Wednesday, 24 July 2013

दिनहुँ 'दुई बलात्कार

पछिल्लो पटक गरिएको एक अध्ययनअनुसार मुलुकमा दैनिक दुई जना बलात्कृत हुने गरेका छन् । वैशाख र जेठमा मात्रै १ सय ४ बलात्कारका घटना भएको महिला पुनःस्थापना केन्द्र (ओरेक) ले गरेको अध्ययनबाट देखिएको हो । यस अवधिमा दस महिलामाथि बलात्कारको प्रयास भएको छ । अधिकांश प्रयास आफन्त, छिमेकी र शिक्षकबाट भएको ओरेकको प्रतिवेदनमा उल्लेख छ ।

ओरेकले दुई महिनाका पत्रपत्रिकामा प्रकाशित समाचारका आधारमा यो प्रतिवेदन तयार पारेको हो । अझै कैयौं घटना सार्वजनिक हुन नसकेको हुन सक्ने अनुमान छ । नेपाल प्रहरीका प्रवक्ता नवराज सिलवालका अनुसार अधिकांश बलात्कारीहरू बेरोजगार, मदिरा सेवन गर्ने, आफन्तभित्र आउजाउ गरिरहने व्यक्ति छन् । 

'यो तथ्यांकबाट मुलुकको सामाजिक अवस्था कसरी तल्लो स्तरमा गिर्दैछ भन्ने देखिन्छ,' समाजशास्त्री सुरेन्द्र कोइराला भन्छन्, 'बलात्कारजस्तो जघन्य अपराधका दोषी खुलेआम हिँडिरहँदा राज्य मौन हुनु र कतिपय अवस्थामा त राजनीतिक दलले समेत दोषीलाई संरक्षण गर्नु अझ भयावह पक्ष हो ।' यो स्थिति रहन नदिन 'बलात्कारसम्बन्धी कानुनी व्यवस्थाबारे चेतना फैलाएर महिलाका साथै पुरुषलाई पनि मनोपरामर्श गराउनुपर्ने,' अधिवक्ता मीरा ढुंगाना बताउँछिन् । 

No comments:

Post a Comment