काठमाडौं, पुस ६ - विश्वकप फुटबलको ट्रफी शनिबार नेपाल आइपुगेको छ ।
ट्रफीलाई राष्ट्रपति डाक्टर रामबरण यादवले काठमाडौंको दशरथ रंगशालामा सार्वजनिक गर्नुभएको हो । यो ट्रफीलाई विश्वकप फुटबल जित्ने टिमका कप्तान र कुनै पनि देशका राष्ट्रप्रमुख बाहेक अरुले उचाल्न पाउँदैनन् ।
८९ देश पुग्ने ट्रफीले नेपाल आइपुग्नु अघि ५० देश घुमिसकेको छ । सेप्टेम्बर १२ तारिखका दिन एटलान्टाबाट सुरु भएको यो ट्रफीको यात्रा विश्वकप आयोजना स्थान ब्राजिलमा पुगेर सकिने छ । यो यात्राका लागि ९ महिना लाग्ने छ ।
यात्राका क्रममा ट्रफीले १ लाख ४९ हजार ५ सय ७७ किलोमिटर यात्रा गर्ने छ । ट्रफीलाई डोन्नियल डग्लस ८३ जहाजमा राखेर विश्व घुमाइँदै छ । यो जहाजलाई विश्वकप आयोजक ब्राजिलको झण्डा, कोका कोलाको लोगो र फिफाको लोगोले रंग्याईएको छ । जहाज भित्र ४० जना यात्रु बस्न मिल्ने सिट र ट्रफी राख्ने विशिष्ट स्थान बनाइएको छ ।
No comments:
Post a Comment