Tuesday, 23 July 2013

नारायणी नदीमा यस वर्षकै उच्च पानीको बहाव मापन


Chitwan-floodपरासी, ७ साउन । नवलपरासीमा नारायणी नदीमा पानीको बहाव यस वर्षकै उच्च मापन गरिएको छ । पहाडी तथा हिमाली क्षेत्रमा परेको अत्यधिक पानीका कारण नारायणी नदीमा पानीको बहाव बढेको हो ।  जल तथा वर्षा मापन केन्द्र देवघाटका कृष्णप्रसाद अधिकारीका अनुसार यस वर्षकै उच्च आज ८ मिटर ८० सेन्टिमिटर मापन गरिएको छ । नारायणी नदीमा पानीको सतह ६ दशमलव ८ मिटरभन्दा तल भएमा सामान्य, ६ दशमलव ८ मिटरदेखि ८ मिटरसम्म खतरा, ८ मिटरभन्दा माथि भएमा उच्च खतरा रहेको मानिन्छ ।

भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला
Click Here For Video

 

नारायणी नदीमा बहाव बढेसँगै नारायणी पुल नजिकै गैँडाकोटमा पानी पसेको छ । क्षतिको यकिन विवरण भने आएको छैन ।

पानीको बहाव निरन्तर बढिरहेकाले नवलपरासीका ३० गाविस र चितवनका आधा दर्जन गाविसका बासिन्दा सचेत रहनुपर्ने अवस्था छ  । यसअघि नारायणी नदीमा ५ मिटर पानी रहँदा गण्डक नहरमा क्षति पुगेको थियो ।


No comments:

Post a Comment