Tuesday, 23 July 2013

काठमाडौं, ८ साउन । राष्ट्रपति डा. रामवरण यादवसँग नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले मंगलबार राष्ट्रपति कार्यालय, शीतल निवासमा भेटी आफ्नो भारत भ्रमणबारेमा जानकारी गराउनुभएको छ । भेटमा राष्ट्रपति डा. यादवले निर्वाचनमा सबै राजनीतिक दललाई भाग लिने वातावरण बनाउन र निर्वाचनको प्रतिकूल कार्य हुन नदिन ठूला दलले पहल गर्नुपर्ने सुझाव दिनुभएको नेता नेपालले सञ्चारकर्मीलाई बताउनुभयो ।

नेता नेपालले बुधबारदेखि भारतीय प्रधानमन्त्री डा मनमोहन सिंहको निमन्त्रणमा भारतको भ्रमण गर्दै हुनुहुन्छ । पाँचदिने सो भ्रमणका क्रममा पूर्वप्रधानमन्त्री नेपालले भारतका केही वरिष्ठ नेतासँग भेट गर्ने तथा नालन्दा विश्वविद्यालयको विशेष कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम छ । उहाँका साथमा एमालेका महासचिव तथा पूर्वउपप्रधानमन्त्री इश्वर पोखरेल र परराष्ट्रमामिलाविज्ञ राजन भट्टराई पनि रहनुहुने छ ।


No comments:

Post a Comment