गर्भावस्थामा अलिअलि पेट दुख्नु स्वाभाविक हो। पाठेघरमा गर्भ रहेपछि यसमा आउने परिर्वतनले पनि पीडा भएको हुन्छ। यस्तो अवस्थामा पानी तथा झोल कुरा प्रशस्त खाने, धेरै बेर भोकै नबस्ने। चिल्ला खानेकुरा भरसक नखाने। अलिअलि पेट दुख्दैमा आत्तिनु हुँदैन, तर धेरै गार्हो भए तुरुन्त प्रसूति तथा स्त्रीरोग विशेषज्ञसँग परामर्श लिनुपर्छ। यस्तो अवस्थामा पिसाबको संक्रमण, ग्यास्ट्राइटिस आदिले गर्दा पनि पेट दुखेको हुन सक्छ। कुनै-कुनै अवस्थामा पेटको पीडा गर्भका लागि खतरनाक वा गर्भको जटिलता पनि हुन सक्ने भएकाले चिकित्सकको परामर्श वा सल्लाहबमोजिम अन्य आवश्यक परीक्षण गरेर औषधि सेवन गर्नुपर्ने हुन सक्छ।
No comments:
Post a Comment