(फोटो फिचर)
जनकपुर, मंसिर २२ – त्रेतायुगमा राम र सीताबीच विवाह भएको स्मरणमा जनकपुरमा शनिबार विवाह पञ्चमी मेला लागेको छ । हरेक वर्ष मंसिर शुक्ल पञ्चमीका दिन विवाह उत्सव मनाइने गरिन्छ ।
जानकी मन्दिरबाट निस्कने सीताको डोला अर्थात बेहुली पक्षको टोली र राम मन्दिरबाट निस्कने भगवान रामको डोला अर्थात बेहुला पक्षको टोली जनकपुरको ऐतिहासिक बाह्र विगाहा मैदानमा पुगी भव्य समारोह हुनेगर्छ ।
महोत्सवका बेला जनकपुरधाममा बाजागाजा, झाँकी, भजनकीर्तन र नाचगान सहित निकालिएको डोला हेर्न भक्तजनको घुईंचो लाग्छ । स्वयंवर कार्यक्रम सकिएपछि रामसीताको डोला सहित संयुक्त रुपमा निस्कने शोभा यात्रा जानकी मन्दिरमा पुगेर टुंगिन्छ ।
मन्दिरको प्राङ्गणमा भारतको अयोध्याबाट जन्तीका रुपमा आएका साधु सन्तहरुको उपस्थितिमा राम र सीताको विवाह हुन्छ । विवाह हेर्न हजारौं सर्वसाधारण मन्दिर प्राङ्गणमा पुगेका छन् ।
विवाह पञ्चमीका केही तस्बिरहरु हेर्नुहोस्:
तस्बिरः शैलेन्द्र महतो/उज्यालो ।
No comments:
Post a Comment