काठमाडौं, भाद्र २१ - एन्ड्रोइड स्मार्टफोन बोक्नेहरुले हरेक फोन कल रिसिभ गर्दा रुपैया कमाउने भएका छन् ।
सिरान टेक्नोलोजीले विकास गरेको क्यासअनएड एप्लिकेसन (एप्प) मोवाइलमा डाउनलोड गरेपछि मोवाइलमा फोनको घण्टीसागै विज्ञापनको भिडियो बज्छ । फोन उठाउनुअघि कम्तीमा ६ सेकेन्ड विज्ञापन हेर्दा मोवाइल धनीको खातामा १ सेन्ट (कम्तीमा १ रुपैयाँ) जम्मा हुन्छ ।
नेपाली कम्पनीले विश्वमै नया प्रकारको यस्तो सेवा बिहीबार सार्बजनिक गरेको हो । झण्डै एक महिनादेखि परीक्षण गरिएको एप सफल भएपछि सार्बजनिक गरिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत सजत श्रेष्ठले बताए । एप्स परीक्षणकै क्रममा १० हजारभन्दा बढी मोवाइल प्रयोगकर्ताले यसलाई डाउनलोड गरिसकेका छन् ।
एफवन सफ्टको सहायक कम्पनीले विकास गरेको यस एप्पलाई केही महिन भित्र भारत, बंगलादेश, श्रीलंका, मलेसिया, फिलिपिन्स, इन्डोनेशिया, ब्राजिल, कम्बोडिया, अमेरिका, सिंगापुर, र संयुक्त अरब इमिरेट्स लगायतका १८ मुलुकमा विस्तार गर्न लागिएको कम्पनीका अध्यक्ष विश्वास ढकालले बताए ।
एन्ड्रोइड सिस्टम भएको स्मार्टफोन प्रयोगकर्ताले गुगल प्ले स्टोरबाट यसलाई डाउनलोड गरेपछि रजिष्टे्रशन गर्नुपर्छ । रजिष्ट्रेशन भैसकेपछि फोनमा विज्ञापन देखिन थाल्छ । हरेक विज्ञापन हेर्दा जम्मा भएको कम्तीमा १ अमेरिकी सेन्ट एफवन सफ्टले डेभलप गरेको इ-सेवामा ट्रान्सफर गर्न सकिन्छ । विदेशमा भने पेपल खातामा रकम ट्रान्सफर गर्न एप्समै बटनको व्यवस्थाछ ।
इसेवामा प्राप्त रकम मोवाइल टपअप गर्न, विद्युत, खानेपानी, टेलिफोनलगायत युटिलिटीको महसुल तिर्न, सिनेमाको टिकट खरिद गर्न, बस, विमानको टिकट किन्न उपयोग गर्न सकिन्छ । उक्त रकम बैंकमा रहेको आफ्नो खातामा जम्मा गर्न, इसेवाका एजेन्टबाट लिन सकिने छ ।
No comments:
Post a Comment