पुग्छ । बाँकी कपडा सुरक्षित राख्छ । समाजका लागि पनि राम्रोः माथी उल्लेख भएजस्तै विना पेन्टी सार्वजनिक कार्यक्रममा पुग्दा सेलिब्रेटीहरुले विभिन्न समस्या झेल्नु परेको छ । त्यसले यसले के देखाृउँछ भने महिलाहरुलाई विना अन्तरवस्त्र समाजले स्वीकार गरिसकेको छैन ।

सुरक्षाः जिपर कहिले काँही तपाईको महत्वपूर्ण र संवेदनशील अंकका लागि घातक ुहुनसक्छ । अण्डरवेयर लगाएको अवस्थामा त्यो खतरा धेरै हदसम्म रहँदैन । दुर्घटनाबाट बताउँछः हामी उहाँ कुनै कार तथा सवारी दुर्घटनाको कुरा गरिरहेका छैनौं । यदि तपाईको पाइन्ट फुट्यो वा च्यातियो भने हुने लाजमर्दो अवस्थाबाट अण्डरवेयरले बचाउँछ ।

Tuesday, 18 December 2012

दुषित हावाले लिन्छ वर्षेनी ३२ लाखको ज्यान


हालै सार्वजनिक भएको एक तथ्यांकले विश्वमा वायु प्रदुषणका कारण वर्षेनी ३२ लाख जनाले ज्यान गुमाउने गरेको देखाएको छ । विश्व स्वास्थ्य संगठनको ‘ग्लोबल बर्डन अफ डिजिज’ ले सार्वजनिक गरेको तथ्यांक अनुसार विश्वमा वायुप्रदुषणका कारण हुने मृत्युमध्ये ६५ प्रतिशत एसियामा हुन्छन् र त्यसको झण्डै एक चौथाइ भारतीय छन् ।

तथ्यांक अनुसार वायु प्रदुषण विश्वमा मानिसको ज्यानै लिने दश प्रमुख कारक तत्वमध्ये एक बनेको छ ।वायु प्रदुषण मानव स्वास्थ्यको मुख्य चुनौति बनेको भन्दै प्रतिवेदनमा पछिल्लो १२ वर्षमा वायु प्रदुषणका कारण मर्नेको संख्या ३ सय प्रतिशतले बढेको उल्लेख छ ।वायु प्रदुषणबाट धेरै मान्छेले ज्यान गुमाउने क्षेत्रमा दक्षिण एसिया निकै अगाडि छ । दक्षिण एसियामा उच्च रक्तचाप, धूमपान, घरभित्रको प्रदुषण, दुषित खाना तथा मधुमेहपछि वायु प्रदुषण मान्छेको ज्यानै लिने छैटौँ महाकाल बनेको छ ।

यौन सन्तुष्टि दिन्छ वास्तुशास्त्रले


तपाईको यौन जीवनलाई वास्तुले असर पार्दछ भन्दा अनौठो लाग्ला तर कुरा सहि हो । जसरी तपाईको धन, शिक्षा, स्वास्थ्यमा वास्तुको असर पर्दछ, त्यस्तै यौनजीवनमा पनि प्रभाव पर्दछ ।

यदि नपाइको यौनकक्ष वास्तु प्रतिकुल छ भने तपाईले यौन जीवनमा कहिल्यै पनि चरम सन्तुष्टि प्राप्त गर्न सक्नु हुदैन । किनकि वास्तुले जुन ऊर्जाको व्याख्या गर्दछ त्यही ऊर्जा तपाईको पनि हुन्छ । सुर्यको ऊर्जा सकारात्मक र चन्द्रमाको ऊर्जा नकारात्मक हुन्छ । सुर्य भनेको पुरुष र चन्द्रमा भनेको प्रकृति जब सम्भोगको समयमा सकारात्मक र नकारात्मक दुवै ऊर्जा एकै विन्दुमा प्रवाहित हुन्छन् यसैलाई नै चरम सन्तुष्टी भनिन्छ ।

तर तपाईमध्ये कसैलाई मात्र यस्तो चरम आनन्द प्राप्त भएको हुन सक्छ । चरम आनन्द आउनु कुनै पुरुषार्थको खेल होइन, यो त आत्मीयता एवं प्रेमको खेल हो तर तपाईलाई प्रेममाथि अहंकारले शासन गरेको हुने हुँदायौनमा सन्तुष्टि प्राप्त गराउनमा बाधक अहंकार हुन आउँछ । अब वास्तु शास्त्रले तपाईको अहंकारलाई समन गरी प्रेमको ऊर्जा बढाउन सहयोग गर्दछ ।

तपाईले रतिक्रिया गर्ने ओछ्यानको दिशा अनुसार यौन जीवनको दशा हुन्छ । वास्तु अनुसार उत्तर-पश्चिम दिशामा र दक्षिण पश्चिम दिशामा रतिक्रिया गर्दा चरम आनन्द प्राप्त हुने हुन्छ । यदि यसको विपरीत अन्य दिशामा रतिक्रिया हुन्छ भने निश्चय नै तपाईको यौन जीवन सन्तोषदायक हुँदैन ।

जसले गर्दा तपाई यौन सुखको खोजीमा यत्रतत्र र्सवत्र भड्कि हिडिरहनु हुनेछ । र तपाईको वैवाहिक जीवनमा पुर्ण विराम लाग्नेछ । अहिले हाम्रो अध्ययनमा वास्तु दोषको कारण पनि वैवाहिक व्यक्तिको यौन जीवन नरक हुँदै गएको देखिन्छ

पूर्व युवराज पारसले मागे सुरक्षा


काठमाडौ, पुस ३ - पूर्व युवराज पारस शाहको सुरक्षाका लागि बैंककस्थित नेपाली दूतावासले थाइ प्रहरीलाई पत्रचार गरेको छ । दूतावास स्रोतका अनुसार पारसको तर्फबाट आफ्नो जीउ–ज्यानको सुरक्षाको व्यवस्था गरिदिन निवेदन दिएपछि पत्रचार गरिएको हो ।
दूतावास स्रोतका अनुसार थाइलेण्डस्थित गैरअवासीय नेपाली संघका सचिव सुनिल खड्का र केही अरु त्यही बस्ने नेपालीहरुले उक्त निवेदन चार दिनअघि दिएका हुन् ।

उक्त निवेदन प्राप्त भएलगतै पारसको सुरक्षाको ब्यवस्था मिलाइदिन अनुरोध गर्दै पत्रचार गरिएको हो । निवेदन दिन पारस भने आएका थिएनन् ।

दुतावासमा १४/२०६९ नम्बरमा दर्ता भएको पत्र निम्न अनुसार रहेका छन्:

महामिहम कार्यबाहक राजदूत ज्यु

नेपाली राजदुतावास, बैकक, थाइलेण्ड

बिषय: असुरक्षित महसुस भएको जानकारी सम्बन्धमा ।

महोदय,

म नेपाली राहदानी बाहक पारस बीर बिक्रम शाह यस थाइलेण्ड अधिराज्यको ब्यक्तिगत बसाईका सिलसिलामा विगत केही समय अगाडी देखि म माथि बिभिन्न बहानाबाजीमा अनेक प्रकृतिका लन्छाना लगायतका मानसिक यतना सहित आर्थिक शोषण देखि ज्यान मार्ने सम्मको हर्कत भएको ब्यहोरा जानकारी गराउँदै भारतीय मुलका जस्ता देखिने ब्यक्तिहरु समेत बाट असुरक्षित महसुस गर्दै सो सम्बन्धी कार्यहरुको सम्बन्धमा थाइ प्रहरी र भारतीय दूतावाससंग कुटनीतिक पहल गरी मेरो जीउ धनको सुरक्षामा सहयोग गरिदिन अनुरोध गर्दछु ।

निवेदन

पारस वीर विक्रम शाह


Top leaders seek 3 to 5 days for consensus


KATHMANDU, DEC 18 -

Top leader of the major political parties on Tuesday urged the president to extend the deadline to pick a common prime ministerial candidate by three to five more days.

UCPN (Maoist) Chairman Puspa Kamal Dahal, Nepali Congress President Sushil Koirala, CPN-UML Chairman Jhala Nath Khanal and leaders of Samyukta Loktantrik Madhesi Morcha had reached President Ram Baran Yadav's official residence in Sheetal Niwas this morning. The fourth deadline given by the president to pick a common PM candidate ended on Monday.

Leaders said that the president in response urged the political parties to arrive at the consensus at the earliest.

लन्डन फेसन विकमा नेपाली

प्रवास » यूरोप
रिपोर्टर(हरु):नवीन पोखरेल
लन्डन, पुस ३ - यही साता हुने फस्ट इन्टरनेसनल नेपाल फेसन विक २०१२ को तयारी अन्तिम चरणमा पुगेको छ । इभेन्ट म्यानेजमेन्ट कम्पनी गिग एक्ट्राको सहयोगमा लन्डन फेसन हाउसले शो आयोजना गर्न लागेको हो, जुन २३ डिसेम्बरमा लन्डनस्थित दि स्टार, साउथ ह्यारो र २७ मा निरमाया अल्डरसटमा हुनेछ । फेसन शोमा शुभेच्छा भडेल, खुश्बु डंगोल, माल्भिका सुब्बाको हाउस अफ अल्टरनेटिभ अप्यारल (हा), आकाश श्रेष्ठ, समा बानु, सुरुचिरा शाक्य लगायत दर्जन डिजाइनरले मनमोहक परिधान प्रस्तुत गर्दै छन् । ती पोसाक पहिरिनेछन् मिस टप मोडल युके २०११ आयशा शाक्य, मिस युके नेपाल २०११ गौमाया गुरुङ, मिस युके नेपाल २०१२ दुर्गा गुरुङ, नायिका एवं मोडल सबि्रना श्रेष्ठ सहित दुई दर्जन नेपाली सुन्दरीले । फेसन शोमा ढाकाको पोसाक अनिवार्य गरिएको छ । यस किसिमको बृहत् फेसन शो बेलायतस्थित नेपाली समुदायमा पहिलो पटक हुन लागेको शोकी परिकल्पनाकार एवं लन्डन फेसन हाउसकी निर्देशक मनीषा डंगोल श्रेष्ठले बताइन् । 'नेपाली डिजाइनरका क्रिएसनलाई विश्वसामु चिनाउने उद्देश्यले शो गर्न लागिएको हो,' उनले भनिन् । एनआरएनए युके युथ कोअर्डिनेटर तथा पासा पुचः गुठी युकेकी उपाध्यक्ष समेत रहेकी मनीषाले शोबाट संकलित रकमको केही हिस्सा नेपालमा म्युजिक फर चिल्ड्रेन र माइती नेपाललाई दिने बताइन् ।

शोका अवसरमा लय सूत्र ब्यान्ड लगायत अन्य सांगीतिक समूहको समेत प्रस्तुति रहने छ । निरमायामा हुने शोका लागि मिस युके नेपाल आयोजक शान्ति गुरुङले सघाएकी छन् ।

साउदीबाट आएकी महिला विमानस्थलमै लुटिइन्


काठमाडौ, पुस ३ - भोजपुरको भित्री गाउँमा घर भएकी २० बर्षीया एक युवती तीन बर्षसम्म साउदी अरेबियाको रियादमा घरेलु धन्दा भ्याएर गत मंसीर ६ गते बेलुका काठमाडौं उत्रिन् ।

उत्रनासाथ अध्यागमनका अधिकारीले उनलाई दह्रै केरकार गरे । पर्वतकी अर्कै युवतीको नाममा रहेको पासपोर्टमा एजेन्टले दिल्ली हुँदै भोजपुरे युवतीलाई साउदी उडाएको रहेछ । यो केरकारसँगै यी युवती असाक्षर रहेको र तिनबाट दह्रै फाइदा उठाउन सकिने भेउ पाएर अध्यागमनका कर्मचारीले नजिकै उभिएका प्रहरीसँग मिलेमतो गरिहाले । ती युवतीको किर्ते पासपोर्ट, हवाइ टिकट र अन्य कागजात खोसियो । धरौटीबापत तत्काल २० हजार रुपैंयाँको रसिद काटियो । र, उनका साथमा भएको झण्डै ९ हजार रियाल -२ लाख रुपैंयाँ) समेत अध्यागमनका नायब सुव्वा र प्रहरी जवानबीच तत्कालै बाँडचुड भयो ।

यतिमैं हुर्मत लिने काम टुङ्गएिको थिएन, भोजपुर जाने गाडी चढाइदिन्छु भन्दै ती प्रहरी जवानले युवतीलाई लिएर सरासर गोंगबु बसपार्क पुगे । 'भोजपुर जान नाइट-बस नपाइने रहेछ' भन्दै नजिकै एउटा लजमा लगेर राखिदिए । र, मध्यरातमा त्यही लजमा 'आफन्त भेट्न आएको भन्दै' प्रहरी जवानले उही युवतीसँग यौन सम्पर्क पनि राख्न भ्याए । यति कामकुरा फत्ते गरेर मात्रै उनले मंसीर ७ गते बिहानको टिकट काटिदिएर युवतीलाई भोजपुर पठाए ।

'तीन साता पुरानो कुरा अब सेलायो होला' भनेर काठमाडौं अध्यागमनका प्रहरी जवान र कर्मचारी ढुक्क रहेकै बेला फेरि यो मामला बल्भिmयो । ती युवतीले गाउँमा पुगेर आफू आर्थिक र शारीरिक रुपमा लुटिएको मर्म आफ्ना मगर थरका एक मितभाइलाई सुनाएपछि उनीहरु दुबैजना यो बेदना सुनाउन काठमाडौं आएका हुन् । उनीहरु अधिवक्ता द्वय वसन्त बस्नेत र राधाकृष्ण भट्टराईको सहयोगमा वैदेशिक रोजगार विभागका महानिर्देशक पूर्णचन्द्र भट्राईलाई यो 'असुरक्षित र अमर्यादित' प्रकरण सुनाउन आइतबार बिभागमा पुगेका थिए । यो जानकारीले पुष्टी पाउनासाथै यो प्रकरणमा जोडिएका प्रहरी जवान परशुराम बस्नेतलाई पक्राउ गरेर हनुमानढोकामा राखिएको छ भने मिलेमतोमा संलग्न अध्यागमनका नायब सुव्बा सोमनाथ खनाल सोमबारदेखि फरार छन् ।

विभाग हुँदै गृह मन्त्रालयमा यो मुद्दा सिफारिश भएपछि गृह सचिव नवीन घिमिरे, महानगरीय प्रहरी आयुक्त (अतिरिक्त महानिरिक्षक) नवराज ढकाल, गृह सहसचिव भोला शिवाकोटीसहितको बैठकले तत्कालै कारबाही प्रकृया सुरु गरेको छ । 'प्रहरी जवान बस्नेतले आफ्नो बयानमा युवतीबाट लिइएको पैसा 'माथिसम्मै' बाँडचुड गरिएको र सहमतिमैं ती युवतीसँग शारीरिक सम्पर्क राखिएको बयान दिएका छन्,'हनुमानढोकाका एक अनुसन्धान अधिकृतले खुलाए । अब प्रहरी जवान र अध्यागमनका नायब सुब्बालाई कुन तहको कारबाही हुने हो र, पीडित युवतीले राज्यका तहबाट कस्तो न्याय पाउनेछिन् भन्ने बिषय पनि अन्यौलमा छ । 'हामी सुरक्षित र व्यवस्थित आप्रवासनको बिषयलाई नियम-कानुनमैं सम्बोधन हुने गरी कार्यान्वयनको तहमा ल्याउन लागीपरेका छौं,'यो मामला अनुसन्धानमा जुटेका श्रम मन्त्रालयका एक अधिकारी भन्छन्-'तर राज्यकै तहबाट यस्तो मनपर्दी र असुरक्षित व्यवहार भइरहेको छ भनेर अनुसन्धानमा जुट्नुपर्दा पनि लाज लाग्नुपर्ने स्थिती छ ।' संयोगले आज डिसेम्बर १८ मा विश्व आप्रवासन दिवस समेत परेको छ ।

करोडौ खर्चमा यौन सम्बन्धि फिल्म बन्ने भो नेपालमा



नेपाली चलचित्र उद्योगमा पछिल्लो समयमा यौन विषयलाई केन्द्रविन्दुलाई आधार बनाएर चलचित्र निर्माण गर्ने होडबाजी चलिरहेको बेला फेरी अर्को चलचित्र बन्न थालेको छ। केही समयतयता यौन प्रसँगलाई जोडेर एक–दुई फिल्म चलेकै आधारमा भद्दा यौन दृष्यहरु नेपाली फिल्ममा छ्याप्प–छ्याप्ती हुन थालेका छन्। त्यही पेरिफेरीमा रहेर अर्को फिल्म ‘जिगोलो’ अहिले निर्माण भईरहेको छ।

एचआईभी एड्सको विषयलाई नजिकबाट नियालेर बनाउन लागेको फिल्म जीगोलोका निर्देशक यादव सिलवालले दावी गरेका छन्। तर फिल्मको नामले नै प्रष्ट हुन्छ, यसको विषयवस्तु यौन अथवा यौनकर्म हो। उनले यसलाई एक्सट्रा मूभी र अफट्रायकमा बनेको दावी गरदै नेपाली समाज र आम दर्शकलाई राम्रो सन्देश दिने समेत दावी गरेका छन्।

यसका साथै निर्देशक सिलवालले फिल्मले विवाद नम्तिाउने दाबी गरेका छन्। जिगोलोले नेपालीहरुलाई अति आवश्यक भएको विशेष म्यासेज दिने । फिल्म बनेको बताए। एचआईभीबाट बच्च अपनाउनु पर्ने तरिका लगायतको बारेको ज्ञान फिल्म दिने निर्माण पक्षको दाबी छ। जिगोलो सन्देश प्रधान फिल्म भएपनि पूर्ण मनोरञ्जनात्मक फिल्म भएको सिलवालको कथन छ।

यसअघि एटीएम खेलेर विवादमा मुछिएकी जिया केसीको पनि जिगोलोमा अभिनय रहेको छ। यसका साथै जियासहित फिल्ममा प्रभाकार श्रेष्ठ, राजु श्रेष्ठ, तिलक एन, मैना सिलवाल लगायतको अभिनय रहेको छ। राजु श्रेष्ठ र प्रभाकर श्रेष्ठको लगानीमा बनेको फिल्म जिगोलोमा संगीत अर्जुन पोखरेलको रहेको छ भने द्धन्द्धनिर्देशन शंकर महर्जनले गरेका छन्।

सिलवालले जिगोलो मंसिरको पहिलोसाता प्रदर्शनमा आउने बताए। फिल्म नेपाली र हिन्दी दुबै भाषामा बनेको भन्दै उनले नेपाल र पूरै भारतभरी एकैपटक फिल्म प्रर्दशन गर्ने बताए । काठमाडौंको अलावा दोलखा, मुडे, गोवा, मुम्बई लगायतमा फिल्मको छायंकन भईसकेको छ भने सिंगापुरको अन्तिम छायंकन बाँकी रहेको बताइएको छ।

निर्माणपक्षले फिल्मको लगात एक करोड बढी भएको दाबी गरेको छ भने फिल्मको लगानी उठ्नेमा पनि निर्माणपक्ष विश्वस्त छ । फिल्ममा रेड क्यामेरा प्रयोग गरेका कारण यसको दृष्य क्वालिटी उत्कृष्ट भएको पनि निर्माणपक्षको दाबी छ।

तर, निर्माणपक्षले दाबी गरेझैं फिल्म बनेको छ कि छैन त्यसको लागि त यसको प्रर्दशनसम्म कुर्नुपर्नेछ । यद्यपी पछिल्लो पटक नेपाली फिल्ममा भित्रिएको भद्दा ट्रेन्डबाट फिल्म चोखिएको होला र भन्ने विषयमा भने शंकै छ ।Share

साढे सात लाखमा बिक्यो सेक्सी ‘रक्षा’



राजु गिरीको निर्देशनमा तयार भएको चलचित्र ‘रक्षा’को भीसीडी अधिकार बुढासुब्बा म्युजिकले खरिद गरेकेा छ । चलचित्रका भीसीडी साढे सात लाखमा विक्री भएको निर्देशक गिरीले अनलाइनखबरलाई बताएका छन् । उनले भने, ‘सिनेमाको सीआरबीटी र भीसीडी अधिकार बुढासुब्बाले साढे सात लाखमा खरिद गरेको हो ।’बस्नेत मुभिजको व्यानरमा तयार भएको यो सिनेमालाई पबन बस्नेतले निर्माण गरेका हुन् ।

चलचित्रमा राजेश हमाल, पुजना स्त्रि, अशोक फुयाँल लगायतका कलाकारको अभिनय छ । राजनीति र सेक्सलाई मुख्य आधार बनाएर तयार पारिएको यो चलचित्र चैत्र महिनामा प्रदर्शनमा आउने बताइएको छ । नेपाली सिनेमाले हलबाट सामान्य रकम समेत उठाउन नसकिरहेको समयमा ‘रक्षा’को भीसीडी साढे सात लाखमा बिक्रि हुदा निर्मातालाई केही राहत भएको छ । Source : अनलाइनखबर

शौचालय गएको अवस्थामा युवती बलात्कृत


२ पुस, वीरगन्ज । पर्सा मिर्जापुर गाविसका एक युवती बलात्कृत भएकी छिन् । मिर्जापुर गाविस-२ झलमहियाका ३५ वर्षीय कैलाश यादव र विलास यादवले गएराति सोही गाविसकी एक १६ वर्षीय युवतीलाई बलात्कार गरेको बताइएको छ ।

शौच गर्न घरबाहिर गएको अवस्थामा एक्लै देखेर सामूहिक बलात्कार गरेको आरोप युवतीका आफन्तले लगाएका छन् । बलात्कृत युवतीको नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जमा उपचार भइरहेको छ ।

दुवै जनाविरुद्ध इलाका प्रहरी कार्यालय पोखरियामा किटानी जाहेरी परेको छ तर प्रहरीले अहिलेसम्म पक्राउ गर्न कुनै चासो नदेखाएको आरोप पीडित पक्षको छ ।

इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक खेमनारायण चौधरीले आरोपित युवक हाल फरार रहेको तर उनीहरुको खोजी कार्य तीव्ररुपमा भइरहेको बताउनुभयो । रासस


Computer Fast गराउने उपाय

मैले तपाइंलाई यो भन्न खोजेको होइन की तपाईंको Computer को RAM (Memory) 128, 512, MB अथवा 1 GB को छ तर पनि 3, 4 GB को जत्तिकै Fast बनाउनुस भनेर यदी त्यसो हुन थाल्यो भने महंगा महंगा रुपैयाँ तिरेर Good Quality को किन्नु के नै अर्थ रह्यो र हैन तर महंगा पैसा तिरेर राम्रो Intel Core I3, I5, I7 ले पनि घमण्ड नगर्नुहोला कि मेरो Computer त कहिले नि Slow चल्दैन भनेर एउटा कुरा सधैं ध्यान मा राख्नुस मानिसको मृत्यु हुनको लागी उसलाई बुढेसकाल कुरीराख्नु पर्दैन ।

यदी उसले आफ्नो बालकपन अथवा जवानीमा शरीरको ख्याल राखेन भने कालले बोलाउनुभन्दा पहिले नै दुनिया छोड्नुपर्छ हो त्यस्तै तपाईंले पनि आफ्नो Computer को पहिले देखि हेरचाह नगरे त्यसलाई बोकेर कहाँ छ सस्तो Computer बनाउने दोकान भनेर गल्ली-गल्ली छिर्नु पर्ने हुन्छ त्यसैले आउनुस म यदी हजुरको Computer पहिलाको भन्दा दैनिकी गती कम्ती हुँदै गएको छ भने त्यसलाई फेरी कसरी तिब्र गतीमा (Fast Speed) मा ल्याउने केहि तरीका हरु तल पढेर अपनाउनुहोस

१. तपाइंले Internet भ्रमण गर्दा सधैं एउटा कुरामा ध्यान गर्नुहोला हो तपाईं हामी यस्तै Internet मा खेल्दै-खेल्दै जाँदा कस्तो-कस्तो Site मा पुग्यौं त्यो आँफैलाई पनि थाहा हुँदैन र त्यस्तै कुनै एक Site मा आफ्नो Computer को बारेमा एक अती मिठो भाबनाले लेखेको पढ्नुभयो र त्यसको अन्त्यमा For Download file please click here…भनेर लेखेको देख्नुभयो र तपाइंले पनि बिचारी नगरी त्यसलाई हत्तपत्त माथी लेखेको आधारमा Download गर्नु भयो र छिटो-छिटो त्यसलाई Computer मा Install गरेर Run पनि गरीसक्नुभायो तर तपाइंले त्यस Software Download गर्नुभन्दा पहिला सोच्नुभेना की त्यो Software कहिले Internet मा Update गरेको थियो किनकी यस्ता कयौं Software हरु हुन्छन ।

सालौं पहिले नै Update गरेको र त्यसका New Version हरु नै उपलब्ध नभएको त्यस्ता Software अन्जानमा Download गर्दा Computer मा Virus ले आक्रमण गर्न सक्छ Antivirus छ भने त त्यसले Block गर्छ नभए के गर्ने त्यै पनि तपाइंलाई थाहा नै छैन होला आफ्नो Computer को Antivirus ले काम गरेको छ की छैन भनेर त्यसमा अझै Free को Antivirus हुनुपर्छ ठिक छ तपाइंले Software Download त गर्नुभयो र के तपाइंले त्यसलाई Computer मा Install गर्नुभन्दा पहिला राम्रो संग Antivirus ले Scan गर्नु भयो बिलकुल गर्नुभएन शाहेद हजुरलाई थाहा थिएँ या थाहा भएर पनि बिर्सेर Install गरिसकेपछी जिब्रो तोकेर तालुमा हात राख्नु भयो सधैं ध्यान दिनुहोला तपाइंले साथी अथवा जो कसैको Device Pendrive आफ्नो Computer मा Install गरीसकेपछी सिधै त्यसलाई नखोली पहिला Full Scan गर्नु जरुरी छ यो नसोच्नु की यो साथीको Pendrive अस्ती घुसाउँदा त केहि पनि भएको थिएन भनेर र कुनै पनि Software Download गरीसकेपछी Install गर्नुभन्दा पहिला त्यसलाई Scan गर्नुहोला ।

२. तपाईं हामीले आफुलाई नचाहिने File Programs हरु Delete त गरेका हुन्छौं तर त्यो File Windows बाट पुरा रुपले नाती त्यो Recycle Bin मा गएर बसेको हुन्छ त्यसलाई सधैं हर समय खाली राख्नु जरुरी छ
अनि के तपाइंलाई Disk CleanUp को बारेमा थाहा छ अथवा सुन्नु नै भएको छैन अथवा थाहा भएर पनि Disk CleanUp गर्न लाई अल्छी गर्नुहुन्छ तपाइंले समय समय मा Disk Clean Up गरीराख्नु अत्यन्त जरुरी छ त्यसो गर्नाले Internet Temporary Files Computer मा रहेका Temporary Files जस्ता अनेकौं अनाबश्यक File हरु हटाइदिन्छ यदी तपाइंलाई Disk CleanUp को बारेमा थाहा छैन भने त्यसको लागी Windows 7, अथवाWindows XP मा जानुहोस ।

३. के तपाइंलाई Windows Defender को बारेमा थाहा छ त्यो तपाईंको Control Panel मा नै बसेको हुन्छ त्यो पनि एक Antivirus नै नै हो जसले Internet बाट आउने Virus लगाएत अन्य Computer मा रहेका Virus लाई रोक्ने मद्दत गर्दछ त्यसलाई नियमीत Scan गरीराख्नुहोला Windows Defender खोल्दा खेरी सधैं यहाँ तलको चित्र जस्तो ठिक चिन्ह देखिनु पर्छ यदी तपाइंले Windows Defender लाई नियमीत Update अथवा Scan गरीराख्नु भएन भने त्यसको कारणले Computer मा नराम्रो नोक्सानी पुर्याउन सक्छ र Speed पनि कम्ती हुदै जान्छ यदी तपाईंको Windows Defender यहाँ तलको जस्तो चित्र देखियो भने Windows Defender Update And Scan गर्नुहोस र यहाँ माथीको चित्र जस्तै बनाउनुहोस ।

४. धेरै साथीहरु सजिलो को लागी Desktop मा Shortcut File बनाएर राख्छन त्यसको कारणले पनि Computer Speed कमी हुँदै जान्छ यदी हजुरले पनि त्यसो गर्नु भएको छ भने त्यो तरीका ठिक होइन र हामीले Computer खोल्नासाथ एउटा File अर्को Folder र अर्को Folder को झन अर्को Folder मा दैनिकी बदली रहह्न्छौँ यसो गर्नु ठिक होइन किनकी यसो गर्नाले Computer मा अनाबश्यक File हरु आँफै बनिदिन्छ जुन त्यस्ता File हरु तपाइंले सजिलो संग देख्न सक्नुहुन्न र Computer को Memoryघट्दै जान्छ अनि आफुलाई आबश्यक भन्दा बढी Sofwate Compter मा Install गरेर नराखौं यस्ता धेरै साथेहरु हुन्छन Software Install गरेर त्यत्तिकै राख्छन जहाँ त्यसको कामै छैन र त्यस्ता Software तुरुन्त हटाईहाल्नुहोस Control panel / Add or remove मा गएर अनि Desktop बाट पनि त्यसको File हटाउनुहोस त्यस्ता Fileहरु Desktop मा अरु पनि छ भने हटाउनुहोस र तपाईं हामीले कुनै पनि Music Video photo अथवा Software Documents चाहे जे सुकै पनि Download अथवा Save गर्दा Local Disk (C:) मा गएर बसेको हुन्छ त्यसले गर्दा Computer को RAM घट्दै जान्छ र Computer Slow हुन पुग्छ त्यसैले यस्ता File हरु Save अथवा Download गर्दा Local Disk (D:) अथवा अरु कुनै Drive मा Save गर्नुहोला ।

५. अब म हजुरलाई Disk Defragmenter को बारेमा चर्चा गर्छु यो Disk Defragmenter पनि हजुरले हरेक हप्ता मा एक वा एक भन्दा बढी जती सक्दो धेरै चोटी गरीरख्दा आफ्नो Computer ताजा स्वस्थ रहिरहन्छ र Speed पनि बढी रहन्छ अनिबार्य गर्नुहोला र आउनुस कसरी गर्ने त Disk Defragmenter सबैभन्दा पहिला “Start” Button मा Click गरेर “Disk Defragmenter” Type गरी त्यसलाई खोल्नुहोस अथवा “Win Logo+R” लाई एकैसाथ थिचेर त्यहाँ खुलेको Box मा यो “dfrg.msc” Type गरेर “Ok” गर्नुहोस र अब त्यहाँ खुलेको Box मा Computer मा रहेको Drive हरुको नाम देखिएको हुन्छ र हजुरले “Local Disk (D:) मा Click गरेर तल “Defragment disk” मा Click गर्नुहोस त्यसपछी Automatic त्यहाँ काम शुरु हुन थाल्छ र जब त्यहाँ काम शिध्दिएपछी त्यहाँ तपाइंलाई Computer Restart गर्ने की नगर्ने भनेर सोध्छ तपाइंले Computer Restart गर्नुहोस र यदी अर्को Drive पनि Disk Defragmenter गर्न चाहनुहुन्छ भने यहाँ माथी भने झैं गर्नुहोला ।

रक्सी नखाउ भन्दा श्रीमती र डेढबर्षे छोरामाथि उम्लेको पानी खन्याए


यहाँको मार्तडीको बाउली गाउँकी एक महिलालाइ पतिले रक्सी खान नदिएको झोँकमा तातोपानी खन्याइदिएर गम्भीर घाइते बताएका छन् । ‘रक्सी नखानुस्’ भन्दा उम्लेको पानी पत्नीको टाउकोबाट खन्याएका थिए । श्रीमान् छिरिङले २५ बर्षीया पार्वति कुँवरको काखको डेढ बर्षीय छोरा आयुष समेत गम्भीर घाइते छन|
रक्सी नखान भन्दै सम्झाउँदा लछारपछार गर्दै कुटपिट गरी अगेना छेउ लगेर भल्केको पानी खन्याएका थिए । काखका छोरा समेत पानीले पोलिएर घाइते भएका हुन् । आमा छोरा अस्पताल भर्ना छन् ।

पैसा हुनेकी छोरी 'लिटिल लेडी'


भक्तपुर, पुस ३ - स्कुले विद्यार्थीलाई लिटिल लेडी बनाउने भन्दै फेसन लाइन नामक संस्थाले सर्वसाधारण ठगी गरिरहेको छ । प्रतिस्पर्धा गर्न कम्तीमा १५ हजार रुपैयाँको टिकट किन्नुपर्ने नियम बनाएर ठगी गरेको हो । एउटा टिकटको १० रुपैयाँ तोकिएको छ र एक रुपैयाँ बराबर एक भोट हुने नियम बनाएको छ ।

टिकट बिक्री गरेका आधारमा भोट गणना हुने प्रतिस्पर्धी विद्यार्थीलाई बताएपछि अभिभावकले धेरै रकम खर्चेर टिकट किन्नुपर्ने बाध्यता सिर्जना गरेको छ । छैटौं 'सिजन' दिएको लिटिल लेडीमा २६ जना सहभागी छन् । टिकटका आधारमा भोटिङ गन्ने भएपछि एक प्रतिस्पर्धीका अभिभावकले कम्तीमा पनि १५ हजारको टिकट खरिद गरेको एक अभिभावकले जानकारी दिए । पीडित अभिभावकले भने, 'यस्तो गर्ने हो भने जोसँग धेरै पैसा छ उसको छोरी लिटिल लेडी हुने पक्का भयो ।'

प्रतियोगिताबाट बालिकाको व्यक्तित्व विकास, बोल्न सक्ने क्षमता बढाउने भनिए पनि आयोजकले २६ जनासँग कम्तीमा पनि ३ लाख ९० हजार बराबरको टिकट भिडाएका छन् । सरकारी कार्यालयका कर्मचारी रहेका अभिभावकले यस्ता टिकट सेवाग्राहीलाई समेत किनाउने गरेका छन् । पहुँच हुनेले टिकट बिक्री गरे पनि पैसा नहुनेले आफंै तिर्ने गरेका छन् ।

जसले धेरै टिकट बिक्री गर्न सक्छ उसको धेरै मत कायम हुने आयोजकले जानकारी गराएपछि आर्थिक भार परेको एक अभिभावकले जानकारी दिए । 'प्रतिस्पर्धीको क्षमता अभिवृद्धिभन्दा पनि कसरी कमाउन सकिन्छ ? भन्ने उद्देश्यले कार्यक्रम गरेको पाइयो,' एक अभिभावकले भने, 'पैसामा बार्गेनिङ हुने थाहा पाएको भए छोरीलाई पठाउने थिइनँ ।'

टिकटका आधारमा भोटिङ हुने भएपछि पैसा हुनेले धेरै टिकट खरिद गर्ने गरेका छन् । ४५/६५/०६८/०६९ दर्ता नम्बर रहेको टिकटमा ३०५४९७३८७ प्यान नम्बर उल्लेख छ । लिटिल लेडीका संयोजक प्रल्हाद केसीले कार्यक्रमको खर्च उठाउन यस्तो व्यवस्था गरेको बताए । 'ठूलै कार्यक्रम भएको भए, एसएमएस भोटिङ गथ्र्यौं । सानो हलमा हुने भएकाले नगदमा गरेका हौं,' उनले भने । धेरै मत ल्याउनेलाई 'मत पपुलर अवार्ड' को समेत व्यवस्था गरेको उनले दाबी गरे । विजेतालाई ल्यापटप, आइप्याडको व्यवस्था गरेको उनले बताए ।

उक्त संस्थाले प्रतिस्पर्धीसँग सुरुमा नाम दर्ता गराउँदा पाँच हजार रुपैयाँ लिने गरेको छ । २६ जनाको १ लाख ३० हजार रुपैयाँ संकलन गरिसकेको छ । 'यो पैसाले तालिम, खाजा र पोसाकको व्यवस्था

गर्न सकिन्छ,' केसीले भने, 'छनोट सकिँदासम्म तीन लाख रुपैयाँ खर्च हुन्छ । स्पोन्सर पाइँदैन । त्यसैले प्रतिस्पर्धीलाई भोटका लागि टिकट बिक्री गर्ने गरेको हो ।' काठमाडौं, भक्तपुर र ललितपुरका स्कुलमा अध्ययनरत ९ देखि १२ वर्ष उमेर समूहका विद्यार्थीलाई यस्ता प्रतिस्पर्धामा सहभागी गराउने गरिएको छ । मंसिर २ गतेदेखि तालिम सुरु गरिएको हो । पुस ८ गते अन्तिम प्रतिस्पर्धाको कार्यक्रम तय गरिएको छ ।

भक्तपुरका प्रमुख जिल्ला अधिकारी एकमणि नेपालले यसबारे आफूलाई जानकारी नभएको बताए । 'अहिलेसम्म कसैले गुनासो गर्न आएका छैनन् । यदि कसैले टिकट बिक्री गरेर ठगी गरेको पाइए कारबाही हुन्छ,' उनले भने ।

सहमति कायम भइसकेको छैन


17.12.12 NST

प्रधानमन्त्रीको साझा उम्मेवादर सिफारिस गर्न राष्ट्रपतिले दिएको चौथो म्याद सोमबार सकिए पनि आफुहरुबीचका पछिल्ला वार्ताहरुबाट समेत सहमतिको स्पष्ट आधार तयार भइनसकेको नेताहरुले बताएका छन्।

सहमतिको सम्भावना बढेको भन्दै आईतबार सम्म आशावादी देखिएका काँग्रेस नेताहरुले सत्ताधारी दलहरुकै कारण हुनै लागेको सहमति फेरि पर धकेलिएको प्रतिक्रिया दिएका छन्।

अर्को दल एकीकृत माओवादीले चाहिं पर्याप्त गृहकार्यको अभावमा सोमबार सहमति हुन नसकेको भन्दै आशा गर्ने ठाउँ अझै बाँकी रहेको बताएको छ।

संकेत

पछिल्ला वार्ताहरुको केन्द्रमा रहेका ठानिएका एकीकृत माओवादी अध्यक्ष प्रचण्डले आईतबार राष्ट्रपतिलाई भेटेपछि देश सहमतितिर गएको बताउँदै सोमवार बेलुकासम्ममा त्यसको नतीजा आउन सक्ने संकेत गरेका थिए।

तर सकरात्मक नतिजातर्फ उनले गरेको त्यो संकेतले सोमबार बेलुका सम्म कुनै आकार लिन सकेन।

सहमति कायम गर्ने प्रयासमा सोमबार बिहान अध्यक्ष प्रचण्ड, पूर्व प्रधानमन्त्री एवं एमाले नेता माधबकुमार नेपाल र काँग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलाबीच प्रचण्ड निवासमा छलफल भएको थियो।

त्यसपछि साँझ बसेको नेपाली काँग्रेसका शीर्ष नेताहरुको बैठकले सहमतीय प्रधानमन्त्री छनौटको कुनै आकार तयार भई नसकेको निष्कर्ष निकालेको थियो।

काँग्रेस उपसभापति रामचन्द्र पौडेलले भने, “सहमतिको नजिक, नजिक पुगेको भन्ने कुरा अहिले सम्म निश्चित छैन, सहमतिले कुनै ठोस आकार प्रकार लिईसकेको छैन।”

गृहकार्य

अघिल्ला वार्ताहरुमा सक्रीय एकीकृत माओवादीका नेता पोष्टबहादुर बोगटीले गृहकार्यको अभावमा सोमबार हुने भनिएको सहमति हुन नसकेको बताए।

बोगटीले भने, “आईतबार सम्म दलहरुबीच छलफल भएका कुरामा थप गृहकार्य गर्न र पार्टीहरुबीच आन्तरिक छलफल गर्न पनि समय अपर्याप्त भएकाले सोमबारै सहमति हुन नसकेको हो। तर छिट्टै सहमतिको सम्भावनातिर जान्छ।”

नेपाली काँग्रेसले यस अघि संविधानमा सहमति जुटेका विषयमा अहिल्यै कुनै निर्णय गर्न नसकिने अडान लिएको छ भने माओवादीले चाहिं त्यो सहमतिको एउटा प्रमुख एजेण्डा रहेको बताएको छ।

आउँदो चुनावको मिति तोक्ने, संवैधानिक र कानुनी अड्चन फुकाउने, केही समयका लागि भए पनि भट्टराई नेतृत्वको सरकारमा काँग्रेस, एमाले सहभागी हुने/नहुने, संवैधानिक निकायमा रिक्त पदपूर्ति र सत्य निरुपण तथा बेपत्ता छानबीन आयोग गठन गर्ने लगायतका विषयमा प्याकेजमै सहमतिको कोसिस भईरहेको नेताहरुले बताएका छन्।

Monday, 17 December 2012

पोर्नस्टार सनी लियोनले ३१ डिसेम्बरको रात दिल्लीमा हुने एक कार्यक्रमको लागि १ करोड भारु माग


केही दिनमै सन् २०१२ विश्व माझबाट बिदा हुंदै गर्दा र सन् २०१३ भित्रिने तरखर गर्दैछ । अंग्रेजी नयाँवर्षको आगमन हुँदै गर्दा तामझामका साथ मनाउने गरिन्छ । जहाँ फिल्मका कलाकार, गायक–गायिका लगायतका सेलिब्रेटीहरुको सहभागिता रहने गर्छ । नेपालमा पनि पछिल्लो समय अंग्रेजी नयाँवर्षको आगमनलाई विशेष तरिकाले मनाउन थालिएको छ ।
त्यसैगरी यसवर्षपनि अंग्रेजी नयाँवर्षका लागि धमाधम बलिउड सेलिब्रेटीहरु ‘बुक’ हुन थालेको जनाइएको छ । फिल्म जिस्म-२ बाट बलिउडमा उदाएकी नायिका तथा पोर्नस्टार सनी लियोनले ३१ डिसेम्बरको रात दिल्लीमा हुने एक कार्यक्रमको लागि १ करोड भारु माग गरेको जनाएको छ ।
उक्त कार्यक्रममा नृत्य गर्नका लागि सनीले एक करोडको माग गरेकी जनाइएको हो । त्यस्तै नायिका समिरा रेड्डीले उत्तरप्रदेशको लखनउमा हुने एक कार्यक्रमको लागि ५० लाख भारु माग गरेकी बताइएको छ । समिराले मात्रै १० मिनेटको लागि उक्त भारी रकमको माग गरेकी हुन् । त्यस्तै मुम्बईमा ३१ डिसेम्बरमै हुने एक कार्यक्रमको लागि अभिनेत्री प्राची देशाईले पनि ५० लाख भारु लिन लागेकी जनाइको छ ।

खुल्ला भयो विश्वकै उचाइँको झोलुंगे पुल (फोटोफिचर सहित)


साहसिक पैदल यात्रीहरुको लागि विश्वकै सबैभन्दा उचाइमा रहेको झोलुंगे पुल खुल्ला भएको छ । स्विजरल्याण्डको अल्पस हिमाल क्षेत्रमा समुद्र सतहभन्दा ९ हजार फिट उचाइमा बनेको झोलुंगे पुल पाँच महिना लगाएर निर्माण गरिएको हो । यो पुल बनाउन १४ करोड १८ लाख रुपैयाँ भन्दा बढि खर्च भएको थियो ।

टाइटलिस क्लिफ वाक नाम दिइएको उक्त झोलुंगे पुल हिमनदी माथि बनाइएको छ । यो पुलको लम्बाई ३३० फिट लामो र ३ फिट चौडा छ ।





सोनिया केसी

काठमाण्डौं । १८ जेष्ठ । नायीका सोनिया केसी आफू सेक्सको मौका पर्खेको बताएकी छिन् । अहिलेसम्म सेक्सको आनन्द लिन नसकेकोमा अब चाडै प्रवन्ध मिलाएर भरपूर आनन्द लिने तयारीमा जुटेको स्रोतले जनाएको छ । उनेले भनिन् –“ब्वाईफ्रेण्ड बनाएको छु यदी उसले प्रस्ताव राख्यो भने नाई भन्दीन ।”
कक्षा १० पढ्दा ब्लु (निलो) चलचित्र हेरी पनि खासै असर नपुगेको तर प्ुल टु पढ्दा खेरी भने भित्रैबाट भिजेर आएको बताउन समेत उनी पछि परिनन् । केटीहरु झ्यापमा भएको बेला सेक्सका कुरा अझै बढी हुने उनी बताउँछीन् ।

खेर गएको विदेशको कमाइ


काठमाडौ, पुस २ - नेपालीहरूले विदेशमा दुःख गरेर कमाएको रकमको उल्लेख्य हिस्सा 'न गाईको कल्चौडो न बाछाको पेट' भएर खेर गइरहेको छ । 'कागजपत्र मिलाउने' नाममा खेर गइरहेको यो रकम सामान्य अनुमानभन्दा धेरै ठूलो छ । सामान्यतः यसरी खर्च भएको रकम नेपालबाहिरै रहन्छ र नेपाल भित्रिएको पनि फर्किएर विदेशतिरै जाने गरेको छ ।

अर्धदक्ष र दक्ष कामदारको रूपमा प्रवेशाज्ञा (भिसा) को नियम सापेक्षतः कडा भएका विकसित मुलुकमा कार्यरत नेपालीहरूले यो पीडा बढी खेप्नुपरेको छ । तुलनात्मक रूपमा बढी कमाइ हुने बेलायत लगायतका युरोपेली देशहरू, अमेरिका, क्यानाडा, जापान र अलि सानो संख्यामा अष्ट्रेलिया तथा न्युजिल्यान्डमा रहेका धेरै नेपालीको आम्दानी यसरी नै बर्बाद भएको छ ।

आफूले काम गरेको निश्चित अवधिपछि उनीहरूले स्थायी अथवा लामो समय बसोबास गर्न पाउने निस्सा पाउँछन् । यो निस्सा बनाउने क्रममै पनि उनीहरू धेरैजसो ठगिन्छन् । तर यहाँ विशेष उठान गर्न खोजिएको चाहिं उनीहरूले आफ्नो परिवारलाई ती देशको भिसा दिलाउने प्रक्रियामा आवश्यकभन्दा कैयौं गुणा बढी रकम पटक-पटक खर्च गर्नुपरेको विषय हो । आफ्नो परिवारलाई सँगै राख्न पाउने कानुनी हैसियत स्थापित भएपछि पनि यसरी रकम खर्चेरसमेत भिसा दिलाउन नसक्नु अर्को तर मुख्य दुःखदायी पक्ष हो । यस्तो पारिवारिक भिसा आवेदन गर्दा लाग्ने दस्तुर नै पनि महँगो छ । एकपटक आवेदन अस्वीकृत हुनु भनेको नै पनि लाखौं रुपैयाँ नोक्सान पर्नु हो ।

गत दुई महिनाको अवधिमा बेलायतको लन्डन र बर्मिङघम सहरमा मात्र यो पंक्तिकारसँग चार दर्जनभन्दा बढी यस्ता नेपालीहरू भेट भए, जसले सामान्यतः सात-आठ लाख र केहीले चौध-पन्ध्र लाख नेपाली रुपैयाँ बराबरको रकम खर्च गरेर पनि परिवारलाई बेलायत बोलाउन नसकेर निराश भएका थिए । केही महिनाअघि स्पेनमा रहेका धेरै नेपालीहरूले ठूलो रकम खर्चंदा पनि स्पेनी भाषामा त्यहाँको सरकारलाई स्वीकार्य कागजात बनाउन नसकिएको दुःख पोखेका थिए । यसरी हेर्दा वषर्ेेनि पाँच अर्ब रुपैयाँको हाराहारीमा नेपालीको कमाइ पानीमा बगेसरह हुने गरेको अनुमान लगाउन सकिन्छ ।

यस्तो असफलता र यति धेरै रकम खेर जानु पछाडिको मुख्य कारण यी नेपालीहरूलाई भिसा लिनका लागि आवश्यक प्रक्रिया एवं कागजात र ती कागजपत्रको गुणस्तर बारे मार्गनिर्देशन गर्ने व्यक्ति र संस्थाको सर्वथा अभाव हुनु हो । एउटा सीप सिकेर हासिल गरेको योग्यताका आधारमा बल्ल-बल्ल त्यहाँ पुगेकाहरूमा पहिलो असजिलो भाषाको छ । दैनिक कामचलाउका लागि पर्याप्त भए पनि आधिकारिक सूचनाहरू बुभmने र त्यसै अनुरुप काम गर्ने क्षमता उनीहरूसँंग सामान्यतः नभएको देखिएको छ । सम्बन्धित मुलुकका दूतावास, विदेश वा गृह मन्त्रालयका वेबसाइटहरूका सातपत्रे केलाएर छान्नुपर्ने सूचनाको थुप्रोबाट आफूलाई चाहिने जानकारी छानेर निकाल्नु राम्रै पढेलेखेकाहरूका लागि पनि एउटा मुस्किल काम हो । यस्तो असजिलोलाई लुकाएर लोकलाजका कारण समस्या नदेखाउने प्रवृत्ति पनि उत्तिकै छ ।

दोहोर्याएर भनांै, ती नेपालीहरूले आफ्ना समस्या राख्न र तिनको समाधानका लागि सरसल्लाह लिन चाहे भने पनि त्यस्तो सेवा र परामर्श दिने कुनै व्यक्ति वा संस्था उपलब्ध नहुँदासम्म यो समस्याले निकास पाउँदैन । विदेशमा बस्ने नेपालीहरूका धेरै रंगका संस्था नखुलेका होइनन् । तर ती संस्था यात राजनीतिक पार्टीका भ्रातृ संगठनहरू छन् या जातीय आधारमा राजनीति गर्न बनाइएका मञ्च छन् । यस्ता दुःख पाएका नेपालीहरूलाई सघाउने 'तुच्छ कुरा' कसैको प्राथमिकतामा परेको छैन ।

नेपालको कूटनीतिक संयन्त्रको प्रभावकारिताको त यहाँ चर्चा गर्नु नै बेकार छ । बेलायत, क्यानाडा, अष्ट्रेलियाजस्ता मुलुकले नेपालबाट भिसा दिन बन्द गरेको वर्षौर्ं भयो । ती मुलुकहरूले हरेक वर्ष हजारौं नेपालीलाई भिसा जारी गर्नुपर्छ । नेपालबाट शिक्षा र भ्रमण खर्चको रूपमा करोडौं रुपैयाँ बराबरको रकम उनीहरू आपmनो मुलुक लैजान्छन् । त्यति हुँदा पनि काठमाडौंबाटै भिसा दिने व्यवस्था गराउनसमेत हाम्रो कूटनीतिक संयन्त्र पूर्णतः असक्षम सावित भएको छ । कम्तीमा नेपालको परिस्थिति बुझेको भिसा कर्मचारीलाई आफ्नै भाषामा अन्तर्वार्ता दिन पाउने व्यवस्था हुने हो भने पनि परिस्थिति अलि सुधि्रन सक्थ्यो ।

विकसित देशहरूमा नेपालको राजदूत बन्नका लागि नेताहरूको दैलो ढुकेर वा कसैको फरिया वा दौराको फेर समातेर बल्ल-बल्ल पद पाएकाहरूले प्रदर्शन गर्ने लाचारीपन र पाएको पद जोगाउन उनीहरूले गर्ने नाटक त झन् हेरिनसक्नु छ । यी आपmनै अनुहारविहीन भइसकेका पात्रहरूले नेपालीहरूको हितमा काम गरेनन् भनेर गुनासो गरिरहनुको पनि कुनै अर्थ अब बाँकी छैन ।

केही नेपालीहरूले यस्ता कागजात मिलाउन सम्बन्धित देशकै महँगा वकिल राख्ने गरेको पनि देखियो । तर यो पनि झन् बढी पैसा खर्च गर्ने बाटोमात्र बन्ने गरेको रहेछ । किनभने त्यहाँको भाषामा बन्ने कागजातको समस्या केही हदसम्म वकिलले सल्ट्याए पनि नेपालबाट तयार हुने कागजपत्रको गुणस्तरको समस्या यथावत छ । उदाहरणका लागि, धेरै व्यक्तिका परिवारलाई भिसा दिन अस्वीकार गर्नुको एउटा साझा प्रमुख कारणमा 'नाता प्रमाणीकरणका कागजपत्र विश्वसनीय नभएको' भनेर सम्बन्धित दूतावासले लेखिदिने गरेको रहेछ । यो परिस्थिति सहजै अनुमान गर्न सकिन्छ । नाता प्रमाणित गर्ने अख्तियारी पाएको गाविस सचिवले अंग्रेजीमा लेखिदिने प्रमाणपत्रको हिज्जे, व्याकरण र भाषाको समग्र गुणस्तर कस्तो होला ? अनि यसलाई कानुनी दस्तावेजका रूपमा कसैले मान्यता नदिएको दोष हामीले अर्को पक्षलाई मात्र दिएर होला र ? यस बाहेक, अरबी, फ्रान्सेली, जर्मन, स्पेनीजस्ता भाषामा प्रस्तुत गर्नुपर्ने दस्तावेजहरूको त आधिकारिक अनुवाद र प्रमाणीकरण गराउने निकायसमेत नेपालमा छैन । राज्यले दिनुपर्ने यस्ता न्यूनतम सेवा पनि नागरिकलाई उपलब्ध नगराएका कारण उनीहरू आफ्नो राज्यसम्मत पहिचान पाउने हकबाट बञ्चित भएको एउटा छुट्टै आयाम छँदैछ । यही कारणले मुलुक भित्रिने धेरै ठूलो रकम निरन्तर खेर गइरहकोे छ, नागरिकहरूले सास्ती पाइरहेका छन् ।

अवस्था कस्तोसम्म छ भने भिसा दिन अस्वीकार हुनुका कारण उल्लेख भएको पत्र राम्ररी पढ्नुपर्छ र फेरि आवेदन गर्दा त्यसलाई सम्बोधन गर्नुपर्छ भन्नेसम्मको सचेतना पनि प्रवाह हुनसकेको छैन । अनावश्यक, जथाभावी कागजात बटुल्ने, कुनै भिसा पाएको व्यक्तिका कागजपत्रहरू असावधानीपूर्वक नक्कल गर्ने, तिनै कागजात प्रस्तुत गरेर समस्यालाई बल्झाउने र लहैलहैमा लागेर दलाल र ठगहरूलाई पैसा खुवाउने प्रवृत्ति नेपालीहरूमा पनि आम छ ।

यो समस्याकोे समाधानका दुईवटा मात्र आपसमा परिपूरक समाधान छन् । एक, केही निश्चित संख्या, मानौ पाँच हजारभन्दा बढी नेपाली बसोबास गर्ने प्रत्येक विदेशी सहरहरूमा सेवाकेन्द्र खोलेर परामर्श सेवा दिन सुरु गर्नु । दुई, नेपालबाट बन्ने कागजपत्रको गुणस्तर र एकरुपता कायम गर्न एउटा बहुभाषी, प्रभावकारी र विश्वसनीय प्रमाणीकरण निकाय तत्काल स्थापना गर्नु । राज्यले दिएको पहिचान र प्रमाणले उनीहरूको समस्या समाधान भयो भने राज्यको विश्वसनीयता बढ्छ । परिणामतः राज्यमा भित्रिने लगानी पनि बढ्छ ।

वास्वतमा यो काम गैरआवासीय नेपाली संघजस्ता संस्थाहरूले गर्नुपर्ने हो । संघको विदेशमा रहेका नेपालीहरूको लगानी नेपाल भित्र्याउने उद्देश्यसँग पनि यो मेल खान्छ । यदि नेपालीहरूले कमाएको रकम यसरी खेर गएन भने कुनै न कुनै रूपमा त्यस्तो रकमको केही अंश नै भए पनि त्यो स्वतः नेपाल भित्रिन्छ । त्यसका लागि भाषणको डङ्का पिटिरहनु पर्दैन । संघले नमुनाकै रूपमा भए पनि यस्ता सेवा सुरु गर्न सक्नुपर्छ । यसले उसको साख र औचित्य दुवै स्थापित हुन्छ । यो सेवा निःशुल्क हुनुपर्छ वा कुनै स्थायी कार्यालय नै खोलेर गरिनुपर्छ भन्ने पनि छैन । अहिले यस्तो सेवा उपलब्ध नहुँदा नेपालीहरूलाई ठूलो मार परेको छ । त्यसैले विश्वसनीय सेवा उपलब्ध हुँदा सामान्य शुल्क तिर्न विदेशमा बसेका नेपालीहरू तयार हुन्छन् भन्ने सहजै देखिन्छ । यस्तो सेवाको वैकल्पिक माध्यम नेपालका रेमिट्यान्स सेवा दिने कम्पनीहरू हुनसक्छन् । यो उनीहरूका लागि सेवा, ब्रान्डिङ र मार्केटिङको संयुक्त औजार हुनसक्छ । त्यसको लाभ राज्य, कम्पनी र सेवाग्राही सबैले पाउँछन् ।

प्रधानमन्त्रीले 'राजीनामा दिन्न' भनेपछि सहमति तुहियो


काठमाडौ, पुस २ - प्रधानमन्त्री बाबुराम भट्टराईले 'तत्काल राजीनामा नदिने' अडान दोहोर्याएपछि सोमबार हुने भनिएको सहमति तुहिएको छ ।

प्रधानमन्त्री संविधान संशोधन गरी पुनः हुने संविधानसभा चुनावको मिति घोषणापछिमात्र राजीनामा दिने अडान लिएपछि सहमति अन्तिम समयमा भाँडिएको हो । प्रधानमन्त्रीले अडान नछाडेपछि विपक्षी दलले मनाउने जिम्मा एमाले बरिष्ठ नेता माधवकुमार नेपाललाई दिएका छन् ।

प्रधानमन्त्रीका एक सहयोगी विश्वदीप पाण्डेले भने वर्तमान सरकारलाई केही समयसम्म निरन्तरता दिने 'एमाओवादीकै प्रस्ताव' भएको दाबी गरेका छन् ।

'शान्ति प्रक्रियाकाको टुंगो लगाउने, आयोगहरु गठन गर्ने, निर्वाचन सम्बन्धि संविधान संशोधनमा सहमति, वैशाखमा चुनाव गर्ने गरी मितिसहितको सहमति पश्चात केही समयका लागि यही सरकारलाई राष्ट्रिय सरकार बनाउने, त्यसपछि सरकार कांग्रेसलाई दिने' प्रधानमन्त्रीको अडान रहेको प्रष्ट्याएका छन् ।

पाण्डेले उक्त विषयमा सहमति नभए मधेसी मोर्चा वा साना दलको नेतृत्वमा सहमतिको सरकार बनाउने एमाओवादी र प्रधानमन्त्रीको प्रस्ताव रहेको उल्लेख गरेका छन् ।

प्रधानमन्त्री भट्टराईको सम्मानजनक बहिर्गमन हुनेगरी एमाओवादी सहमति नजिक पुगेको बताइरहँदा प्रधानमन्त्रीको अडानले प्याकेजको सहमति पछि धकेलिएको छ । भट्टराई सरकारमा नजाने विपक्षी कांग्रेस-एमालेको अडान र प्रधानमन्त्रीको पछिल्लो धारणाले राष्ट्रपतिले दिएको चौथोपटकको म्याद व्यर्थ भएको छ ।

एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले सोमबार साँझसम्म दलहरुबीच सहमति हुने आश्वासन दिएका कारण शीतल निवासले पछिल्लो तयारी गरेको छैन । यद्यपी राष्ट्रपतिसँग पुनः म्याद थप्नुको विकल्प छैन ।

सोमबार साँझसम्म सहमति जुटाउन एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, एमाले बरिष्ठ नेता माधवकुमार नेपाल र कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलाले निक्कै गृहकार्य गरेका थिए ।

तीनै छोरा अशक्त


डोटी, पुस २ - आफूले जन्माएका सन्तानको दीर्घायु कामना हरेक आमाले गर्छिन् । तिनै आमाबाट जीवित सन्तानका लागि मृत्यु पुकार्नु भने कल्पनै गर्न नसकिने कुरा हो । डोटीमा भने एउटी आमा आफ्ना सन्तानको मृत्यु कामना गर्दै हिँडिरहेकी छन् । कोही नयाँ मान्छे भेट्नासाथ उनी बर्बरर आँसु झारेर सन्तानको पिरलो सुनाउँछिन् ।

बाझककानी गाविस-८ स्थित खिना तिरुवा आफ्ना अशक्त ३ छोराले भोग्दै आएको पीडा सहन नसकी यस्तो बिलौना गरेकी हुन् । खिनाका छोराहरू १८ वर्षीय गोपी, १६ वर्षीय दली र १२ वर्षीय करी पूर्ण अशक्त छन् । घरमा एक्ली रहेकी खिना तिरुवालाई अशक्त सन्तान पाल्न धौ-धौ परेको छ । साँझबिहान छाक टार्न समस्या हुने उनको परिवारको अवस्था अत्यन्तै दयनीय छ । खिना आफू पनि शारीरिक रूपले अशक्त रहेकाले छोराहरूको स्याहार सुसारमा समस्या हुने गरेको बताउँछिन् । 'अशक्त छोरालाई बाहिर भित्र गराउन पनि उचाल्नु बसाल्नुपर्छ,' खिनाले भनिन्, 'छोराहरूको दुःख देख्न सक्दिन, यस्तो दुःख भोग्नुभन्दा मरिदिएको भए हुने थियो ।' छोराहरूलाई दिसापिसाब गराउनेदेखि खाना खान पनि अर्कैले सघाउनुपर्छ ।

उनीहरूमा गोडा नचल्ने, शरीरको माथिल्लो भाग पनि नचल्ने, स्पष्ट बोल्न नसक्ने तथा मानसिक अवस्था कमजोर छ । उनीहरूको यस्तो अवस्था दस वर्ष कटेपछि सुरु भएको खिनाले बताइन् । 'सानो छँदा स्कुल जाने, हाँस्ने खेल्ने गर्थे, १० वर्ष पुगेपछि सबै छोराका गोडा नचल्ने तथा मानसिक रूपले कमजोर भए,' उनले बताइन् । जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट फणीन्द्र बरालले उनीहरूमा पोलियोका कारण शारीरिक अशक्तता भएको हुन सक्ने बताए ।

यसको पुष्टि परीक्षणपछि मात्र हुन सक्ने भन्दै डा. बरालले लक्षण पोलियो रोगकै भएको बताए । आमा खिनाले छोराहरूको औषधोपचार गर्नभन्दा पनि खानाको जोहो गर्न नै आफ्ना लागि ठूलो समस्या भएको बताइन् । उनीहरूको अवस्था देखेर छिमेकीसमेत दुःख व्यक्त गर्छन् । 'हामीले सक्दो सहयोग त गरिरहेका छौं,' छमेकी दुर्गा तिरुवाले भनिन्, उचालेर बसालेर बाहिर-भित्र गर्नु परेकाले सधैं हामीले सहयोग गर्न सक्दैनांै, आफ्नै पनि पारिवारिक काम हुन्छन् ।' उनीहरूलाई महिला तथा बालबालिका विकास कार्यालयले दुई महिनाअघि पूर्ण अशक्त परिचयपत्र दिएको हो ।

डाटा सुरक्षित राख्ने सामग्रीको बजार बढ्दो



काठमाडौ, पुस २ - राजधानीको एक उच्चमाविमा अध्ययन गर्ने रिकेश प्रजापतिसँग ४ जीबी क्षमताको पेनड्राइभ छ । त्यसमा उनले कलेजका केही एसाइन्मेन्ट, केही गीत, एउटा हिन्दी फिल्म, केही साताअघि पिकनिक जाँदाका तथा गर्लफ्रेन्डका केही तस्बिर र केही अरूलाई बताउनै नमिल्ने सामग्री राखेका छन् । घरको कम्प्युरटरमा हुँदा अरूले हेरिदिने भएकाले उनी ती सामग्रीले भरिएको पेनड्राइभ हमेसा आफूसँगै राख्छन् । कम्प्युटरसामु बसेका बेला त्यसलाई प्रयोग गर्छन् ।

उनले त्यो पेनड्राइभ ५ सय रुपैयाँमा किनेका हुन् । 'पेनड्राइभले डाटा बोकेर हिँड्न र अरूबाट सुरक्षित राख्न निकै सजिलो भएको छ,' उनले सुनाए । उनी पछिल्लो पुस्ताका स्टोरेज डिभाइस प्रयोग गर्ने प्रतिनिधि पात्र हुन् । उनलाई यसअघि डाटा स्टोर गर्न 'फ्लपी डिस्क' प्रयोग गरिन्थ्यो भन्ने जानकारी छैन । चुम्बकीय टेप प्रयोग गरिएका वर्गाकार फ्लपी सन् १९६० देखि निरन्तर प्रयोगमा थिए । प्रविधिमा आएको द्रुत विकासले सन् १९९९ देखि ती उत्पादनमा छैनन् । अधिकतम २ सय एमबी क्षमताका साढे ३ इन्चका यी डिस्क अहिले कसैले इतिहास बचाउन मात्रै राखेका होलान् । प्रविधिको विकासले त्यस्ता हजारौं एमबी (१०२४ एमबीको १ जीबी) एउटै पेनड्राइभमा अटाउँछ । पेनको आकारमा हुने ती ड्राइभ बजारमा १ सय ३० जीबीसम्मका पाइने कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) का सदस्य पवन शर्मा बताउँछन् ।

प्रविधिको विकाससँगै कम्प्युटरमा डिजिटल सामग्रीको प्रकार पनि बढ्दै गएको छ । यसले गर्दा स्टोरेज डिभाइस बढी क्षमताको माग हुन थालेको व्यवसायी बताउँछन् । डाटा, तस्बिर, फिल्म, भिडियो, नक्सा, गेमलगायत अनगिन्ती सामग्रीको डिजिटल फम्र्याट सेभ गरेर राख्न स्टोरेज डिभाइसको प्रयोग गरिन्छ । व्यक्तिले बोक्ने सामान्य डाटादेखि बैंक, टेलिकम कम्पनीलगायतका अधिक डाटासमेत तिनै डिभाइसमा स्टोर गरेर राखिन्छ । मोबाइल, क्यामरामा प्रयोग हुने मेमोरी कार्ड, डाटा बोकेर हिँड्न मिल्ने पेनड्राइभ, सीडी, डीभीडी हुँदै भर्खरै बजारमा आएको ब्लु-रे, कम्प्युटर, ल्यापटप, ट्याब्लेटका इन्टरनल हार्डडिस्क, बोकेर हिँड्न मिल्ने एक्स्टर्नल हार्ड डिस्क, नेटवर्कमा बाँधिएका कम्प्युटरका सामग्री संग्रह गरेर राख्ने नेटवर्क एट्याच्ड सर्भर (एनएएस), लाइनर टेप ओपेन (एलटीओ वा टेप ड्राइभ), डाइेक्ट टु होम (डिटिएच) ले प्रसारण रेकर्ड गरेर राख्ने डिजिटल बक्स हुँदै अत्याधुनिक प्रविधिका रूपमा आएको सोलिड स्टेड ड्राइभ (एसएसडी) सम्मले स्टोरेज डिभाइसको काम गर्छन् ।

बजारमा सुरुमा १ सय २८ एमबी क्षमतादेखिका पेनड्राइभ पाइन्थे । 'क्षमता बढी र मूल्यमा आएको गिरावटले ग्राहकले थोरै क्षमताका पेनड्राइभ खोज्नै छाडेका छन्,' पुतलीसडस्थित मोनालिसा इन्फोसिसका प्रबन्धक विजय केसी बताउँछन् । अहिले बजारमा ४, ८ र १६ जीबीका पेनड्राइभ बढी चल्तीमा रहेको उनले जानकारी दिए । सनडिस्क, किङस्टन, एडाटालगायत ब्रान्डका वारेन्टी भएका पेनड्राइभ ४ जीबीको ५ सयदेखि ८ जीबीको ७ सयदेखि र १६ जीबीको १ हजार २ सय रुपैयाँदेखि बजारमा किन्न पाइन्छन् । यस्ता पेनड्राइभ सामान्य डाटा साटफेर गर्नदेखि अडियो/भिडियो प्लेयरमा भिडियो हेर्न/गीत सुन्न धेरै प्रयोग हुन थालेको छ । 'पेनड्राइभ जोडेर सीधै बजाउन मिल्ने डिभाइसहरू बजारमा पाइन्छन्,' केसीले भने, 'माइक्रो, बस, ट्याक्सीलगायत सवारी चालकले गीत भरेर अडियो प्लेयरमा बजाउन यस्ता पेनड्राइभ बढी प्रयोग गर्छन् ।'

मोबाइल, क्यामरामा राख्ने सानो आकारका मेमोरीकार्डको समेत धेरै प्रयोग हुने गरेको छ । हरेकका हातमा मोबाइल हुन्छन् । तिनमा गीत सुन्न, भिडियो हेर्न मेमोरीकार्डले धेरै सहज बनाएको छ । बजारमा २ सय रुपैयाँदेखिका मेमोरीकार्ड उपलब्ध छन् । केही मोबाइल किन्दा ग्राहकले मेमोरीकार्ड सित्तैमा पाउँछन् । कलर्सको एन्ड्रोइड सेट किन्दा ८ जीबीको मेमोरीकार्ड सित्तैमा दिइने टेलिटककी मार्केटिङ म्यानेजर गीता न्यौपाने बताउँछिन् । मोबाइल र क्यामरामा प्रयोग हुने मेमोरीकार्डबाट गीत, तस्बिरलगायत डाटा कम्प्युटरमा सार्न सस्तोमा पाइने कार्ड रिडरले समेत सघाएको व्यवसायी बताउँछन् । 'सय रुपैयाँमा कार्ड रिडर पाइन्छ,' एक बिक्रेताले भने त्यसले गर्दा कसरी मेमोरी कार्डमा गीत, भिडियो राख्ने भन्ने चिन्ता हुँदैन ।'

धेरै प्रयोग हुने स्टोरेज डिभाइस कम्प्युटरमै जोडिने हार्डडिस्क हो । सुरुमा प्यारालल एड्भान्स टेक्नोलोजी एट्याचमेन्ट -पाटा) डिस्क चल्तीमा थिए । तिनको ठाउँ अहिले आधुनिक प्रविधिको सिरिएल एडभान्स टेक्नोलोजी एट्याचमेन्ट -साटा) हार्डडिस्कले लिएका छन् । पाटामा ४० कन्डक्टर रिवन केबल प्रयोग हुन्छ । तिनको डाटा ट्रान्सफर गति साटाको भन्दा सुस्त हुने क्यानका सदस्य पवन शर्मा बताउँछन् । साटा डिस्क २००३ पछि आएका हुन् । तिनको गति तुलनात्मक रूपमा बढी हुने र विद्युत् कम खपत गर्ने उनले जानकारी दिए ।

बजारमा दुवै प्रकारका हार्डडिस्क पाइन्छन् । पछिल्लो समय पाटा हार्ड डिस्क उत्पादन हुन छाडेका छन् । धेरै हार्डडिस्क बनाउने थाइल्यान्डमा गत वर्ष बाढीले ठूलो क्षति पुर्याएपछि बजारमा त्यसको असर परेको छ । त्यसपछि बजारबाट बिग्रेर फर्काइएका पाटा हार्डडिस्क मर्मत गरेर पुनः बिक्रीमा ल्याइएको मोनालिसाका प्रबन्धक केसीले बताए । 'त्यतिखेर ५ सय जीबीको हार्डडिस्क ३ हजार रुपैयाँको हाराहारीमा पाइन्थ्यो,' उनले भने, 'बाढीको असरपछि आएका हार्डडिस्कको मूल्य ६ हजार रुपैयाँ हाराहारीमा छ । विस्थापित भइसकेको पाटाको मूल्यसमेत त्यही छ ।' विकसित प्रविधिको मूल्य घटिरहेका बेला हार्डडिस्कको मोलमा भने उल्टो असर गरेको उनले बताए ।

बजारमा बोकेर हिँड्न मिल्ने एक्स्टर्नल हार्ड डिस्क सानो आकारमा उपलब्ध छन् । डब्लूबी, वेस्टर्न डिजिटल, सामसङ, हिटाचीलगायत ब्रान्डका हार्डडिस्क पासवर्ड राख्न मिल्ने/नमिल्ने दुवै प्रकारका पाइन्छन् । मोनालिसाका केसीका अनुसार बजारमा धेरै ५ सय जीबी र १ टेराबाइटका हार्डडिस्क चल्तीमा छन् । पासवर्ड राख्न मिल्ने ५ सय जीबीको ७ हजार र १ टीबीको ८ हजार ५ सय रुपैयाँ पर्छ । पासवर्ड राख्न नमिल्ने हार्डडिस्क ५ सय रुपैयाँ सस्तोमा पाइन्छ ।

बजारमा आएको पछिल्लो ड्राइभ एसएसडी निकै सानो र उच्च गतिमा चल्छ । 'यस्ता डिस्क छिटो चल्ने, ब्याट्री कम खपत गर्ने र निकै सानो साइजमा हुने भएकाले अल्ट्राथिन ल्यापटपहरूमा यसको प्रयोग हुँदै आएको छ,' शर्माले भने, 'यसको मूल्य सामान्य हार्डडिस्कको तुलनामा १० गुणा महँगो छ ।' यसैले गर्दा अन्य ल्यापटपको तुलनामा अल्ट्राबुकको मूल्य २० हजार रुपैयाँभन्दा बढी महँगो भएको उनले बताए । यसबाहेक धेरै डाटा राख्नुपर्ने बैंकहरू, टेलिकम कम्पनी, कर्पोरेट हाउसहरूमा एनएएस, टेप ड्राइभलगायत डिभाइसमा डाटा स्टोर गरिन्छ । सूचना प्रविधिको विस्तारले यस्ता सामग्रीको बजार निकै बढेको व्यवसायीहरू बताउँछन् ।

सन्तान चाँडो चाहनेले यस्ता आशनमा सेक्स गर्नुस्



मानव जीवनमा सेक्सको ठूलो महत्व छ । मानिसले सेक्स आफ्नो यौनचाहना मेटाउन तथा सन्तानप्राप्तिको लागी गर्ने गर्छ । सेक्सको अन्तिम प्राप्ति भनेको सन्तानप्राप्ति हो । मानिसले गर्ने सेक्स पहिले आनन्दका लागी हुन्छ भने मानिसलाई आवश्यकता महसुस भएपछि त्यही सेक्सलाई सन्तानप्राप्तिको बाटोमा लैजान्छन् सेक्स जोडी । तर सन्तान प्राप्ति हुनु त्यति सहज भने छैन् । सबै जोडीले चाहेको समयमा सन्तान प्राप्त गर्न नसक्ने अवस्थामा पनि हुन सक्छन् ।

जोडीको सेक्सका दौरान हुने केहि गल्तिका कारण पनि सन्तान प्राप्त हुन गाह्रो हुन्छ । सेक्सका क्रममा प्रयोग गरिने आशनले पनि सन्तान प्राप्तिको समयलाई प्रभावित पार्न सक्छ । महिलामा पुरूषको विर्य सहज रूपमा पुग्न नसक्दा सन्तान प्राप्ति नहुने सम्भावना बढी हुन्छ । त्यसैले यसको निदानका सेक्सका समयमा केहि आशनहरू समेत ख्याल गर्नुपर्ने हुन्छ । सामान्यतया सेक्स जोडीले जुनसुकै आशन प्रयोग गर्दा पनि सन्तान प्राप्तिको लागी आव्शयक विर्यको महिलामा प्रवेश हुन्छ तरपनि सहज सन्तान प्राप्तिको लागि केहि आशनहरु गर्नु अझ राम्रो हुन्छ जसले सेक्स जोडीले चाहेको समयमा सन्तान प्राप्त गर्न सक्छ ।

केही आशनहरू यस्ता छन्: १. मेसिनरी पोजिसन: सम्भोगका समयमा पुरूषमाथी र महिला तल भएर गर्दा सन्तान प्राप्तीको लागि सबैभन्दा सहज हुने बताइन्छ । महिलाको योनीमा पुरूषको लिङ्ग प्रवेश गराउँदा यो पोजिसनमा सबैभन्दा भित्रसम्म पुग्ने भएकाले विर्य उचित स्थानसम्म सहजै पुग्ने हुनाले यो पोजिशन निकै राम्रो मानिन्छ । २. हिपलाई उचालेर: महिलाको पछिल्लो भागलाई उचालेर सेक्स गर्दा पनि विर्य उचित स्थानसम्म सहजै पुग्ने हुनाले यो पोजिशनलाई पनि सन्तान प्राप्तिको लागी राम्रो पोजिशण मानिन्छ । सिरानी या अन्य कुनै तरिकाले महिलाको पछिल्लो भाग उचालेर सम्भोग गर्नु फाइदाकर हुन्छ । ३. डग्गी स्टाइल: डग्गी पोजिशनमा महिलाको पछाडि रहेर सेक्स गर्ने गरिन्छ ।

यो आशनमा पनि सहजै विर्य करभिक्समा गएर जम्मा हुने हुनाले सन्तान प्राप्तिको लागी उपयुक्त बताइन्छ । ४. साइड बाइ साइड: पुरूष र महिला साइड बाई साइडको अवस्थामा बसेर सेक्स गर्नुपनि फाइदाकर हुन्छ । यहाँ जस्ता आशनलाई उपयुक्त मानिएपनि सन्तान जन्माउनका पुरूष तथा महिला दुवै परिपक्क हुनु आवश्यक हुन्छ । परिपक्क नभइ गरिएको सन्तानको इच्छाले गाह्रो स्थिति समेत पैदा गर्न सक्छ । सन्तान जन्माउनका लागि यी आशन मात्र प्रयोग गर्नु पर्छ भन्ने पनि छैन् तर यी आशनले सहजता प्रदान गर्छ भन्ने मात्र हो

बसभित्रै सामूहिक बलात्कार



दिल्ली, पुस २ - भारतको दिल्लीमा २३ बर्षीय युवतीलाई सामूहिक बलात्कार गरी मरणासन्न हुने गरी कुटपिट गरिएको छ । अस्पताल भर्ना गरिएकी ती युवतीको अवस्था गम्भीर छ । आइतबार साँझ पुरुष साथीसँग बस चढेकी युवतीलाई चालक र सहचालककै सहयोगमा सामूहिक बलात्कार गरिएको हुनसक्ने दिल्ली प्रहरीले जनाएको छ । पुरुष साथीलाई कुटपिट गरी अचेत बनाको र युवतीमाथि बलात्कार गरेर दुवैलाई बसबाट खसालिदिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

६-७ जनाको पुरुष समूहले बलात्कार गरेको हुनसक्ने प्रहरी अनुमान छ । कुटपिट गरिएका पुरुष सामान्य बोल्नसक्ने अवस्थामा छन् भने बलात्कृत युवतीको अवस्था गम्भीर रहेको बुझिएको छ ।

एक मलबाट चलचित्र हेरेर साँझ साथीसँग घर फर्किदै गरेकी उनलाई बलात्कार गर्नेहरु पक्राउ परेका छैनन् । उनको साथीको बयानको आधारमा प्रहरीले केही बस र चालक, सहचालकलाई नियन्त्रण लिएको छ । दिल्लीका मुख्यमन्त्री शेइला दिक्षितले दोषीलाई कडा कारवाही गर्ने टिप्पणी गरेका छन् ।

बलात्कार र महिला हिंसाको घटनाका कारण दिल्ली महिलाको लागि असुरक्षित शहरको रुपमा चिनिदै आएको छ । यहाँ बर्षेनी बलात्कारका सयौं घटना हुने गरेका छन् ।

आफ्ना श्रीमानले योनि खुकुलो भएको थाहा नपाउन के गर्नुपर्ला ?


म २२ वर्षीया युवती हुँ। म दुई वर्षअघि गरेको गल्तीका कारण पछुताइरहेकी छु। मैले दुई पटक मेरो केटा साथीसँग यौनसम्पर्क गरें र मेरो योनि खुकुलो भयो। अहिले मेरो घरमा विवाहको हल्ला छ, अरू नै सँग। आफ्ना श्रीमान्ले योनि खुकुलो भएको थाहा नपाउन के गर्नुपर्ला ? म एकदमै चिन्तित छु। म त्यसलाई कसिलो बनाउन चाहन्छु तर कसरी मलाई सहयोग गरिदिनु होला।

पहिले गरेको गल्ती अनि विवाहको हल्ला किशोरावस्था तथा युवावस्थामा यौन इच्छा एकदमै तीव्र हुने भए पनि प्रायःजसो उनीहरू यसका लागि आवश्यक रूपमा तयार हुँदैनन्। अर्को व्यक्तिसँग सम्बन्ध विकास गर्ने क्रममा कति गहिराइसम्म पुगिन्छ भन्ने अनुमान उनीहरू सहजै गर्न सक्दैनन् भने अर्कातिर कतिसम्म पुगेपछि आफूलाई रोक्नु उचित हुन्छ भन्ने कुरा पनि विवेकपूर्ण रूपमा ठम्याउन सकिरहेका हुँदैनन्। यसका लागि ज्ञान भए पनि आवश्यक सीप नहुन सक्छ। यसले जोखिमा पार्न सक्छ। सहमतिमै भएका यौनसम्पर्क समस्याविहीन हुने होइनन्। त्यसैले जोसमा होस पुर्याउनुपर्छ। अनिच्छित गर्भ वा यौनरोगको समस्या भोग्नुपर्ने त छँदैछ। यी कुनै कुरा नभए पनि तपाईंलाई जस्तो सम्बन्धको स्थायित्वको प्रश्न छँदैछ। सम्बन्धले निरन्तरता नपाउँदा त्यसका शारीरिक तथा मानसिक समस्या भोग्नुपर्ने स्थिति आउँछ नै।

तपाईंले ब्वाइफ्रेन्ड अर्थात् केटा साथीसँगको यौनसम्पर्कको चर्चा गर्नु भएको छ। यौनसम्पर्कसम्म पुग्न त पक्कै पनि तपाईंहरूको सम्बन्ध गहिरै हुनु पर्यो, तर त्यो सम्बन्ध कत्तिको प्रेमपूर्ण थियो भन्ने कुराचाहिँ लेख्नुभएको छैन। दुई वर्षअघि यौनसम्पर्क राख्दा तपाई २० वर्ष पुगिसक्नुभएकाले पनि एक किसिमको परिपक्वता आएको हुनुपर्छ। केटासाथीसँगको सम्बन्धले किन निरन्तरता पाएन त्यसका बारेमा पनि कुनै कुरा लेख्नुभएको छैन। विवाह उसैसँग गर्न सकिने सम्भावनाका बारेमा पनि तपाई मौन हुनुहुन्छ।

तपाईंको घरमा तपाईंकै विवाहको हल्ला छ भन्ने कुरा अलि चित्तबुझ्दो लागेन। अहिलेको जमानामा पनि विवाह गर्ने मुख्य व्यक्तिबिना अरूले सम्बन्धको छिनोफानो गर्न सुहाउँदैन। यो निर्णय गर्ने कुरामा तपाईंको भूमिका केन्द्रीय हुनुपर्छ र सबै पक्षलाई विचार गरेर तपाईंको भावी जीवनसाथी रोज्ने सम्पूर्ण अधिकार तपाईंको हो। कुनै न कुनै किसिमका गल्ती सबैबाट हुन्छन् तर त्यसवाट पाठ सिकेर अघि बढ्नुपर्छ न कि त्यसैमा अल्झिएर बस्नु उपयुक्त हुन्छ। के योनि खुकुलै भएको हो ?

तपाईंले कसरी योनिको नाप लिनुभयो र खुकुलो भयो भन्ने पाउनुभयो ? योनि नली आकारको अङ्ग भए पनि यसले पाइपको जस्तो जतिखेर पनि प्वाल वा खाली ठाउँ रहेको स्थिति भने हुँदैन। सामान्य अवस्थामा योनिका भित्ताहरू एकअर्कासँग टाँसिएको अवस्थामा हुन्छन्। योनि मांसपेशीले बनेको नली आकारको विशेष अङ्ग हो। यसमा निकै तन्कन र खुम्चन सक्ने गुण हुन्छ। एकछिन विचार गर्नु होस् त, कुनै ठूलो आकारको कुरा मुखमा हालियो भन्दैमा त्यो सँधै खुकुलो भएर सानो कुरा च्याप्नै नसक्ने गरी खुकुलो हुन्छ र ? ठूलो लड्डु खाएपछि पनि हाम्रा ओठले पातलो सियो पनि राम्ररी नै समाउन सक्छ। यौनसम्पर्क राख्दैमा तपाईंले सोचेजस्तो गरी योनि खकुलो हुने कुनै वैज्ञानिक आधार छैन।

श्रीमान्लाई कसरी थाहा नदिने ? पुरुषलाई महिलाको यौनअङ्गको बनावटका सम्बन्धमा सामान्य जानकारी हुने भए पनि तपाईंको योनिको बनावट वा स्वरूप यस्तै थियो भन्ने थाहा हुँदैन भने योनि खुकुलो भएको कसरी थाहा पाइन्छ र ? कुनै महिलासँग यौनसम्पर्क गरेर तुलना गर्नु अर्कै कुरा भयो। कतिपय पुरुषलाई दुलही कुमारी हो कि होइन भन्ने कुराको चासो हुने भए पनि त्यो कुरा पत्ता लगाउनु सजिलो छैन। कुनै युवती कुमारी हो कि होइन भन्ने योनिच्छद भएको छ कि छैन भन्ने कुरालाई नै मुख्य आधार बनाइएको पाइन्छ। वैज्ञानिक तवरले हेर्ने हो भने त्यसलाई बलियो आधार मान्न सकिँदैन। हुन त तपाईंको योनि खुकुलो भएको पक्का छैन, तर कुरा जे भए पनि योनिको मांसपेशीलाई कडा राख्न केगेल कसरत एण्टा राम्रो उपाय हो।

योनि कसरी कसिलो बनाउने ? योनिलाई कसिलो बनाउन यौनाङ्ग क्षेत्रको मांशपेशीलाई वलियो बनाउनुपर्छ। त्यसका लागि गरिने कसरतलाई नै केगेल (kegel) कसरत भनिन्छ। यसका लागि तपाईंले निम्न कुरा गर्नुपर्ने हुन्छ। सबैभन्दा पहिले pubococcygeus भनिने मांशपेशी समूहलाई पहिचान गर्नुपर्छ। यसका लागि पिसाब फेर्दा मांसपेशीको संकुचन गरेर पिसाब रोक्ने प्रयास गर्ने र यो प्रक्रिया दोहर्याई, तेहेर्याई गरेर उक्त मांसपेशीको पहिचान गर्नुपर्छ। यही पिसाब रोक्न प्रयोग गरिने मांसपेशीले नै योनिद्वारलाई पनि घेरेर राखेको हुन्छ। अब यसको कसरत गर्न थाल्नुपर्छ। सुरुमा यस्तै १ सेकेन्डसम्म बेस्सरी खुम्च्याएर राख्ने र छाड्ने अर्थात् खुकुलो बनाउने। बिस्तारै त्यसलाई बढाएर ५ सेकेन्डसम्म पुर्याउनुपर्छ। विस्तारै यो १० देखि १५ सम्म संकुचित गर्ने (खुम्च्याउने) र छोड्ने। यो क्रम बढाउँदै दिनभरिमा यस्तो गर्ने क्रम २० पल्टसम्म पुर्याउनुपर्छ। यसरी ६ हप्तासम्म नियमित रूपमा कसरत गरे थाहा पाउने गरी केही फरक देखिन्छ।

यो मांसपेशी संकुचित गरेर यौनसम्पर्कका बेला लिंग बेस्सरी समात्न सकिन्छ अनि योनि खुकुलो भएको महसुस हुँदैन। अत्यधिक रस आउँदा पनि खुकुलोपन महसुस हुन्छ। यो महिलामा यौन उत्तेजनाको संकेत हो। केही महिलामा यौन चरमसुख प्राप्त गर्ने बेला पनि त्यस्तै हुनसक्छ। अनावश्यक रूपमा चिन्ता गर्नुको सट्टा भावी जीवनलाई कसरी सकारात्मक रूपमा लाने भनेर त्यतैतिर ध्यान केन्दि्रत गर्नु उचित होला।

Sunday, 16 December 2012

SUNDAY, DECEMBER 16, 2012 अर्को मंसिर कुनै हालतमा कट्दैन : हमाल


नायक राजेश हमालको बिहेको चर्चा सधैं नै हुने गर्छ । बिहेका बारेमा विभिन्न जवाफ दिएर टारिरहेका हमाल यसपालिको मंसिर कटे पनि अर्को मंसिरचाँहि कट्न नदिने सुरमा छन् ।अनलाइनखबरसँगको भेटमा हमालले भने, ‘अब अर्को मंसिर कुनै पनि हालतमा कट्दैन ।’ प्रेमिकाको बारेमा सोधिएको प्रश्नमा हमालले भने, अब उहाँले धोका दिनुभएन भने म पछि हट्ने पक्षमा छैन ।’ तर, अर्काकी छोरीको नाम बिहे नभई कसरी लिनु भन्दै हमालले प्रेमिकाको नाम लिन चाहेनन् ।

हमालको बिहे बारे चर्चा धेरै हुने गरेको छ । तर, उनलाई बच्चाको बाबु बन्न मन लागेको छ या छैन होला ? यो प्रश्न पनि धेरैका मनमा उब्जन सक्छ । यो प्रश्नमा हमालले घुमाउरो पारामा भने- ‘बच्चा भएर कसरी बच्चा जन्माउन सक्छ ?’सिनेमामा २२ बर्ष बिताइसकेका हमाल अब निर्देशक बन्ने सोचमा छन् । उनले भने-’सिनेमाको निर्देशन र बिहे सँगसँगै होलाजस्तो छ ।’


किर्गिस्तानमा बलात्कारपछि मात्र बिहेको बाटो खुल्छ !

SUNDAY, DECEMBER 16, 2012
आफुलाई मन परेको केटीलाई पहिले अपहरण गर्नु र त्यसपछि बलात्कार । सुन्दै आङ जिरिङ हुने यस्तो अपराध कुनै देशमा परम्पराका नाममा कानुनीरुपमा मान्यताप्राप्त छ भन्ने सुन्दा तपाईलाई पत्यार लाग्छ ? तर, किर्गिस्तान ामको मुलुकमा अहिले पनि यस्तो परम्परा कानुनमाथि माथि छ । त्यहाँका सांसदहरु पछिल्ला दिनमा दशकौं पुरानो परम्परसँग जोडिएको मुद्दामा बहस गरिरहेका छन् । तर, अब सरकार यसलाई गम्भीर अपराधको श्रेणीमा राख्ने तयारीमा छ । यस विधेयकमाथि संसददेखि सडकसम्म चर्को बहस र कित्ताकाट भइरहेको छ । केही परम्पराको रुपमा यसलाई जोगाउनु पर्ने पक्षमा देखिएका छन् भने केही यसलाई गम्भीर अपराध मान्छन् । किर्तिस्तानको प्रतिनिधिसभाका अनुसार देशभर हरेक वर्ष करिव ८ हजार युवती अपहरण गरी विवाहका लागि लगिन्छ । तीमध्ये अधिकांश महिलाका लागि पहिलो रात बलात्कारको रात हुन्छ । त्यसपछि उनीहरु बलात्कार गर्ने युवकसँगै विवाह गर्न तयार हुन्छन् । किनकी बलात्कारीसँग विवाह नगर्ने हो भने बलात्कृतको रुपमा उनीहरुमाथि ठूलो कलंक लाग्नेछ । यस्ता युवतीहरुसँग कोही पनि विवाह गर्न मान्दैनन् ।


पछिल्लो समय महिलाहरुले क्याम्पियन १५५ नामको अभियान नै चलाएका छन् । युवति अपहरण गरी विवाह गर्ने परम्पराको विरोधमा जुटेको स्थानीय महिला सहायता केन्द्र डब्ल्यूएससीका अनुसार विवाहका लागि हरेक वर्ष १२ हजार युवती अपहरणमा पर्छन् । अपहरणमा पर्ने युवतीहरु अधिकांश गरीब परिवार र ग्रामिण भेगका हुन्छन् । यस केन्द्रसँग जोडिएकी जाबिला मेतेवेवाकी बहिनी कोलपोन पनि विवाहका लागि अपहरणमा परिन् । उनको श्रीमानले उनलाई निकै कुटपिट गर्थे । एक दशकसम्म सहिन तर, अति भएपछि उनले छोडपत्र मागिन् । छोडपत्र मागेकै कारण उनको श्रीमानले हत्या गरे । उनी अहिले १९ वर्षको जेल सजाय भोगिरहेका छन् । किर्तिस्तानको विद्यमान कानुन अनुसार इच्छा विपरित जवर्जस्ती विवाह गरे जरिवानाका साथ अधिकतम ३ वर्षसम्म जेल सजाय हुने व्यवस्था छ । नयाँ प्रस्तावित विधेयकमा यसलाई बढाएर ७ वर्ष राखिएको छ ।