नवलपरासी, ८ साउन । नवलपरासीको विकट पहाडी गाविस अन्तर्गत राकाचुली–९ मा सोमबार आएको पहिरोमा परि बेपत्ता भएका एकै परिवारका पाँच जना मध्ये दुई जनाको शव फेला परेको छ । पहिरोमा परि हराएका मध्य राकाचुलि ९ वस्ने ४० वर्षे कुलमान सिं राई र उनकि २२ वर्षे छोरी विमाला राइ को शव घटना स्थल देखी करिव ६० किलोमिटर दक्षिणतर्फ नारणी गाविस ९ तल्लो भिउरानमा फेला परेको इलाका प्रहरी कार्यालय कावासोती ले जनाएको छ ।
पहिरोमा परि अझै ३ जना बेपत्ता रहेका छन् । हराउने हरूमा राकाचुलीका ६० बर्षका धनसिंह राई , १० बर्षकी संजिता राई, ६ बर्षका तिलकचन्द्र राई रहेको जनाइएको छ । हराएकाहरूको अहिले खोजीकार्य भै रहेको कावासोती प्रहरी प्रमुख विमल बस्नेतले बताउनुभयो । घटनास्थल राकाचुली विकट पहाडि क्षेत्र भएकाले उद्धारका लागि आज मात्रै प्रहरी पुगेको थियो ।
No comments:
Post a Comment