Thursday, 25 July 2013

फेसबुक बितन्डा?????



अब संभवतः फेसबुक नबुझ्नेहरू कमै होलान्। बोल्ने बालकदेखि वृद्धसम्मलाई फेसबुकका सम्बन्धमा जानकारी छ। जो कसैको पनि फेसबुकमा एकाउन्ट छ भनेर अचम्ममा पर्नु पर्दैन, बरु फेसबुक एकाउन्ट नहुनेहरूलाई देखेर समाज आश्चर्यचकित हुन्छ। कतिका लागि इन्टरनेट भनेकै फेसबुक भएको अवस्था छ अहिले। नेपाली समाजमा फेसबुकपछि टि्वटरलगायत अन्य सामाजिक संजालका प्रयोगकर्ता पनि बढिरहेका छन्। फेसबुक राम्रा उद्देश्यका लागि जति सहयोगी छ, उत्तिकै तनावको विषय पनि भएको छ। युवा उद्योगपति निर्वाण चौधरीलाई पनि फेसबुकमा पोस्ट भएको समाचारले तनाव दियो। उनको नैतिक चरित्रमाथि प्रश्नचिह्न खडा गर्दै एक पत्रिकाले लेखेको समाचार लगातार फेसबुकमा पोस्ट भएपछि चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण उजुरी गर्न हनुमानढोकास्थित साइबर ल हेर्ने निकायमा पुगे। चौधरीले विद्युतीय कारोबार ऐनअन्तर्गत व्यक्तिगत चरित्र हनन हुने नियतले गलत समाचार लेख्नेलाई कारबाही गर्न प्रहरीसमक्ष अनुरोध गरे। निर्वाणका अनुसार नियोजित ढंगले समाचार बनाएर सामाजिक सञ्जालमा फैलाउने कार्य बढ्दै गएको छ।

अब संभवतः फेसबुक नबुझ्नेहरू कमै होलान्। बोल्न बालकदेखि वृद्धसम्मलाई फेसबुकका सम्बन्धमा जानकारी छ। जो कसैको पनि फेसबुकमा एकाउन्ट छ भनेर अचम्ममा पर्नु पर्दैन, बरु फेसबुक एकाउन्ट नहुनेहरूलाई देखेर समाज आश्चर्यचकित हुन्छ। कतिका लागि इन्टरनेट भनेकै फेसबुक भएको अवस्था छ अहिले। नेपाली समाजमा फेसबुकपछि टि्वटरलगायत अन्य सामाजिक संजालका प्रयोगकर्ता पनि बढिरहेका छन्। 

फेसबुक राम्रा उद्देश्यका लागि जति सहयोगी छ, उत्तिकै तनावको विषय पनि भएको छ। युवा उद्योगपति निर्वाण चौधरीलाई पनि फेसबुकमा पोस्ट भएको समाचारले तनाव दियो। उनको नैतिक चरित्रमाथि प्रश्नचिह्न खडा गर्दै एक पत्रिकाले लेखेको समाचार लगातार फेसबुकमा पोस्ट भएपछि चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण उजुरी गर्न हनुमानढोकास्थित साइबर ल हेर्ने निकायमा पुगे। चौधरीले विद्युतीय कारोबार ऐनअन्तर्गत व्यक्तिगत चरित्र गिराउने नियतले गलत समाचार लेख्नेलाई कारबाही गर्न प्रहरीसमक्ष अनुरोध गरे। निर्वाणका अनुसार नियोजित ढंगले समाचार बनाएर सामाजिक सञ्जालमा फैलाउने कार्य बढ्दै गएको छ।

निर्वाण मात्र होइन, आफ्नो व्यक्तिगत विषयमा फेसबुकमा जथाभावी लेखेर दुःख दिएको भनेर उजुरी दिनेहरू थुप्रै छन्। इन्टरनेटको पहुँच बढिरहेका बेला फेसबुकले साइबर क्राइम बढाएको प्रहरी स्रोतले जनाएको छ। केही समयअघि नायक राज घिमिरेले फेसबुकमा गाली बेइज्जती तथा ज्यान मार्ने धम्की दिएको भन्दै साइबर क्राइमअन्तर्गत कारबाही गर्न अर्का मोडल दिक्पाल कार्कीविरुद्ध उजुरी दिएका थिए। दिक्पाललाई केही समय हिरासतमा राखेर प्रहरीले दुवै पक्षबीच छलफल गराउँदै आगामी दिनमा यस प्रकारका क्रियाकलाप नगर्ने सर्तमा कारबाही टुंग्याएको थियो। दिक्पालले ह्यारेसमेन्ट गरेको भन्दै १८ जना कलाकारले संयुक्त रूपमा उजुरी समेत गरेका थिए। 

पछिल्लो १ वर्षमा काठमाडौं उपत्यकामा फेसबुकसम्बन्धी ५८ वटा उजुरी परेका छन्। महानगरीय प्रहरी अपराध महाशाखाअनुसार अहिले फेसबुकमा आपत्तिजनक क्रियाकलापका तस्बिर एवं भिडियो अपलोड गर्ने, आपत्तिजनक ढंगले कमेन्ट लेख्ने, सामाजिक विचलन ल्याउने किसिमका सामग्री लगातार पोस्ट गर्ने तथा अरूको व्यक्तिगत चरित्रमाथि प्रहार गर्ने प्रवृत्ति बढेको छ। 

२०६९ साउन यता मात्र महाशाखामा ७० वटा उजुरी परेका छन्। त्यसमध्ये ५८ वटा फेसबुकसँग सम्बन्धित छन्। नक्कली फेसबुक एकाउन्ट बनाएर दुःख दिने तथा अश्लील फोटो ट्याग गर्नेहरू पनि उत्तिकै छन्। फेसबुकसम्बन्धी ५७ घटनाका दोषीलाई छलफलमा ल्याएर अबदेखि यस प्रकारका क्रियाकलाप नगर्ने सर्तमा छोडिएको छ भने एक जनालाई विद्युतीय कारोबार ऐनअन्तर्गत कारबाही गरिएको छ। 

इमेलबाट आएका आठवटा धम्कीका घटनामाथि पनि महाशाखाले कारबाही चलाएको थियो। अश्लील वेबसाइटसम्बन्धी तीन तथा एसएमएस चिट्ठाको नाममा ठगी गर्न खोज्ने ५ जनालाई पनि कारबाही गरिएको छ। रिचार्ज कार्ड तथा एटिएम कार्ड दुरुपयोगका घटना पनि उत्तिकै छन्।

फेसबुकले सेलिब्रेटी तथा लब्धप्रतिष्ठित व्यक्तित्वहरूलाई हैरान पारेको छ भन्ने अर्को उदाहरण हुन्, नेकपा माओवादी वैद्यकी नेतृ पम्फा भुसाल। फेसबुकमा आफ्नो चरित्रका सम्बन्धमा जथाभावी लेखिएको तथा त्यसलाई सयौंले सेयर गरेको देखेपछि भुसाल उजुरी गर्न हनुमान ढोका पुगेकी थिइन्। आफ्ना बारेमा जथाभावी लेख्ने काभ्रेका भवनाथ सापकोटालाई उनले प्रहरी खोरमै पुर्याएर छोडिन्। नक्कली फेसबुक आइडी बनाएर जथाभावी लेखिदिएका घटनाबाट महानायक राजेश हमाल, नायिका करिश्मा मानन्धर, केकी अधिकारी, झरना थापा, ऋचा शर्मा, माल्भिका सुब्बा आदि पनि पीडित छन्। उनीहरूका नाममा एकाउन्ट बनाएर जथाभावी लेख्नेहरू उत्तिकै छन्। कलाकारहरूले उजुरी दिए प्रहरी प्रशासनले आवश्यक कारबाही गर्ने कुरा पनि बताउँदै आएको छ।

निर्वाण चौधरी,प्रबन्ध निर्देशक चौधरी ग्रुप

तपाईंको चरित्रका विषयमा सोसल मिडियामा जुन प्रकारको समाचार आयो, यथार्थ के हो ?

कुनै तथ्य आधारमा नभई गलत नियतले मेरो क्यारेक्टरलाई डाउन गर्न एउटा पत्रिकाले समाचार लेखेर त्यसलाई फेसबुकमा पोष्ट गरिदियो। शतप्रतिशत गलत समाचार लेखेर फेसबुकमा राखिदिँदा म तनावमा आएँ। यदि मेरा बारेमा समाचार लेखिन्थ्यो भने मसँग एकपटक सोधिन्थ्यो होला। उक्त समाचारमा कुनै सत्यता छैन। यो नियोजित ढंगले मविरुद्ध लाग्नेहरूको काम हो। 

केही न केही त सत्यता छ कि ?

एउटै पनि तथ्य कुरा थिएन। बिना आधार, बिना प्रमाण अफिसमै बसेर 'कुप' गरिएको न्युज थियो त्यो। कसैलाई व्यक्तिगत रूपमै सिध्याउने नियतले काम गर्नेहरूविरुद्ध कारबाही गर्नुपर्छ भनेर मैले उजुरी गरेको हो। यस्ता कुरालाई खासै महत्व दिनु हुँदैन भन्ने बुझ्दा-बुझ्दै पनि फटाहालाई किन छोड्ने भन्ने मात्र हो। 

सेलिब्रेटी भएपछि यस्ता टिका-टिप्पणी हुनु स्वाभाविक होइन र ?

म उद्योग व्यवसायमा व्यस्त भएको मानिस, कामलाई बढी महत्व दिँदै आएको छु। चौधरी ग्रुपको प्रबन्ध निर्देशकका रूपमा मेरो आफ्नै किसिमको रेपुटेसन र क्रेडिबिलिटी छ। कसैले मेरो इज्जत प्रतिष्ठालाई गिराउन खोज्ने काम गर्छु भने किन चुप लागेर बस्नु ? यो त इथिक्सको कुरा होइन होला नि ? मेरा बारेमा लेख्नै नपाइने होइन तर कोठाभित्र बसेर मनगडन्ते समाचार लेख्ने र फेसबुकमा अपलोड गर्ने घटनाले म दुखी भएँ। सोसल मिडिया अहिलेको सबैभन्दा ससक्त माध्यम हो त्यसकारण पनि मलाई अफ्ठयारो परेको हो। 

तपाईंको सम्बन्धी पोस्ट लाइक वा सेयर गर्नेहरूलाई पनि मुद्दा हाल्नुभयो रे ?

मैले एउटा व्यक्तिविरुद्ध विद्युतीय कारोबार ऐनअन्तर्गत उजुरी हालेको हो। अरू कसैलाई उजुरी गरेको छैन्, मैले दिएको उजुरी हेर्न सक्नुहुन्छ। जसले मेराविरुद्ध त्यस्तो काम गर्यो उसको यथार्थ छर्लंग पार्ने प्रयास यो हो। अहिले उ भूमिगत छ। प्रहरी प्रशासनले उसलाई खोजिरहेको छ। 

माल्भिका सुब्बा, मोडल/व्यवसायी

फेसबुकले तपाईंलाई पनि हैरान बनाएजस्तो छ नि ?

फेसबुकले मलाई मात्र होइन, धेरैलाई मानसिक तनाव दिएको छ। पब्लिक फिगर भएको हुनाले हाम्रो फ्यान पेज वा पर्सनल एकाउन्टमा राखिएका सामग्रीका बारेमा हरेक दिन कम्तीमा एउटा नराम्रो कुरा पोस्ट भैरहेको हुन्छ। मजस्तै अन्य सेलिब्रेटीलाई पनि यसले स्ट्रेस दिएको छ, तर अहिले हामी कसैले दुःख दिए वा गलत कुरा लेखे उसको परिचय एक्सपोज गरिदिन्छौं। प्रहरीमा उजुरी गर्नुपर्ने भए रिपोर्ट गछार्ंै, त्यसलाई ब्यान्ड गर्ने भए तत्कालै गर्छौं। 

फेसबुककै कारण उजुरी गर्न हनुमान ढोकासम्म पुग्नुभयो होइन ?

हो, मलगायत केही साथी गएका हौं, भएको के थियो भने, नेपाल ब्युटी क्विन कन्फेसन नामको एउटा ग्रुप पेज थियो। त्यसमा सुरुमा समृद्धि राईबाट सुरु भएर म, निशा अधिकारी, सहाना बज्राचार्य, प्रेरणा शाह, खुश्बु ओली आदि मोडल तथा मिस नेपालहरूका बारेमा लगातार नराम्रा कुरा लेख्न थालियो। सुरुमा के गर्ने भनेर हामी तनावमा थियौं। कसले कहाँबाट यो काम गरिरहेको छ भन्ने थाहा भएन। पछि समृद्धि राई चीनमा रहँदा उनको फेसबुक एकाउन्ट ह्याक भयो र उनको वालमा जथाभावी लेखियो। उनको एकाउन्ट ह्याक गर्ने आइपी एडे्रसको सहारा तथा प्रहरीको सहयोगमा हामी उक्त क्रियाकलाप गर्ने रक्षा थापालाई पक्रन सफल भयौं। उनको ल्यापटपमा हाम्रा बारेमा लेखिएका गलत कुराको प्रत्यक्ष प्रमाण पाएपछि मैले उजुरी दिएकी हुँ। सुरुमा समृद्धिले उजुरी दिएकी थिइन्। रक्षा थापा कुनै समय मिस नेपालकै प्रतिस्पर्धी थिइन्, रिसइबीका आधारमा उनले त्यो काम गरिरहेकी थिइन्। पछि उनलाई माफी माग्न लगाएर अबदेखि त्यसप्रकारको क्रियाकलाप नगर्ने शर्तमा छोडियो। 

फेसबुकमार्फत झेलेको अत्यधिक तनावको कुनै घटना ?

दिनहुँ केही न केही त झेल्नैपर्छ। फ्यानपेजमा भएकाहरूले नराम्रा कुरा पोष्ट गरिरहेकै हुन्छन्। एकपटक मिडल इस्टमा काम गर्ने एक नेपालीले फ्यान पेजको म्यासेज बक्समा सेक्सको प्रस्ताव राख्नेदेखि अन्य थुप्रै छाडा कुरा पोष्ट गरें। मैले उक्त व्यक्तिको नाम र प्रोफाइल खुलासा गर्दै उसले गरेको कर्तुत सार्वजनिक गरिदिएँ। अहिले मैले फ्यान पेजको म्यासेज बक्स नै हटाएकी छु। कसैले पोस्ट गरेको सामग्रीमा आपत्तिजनक कमेन्ट गरेको छ भने उसलाई फ्यान पेजबाटै आउट गरिदिन्छु। 

फेसबुकमा तनाव दिनेहरूलाई कारबाही गर्न साइबर ल कत्तिको प्रभावकारी पाउनुभएको छ ?

कसैले एकाउन्ट ह्याक गरेको अवस्थामा वा अन्य कुनै ठूलो केस भए मात्र साइबर क्राइमले सपोर्ट गर्छ। साना कुराहरूमा केस गरेर साध्य पनि छैन। हामी जस्ता पब्लिक फिगरले कुनै न कुनै नराम्रो कुराको सिकार बन्नुपर्छ भन्ने भैसक्यो। अनि अर्को कुरा फेसबुकमा फेक एकाउन्ट खोलेर दुःख दिनेहरूको परिचय थाहा पाउन गाह्रो छ। किनभने फेसबुकमा आइपी एड्रेस ट्रयाक गर्न गाह्रो छ।

सावधान

हाल नेपालभर करिब २० लाखभन्दा बढीले फेसबुक प्रयोग गर्छन्। तीमध्ये करिब आधाभन्दा बढी प्रयोगकर्ताले मोबाइलमार्फत फेसबुक चलाउँछन्। फेसबुक प्रयोगककर्ताहरूमध्ये १८ देखि २४ वर्ष उमेर समूहका प्रयोगकर्ता अधिक छन्। यद्यपि कतिपयलाई फेसबुक 'बुझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई खुर्पाको बिंड' पनि भैरहेको छ। कतिपयले यसलाई अवसर र प्रतिभा प्रस्फुटनको चौतारीका रूपमा प्रयोग गर्दै आएको भए पनि कतिपयले भने मनोरञ्जन र आक्रोश पोख्ने थलोका रूपमा प्रयोग गर्न थालेका छन्, जसले गर्दा फेसबुकको लोकपि्रयतामा आँच आउन थालेको छ। 

फेसबुकमा व्यक्त विचारहरू अभिव्यक्ति स्वतन्त्रतासँग गाँसिएको भए पनि चरित्र हत्या गर्ने र अश्लील तस्बिर एवं भिडियोहरू राखेर मनपरी गर्नेहरूलाई भने कारबाही गर्नुपर्छ। सामाजिक सञ्जालसँग सम्बन्धित कुनै आचारसंहिता वा नीति-नियम नभएकाले यस्ता विकृति बढ्दै गएको हो। फेसबुकसँग सम्बन्धित अपराधलाई विद्युतीय कारोबार ऐनअन्तर्गत नै कारबाही गरिँदै आएको छ, जसमा पाँच वर्ष कैद सजाय वा १ लाख जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ। 

कतिपय फेसबुक प्रयोगकर्ता लाइक र प्रतिक्रिया वृद्धिका लागि हदैसम्मका सामग्री पोस्ट गर्छन्। अरूले पोस्ट गरेका कुरा विभिन्न ग्रुप र पेजमा सेयर गरिदिन्छन्। यदि कसैलाई त्यस्तो नशा लागेको छ भने सावधान हुनुपर्ने बेला आइसकेको छ। अब स्टाटस लेख्ने मात्र होइन, सेयर र लाइक गर्नेहरू पनि कारबाहीको भागीदार हुने भएका छन्। त्यसैले फेसबुकलाई सदुपयोग गरौं, दुरुपयोग कसैले नगरौं। प्रविधिको सदुपयोगले जति फाइदा पुग्छ यसको दुरुपयोगले त्योभन्दा बढी बेफाइदा गर्छ। 

रामजी बलामी

आफ्नै हेलचेक्य्राइँले दुरुपयोग हुन्छ फेसबुक

सामाजिक सञ्जाल फेसबुकको व्यापकतासँगै त्यसको दुरुपयोग पनि उत्तिकै भैरहेको छ। फेसबुक दुरुपयोग हुनुको प्रमुख कारण हेलचेक्य्राइँ र बेवास्ता नै हो। त्यसैले विश्वका कैयौं मुलुक जस्तै पाकिस्तान, चीन, भियतनाम, बंगलादेश, इरान, उजबेकिस्तान इत्यादि ठाउँमा फेसबुकमाथि सेन्सरसिपसमेत लगाइएको छ भने सञ्चालित मुलुकहरूका कैयांै कार्यालयमा पनि फेसबुकमाथि प्रतिबन्ध लगाउन थालिएको छ। नेपालमै पनि कैयौ सञ्चारगृहलगायत प्राइभेट कार्यालयहरूमा फेसबुकमाथि बन्देज गरिएको छ। अस्ट्रेलियामा फेसबुक चलाएका बखत किचकिच गरेको भन्दै एक महिलाले आफ्नै नाबालक छोरीको समेत हत्या गरेको समाचार आएको थियो। उक्त घटनाबाट पनि बुझिन्छ कि फेसबुकको लत कस्तो हुन्छ ?

अनैतिक तथा असान्दर्भिक कुराहरू ट्याग गरेर बेइज्जति गर्नेदेखि यौनसम्बन्धी अश्लील तस्बिरहरूसमेत अर्काको वालमा राखिदिने गरेको पाइन्छ। यस्तो कार्यले गर्दा पारिवारमा बसेर समेत फेसबुक खोल्न नमिल्ने बेला आइसकेको छ। अरुको च्ारित्र हत्या गर्ने र मानिस जम्मा पार्न प्रयोग हुन थालेको छ फेसबुक अचेल। यसरी नै अर्काको नाममा फेसबुक खोल्ने, पैसा असुल्ने तथा झुक्याउने, नेता तथा कलाकारको नाममा एकाउन्ट खोलेर दुरुपयोग गर्ने, कपी पेस्ट गर्दै प्रख्यात व्यक्तिहरूको तस्बिरमा कुकुर, हात्ती इत्यादिको तस्बिरसँगै जोड्ने जस्ता कार्यले गर्दा फेसबुककै बेइज्जत भएको छ।

कार्यालयमा कर्मचारीहरू फेसबुकमा मात्र भुल्नाले बाध्य भएर बन्द गर्नुपरेको अधिकांशको भनाइ छ। कुनै पनि कुराको सही प्रयोग गरे मात्र लाभ हुन्छ अन्यथा त्यसबाट ठूलो मूल्य चुकाउनुपर्ने हुन्छ। यसरी नै फेसबुकलाई चाहिंदोभन्दा बढी मात्रामा चलाउँदा आफ्नो दैनिक क्रियाकलाप नै लथालिंग हुन पुग्छ। सरकारी कार्यालयहरूमा काम प्रभावित भएको छ भने मिडियाकर्मीहरू पनि यसबाट बच्न सकेका छैनन्। तरकारी के पकाउनेदेखि नुन चर्काे भएको सम्मको स्टाटस राख्नाले आफ्नै साथीलाई अप्ठेरो भैरहेको हुन्छ। विद्युत् कारोबार ऐन, २०६३ अनुसार नेपालमा इन्टरनेटबाट हुने हिंसामा अधिकतम २ लाख जरिवानासहित ५ वर्ष कैद हुने व्यवस्थ्ाा छ। 

वि.सं.२०६६ मंसिरमा प्रहरी अपराध महाशाखामा 'साइबर क्राइम अनुसन्धान सेल' स्थापना गरिएपछि फेसबुक दुरुपयोगसम्बन्धी अनुसन्धान हुन थालेको छ। म्ाहानगरीय प्रहरी अपराध महाशाखामा अहिले दैनिक दुई-तीनवटा उजुरी पर्ने गरेको तथ्यांक छ। मात्र २० वटा उजुरी परेको तथ्यांक छ। फेसबुक आफैंमा नराम्रो होइन, तर हामी आफैंले गर्ने क्रियाकलापले गर्दा यो नराम्रो सावित बन्न पुगेको छ। फेसबुक प्रयोग गर्दा व्यक्तिगत कुरालाई सार्वजनिक नगरी सावधानीपूर्वक उपयोग गर्न सक्नुपर्छ। असावधानी र हेलचेक्य्राइँ गर्नाले नै फेसबुक अपराध बढिरहेको हुँदा यसतर्फ ध्यान पुर्याउनु आवश्यक छ। 

फेसबुकमा झुन्डिनेहरू रिसाहा र खर्चालु

अहिलेको युवा पुस्ता र सोसल नेटवर्किङ साइट पर्यावाची जस्तै भएका छन्। युवा पुस्ता फेसबुक तथा टि्वटरजस्ता सामाजिक सञ्जाललाई आपmनो जीवनशैलीको अभिन्न अंग बनाउँदैछ। सोसल नेटवर्किङ साइटका फाइदा आपmना ठाउँमा छन् तर यसको अत्यधिक प्रयोगले नकारात्मक असर पुर्याउँछ। सोसल साइटको अत्यधिक प्रयोगले सामाजिक, मानसिक तथा शारीरिक समस्याहरू उत्पन्न हुन सक्छन्। आखिर सोसल साइटमा सधैं झुन्डिरहने बानीले कस्तो असर पूर्याउँछ त ?

सामाजिक सञ्जालको लतमा फसेका युवाहरूमा छिटै रिसाउने बानीको विकास हुने खतरा हुन्छ।

जंक फुड तथा स्न्याक्सले पेट भर्ने लत बस्छ र स्वस्थ परिकारप्रति रुचि घट्छ।

 आत्मनियन्त्रण गुम्दै जाने खतरा हुन्छ।

किन हुन्छ यस्तो ?

अनुसन्धानबाट प्राप्त नतिजाका आधारमा विज्ञहरूले सोसल नेटवर्किङ साइटको अत्यधिक प्रयोगबाट व्यक्तिको मानसिक तथा सामाजिक अवस्था एवं व्यवहारमा नकारात्मक असर पूर्याउने ठहर गरेका छन्। सामाजिक सञ्जालले व्यक्तिको सामाजिक दायरा बढाउने सकारात्मक प्रभाव परे पनि यसको अत्यधिक प्रयोगबाट मानिसको आत्मनियन्त्रण गुम्ने, उसले अनियन्त्रित व्यवहार प्रदर्शन गर्नेजस्ता समस्या देखा पर्छन्। सोसल साइटको लतमा फसेपछि मानिस बढी खर्चालु तथा ऋण काढीकाढी मस्ती गर्ने प्रवृत्तिको हुन्छ। किनभने सोसल साइटबाट मानिसले देखासिकी सिक्छ।

यति धेरै नकारात्मक असर हुँदाहुँदै पनि विश्वमा खासगरी युवायुवतीमा सोसल साइट एक अम्मलकै रुपमा विकास भैरहेको छ। हुनत यसका नकारात्मक असर पनि देखिन नथालेका होइनन्। विभिन्न अध्ययनले फेसबुकका कारण समाजमा डिभोर्सको दर बढेको देखाएका छन्। यी अनेक खतराबाट पाठ सिक्दै सामाजिक सञ्जालका प्रयोगकर्ताहरूले चनाखो भएर यस्ता सञ्जाललाई आफू अनुकुल प्रयोग गर्नुपर्छ र लामो समयसम्म साइटमै झुन्डिइरहने बानी त्याग्नुपर्छ।

फेसबुकमा कदापि पोष्ट नगर्नुहोस्

पाँच कुरा फेसवुकमा पोस्ट गर्दा हानिकार हुन सक्छ ! फेसबुक वा इन्टरनेटको कुनै फोरममा पोस्ट गरेका कुराले पछिसम्म पनि दुःख दिन सक्छ। एकपटक पोस्ट गरेपछि उक्त सामग्री इन्टरनेटबाट पूर्ण रूपमा हटाउन  किँदैन। यी पाँच कुरा फेसबुकजस्ता सोसियल नेटवर्किङ साइटमा पोस्ट गर्नु हानिकारक हुन सक्छ ः

निजी तस्बिर वा भिडियो

त्यस्ता तस्बिर वा भीडियो पोस्ट नगर्नुहोस् जुन तपाईं चाहनुहुन्न, तपाईंका साथी वा सहकर्मी, कार्यालयका हाकिम वा परिवार वा अभिभावकले थाहा पाउन्। तत्कालै ती मानिस आफ्नो प|mेन्ड लिस्टमा नभए पनि उनीहरूलाई आफ्नो पोस्ट थाहा पाउन गाह्रो हुँदैन।

फोन नम्बर

फेसबुकमै चिनेको वा दुई-चार पटक च्याट गरेकै भरमा आपmनो फोन नम्बर र घरको ठेगाना नदिनुहोस्।

गाली वा अभद्र शब्द

यदि कसैसँग रिस उठेको छ वा केही कुरा भन्न चाहनुहुन्छ भने फेसबुकमा नलेख्नुहोस्। असभ्य शब्द कदापि प्रयोग नगर्नुहोस्।

बैंकसम्बन्धी जानकारी

कसैले माग्यो भन्दैमा आपmनो बैंकसम्बन्धी जानकारी, एटिएमको पिन कोड आदि नदिनुहोस्। यो निकै खतरनाक सावित हुन सक्छ।

मिनेट मिनेटको खबर

हामीमध्ये केहीमा प्रत्येक कुराको जानकारी फेसबुकमा पोस्ट गर्ने बानी हुन्छ, जस्तै म यहाँ छु, अहिले यहाँ आइपुगे र एक छिनमा त्यहाँ पुग्नेछु। यसले चोरदेखि लुटेरासम्मलाई आफ्नो अवस्था थाहा पाउन सजिलो हुन्छ।

१३ वर्ष नपुग्दै फेसबुकको लत 

सामाजिक सञ्जाल फेसबुकले १३ वर्षभन्दा मूनिका बालबालिकाले फेसबुक एकाउन्ट खोल्न बन्देज लगाएको भए पनि बेलायतमा गरिएको एक अध्ययनले ११ वर्षमुनिका २८ प्रतिशत बालबालिकाले सामाजिक सञ्जाल प्रयोग गरेको देखाएको छ। इयू किड्स अनलाइन प्रोजेक्टले सार्वजनिक गरेको 'नेसनल पर्सपेक्टिभ' प्रतिवेदनमा ९ देखि १० वर्ष उमेर समूहका २८ प्रतिशत तथा ११ देखि १२ वर्ष उमेर समूहका ५९ प्रतिशत बालबालिकाले सामाजिक सञ्जाल प्रयोग गर्ने गरेको पाइएको हो। प्रतिवेदनअनुसार ९ देखि १६ वर्ष उमेर भित्रका बालबालिकाले औसतमा दैनिक १ सय २ मिनेट इन्टरनेट चलाउँछन् जब कि युरोपको औसत इन्टरनेट प्रयोग हुने समय ८८ मिनेट छ।

No comments:

Post a Comment