Thursday, 25 July 2013

प्लस टु छात्रवृत्ति पूर्ण निःशुल्क


काठमाडौं, श्रावण ९ - छात्रवृत्तिसहित उच्च माध्यमिक तह पढ्ने विद्यार्थीले अबदेखि प्रयोगात्मक शुल्क तिनु नपर्ने भएको छ । उच्च माध्यमिक शिक्षा परिषद् र अखिल (क्रान्तिकारी)बीच बुधबार उक्त सम्झौता भएको हो । यो वर्ष ढिलो सम्झौता भएकोले न्यूनतम शुल्न लिने र अर्को वर्षबाट पूर्ण निःशुल्क गरिनेछ ।

आचारसंहिता अनुगमन समितिका सदस्य तथा अभिभावक संघका अध्यक्ष सुप्रभात भण्डारीका अनुसार यो वर्षका लागि विज्ञान प्रयोगशालाका निम्ति बढीमा हजार, व्यवस्थापनतर्फ ६ सय ५९ र शिक्षा तथा मानविकीतर्फ ३ सय ५० रुपैयाँभन्दा बढी लिन पाउने छैनन् ।

परिषद्ले छात्रवृत्ति बैंकबाट छात्रवृत्ति सुविधा दिँदै आएको छ । परिषद्ले प्राप्त आवेदनका आधारमा गरिब तथा जेहेन्दारलाई २५ प्रतिशत, दलित २५ प्रतिशत,  आदिवासी जनजाति २० प्रतिशत, मधेसी तथा मुस्लिम २० प्रतिशत, अपाङ्गता ५ प्रतिशत र सहिद परिवारकालाई ५ प्रतिशत कोटाको व्यवस्था गरेको छ । परिषद्का सहसचिव तथा प्रवक्ता नारायण कोइरालाका अनुसार देशभर करिब १० हजार विद्यार्थीले छात्रवृत्ति पाउूछन् । कक्षा ११ र १२ का निम्ति यो सहुलियत दिइएको हो ।

निजी उच्च माविहरूले यो सम्झौता पालना गर्ने प्रतिबद्धता जनाएका छन् । सम्झौतामा उच्च माध्यमिक विद्यालय संघ (हिसान)का कार्यवाहक अध्यक्ष डा. बाबुराम पोखरेल, सचिव बुद्धि पुडासैनी र लोकबहादुर भण्डारीलगायतले हस्ताक्षर गरेका छन् ।

No comments:

Post a Comment