मोहन बस्याल/उज्यालो । चितवन, पुस २६ – पूवी चितवनको रत्ननगरमा शुक्रबारदेखि रत्ननगर महोत्सव २०७० सुरु भएको छ ।
रत्ननगरको टिकौली चौरमा सुरु भएको महोत्सवको मुख्य सचिव लीलामणी पौडेलले उद्घाटन गर्नु भयो । रत्ननगर उद्योग वाणिज्य संघ र रत्ननगर नगरपालिकाले सयुक्त रुपमा आयोजना गरेको रत्ननगर महोत्सव माघ ५ गतेसम्म चल्ने छ । महोत्सवको अवसरमा रत्ननगरको नेपाल उच्चमावीदेखी टिकौली चौरसम्म बृहत शोभा यात्रा निकालिएको थियो ।
शोभायात्रामा स्थानीय कला र संस्कृती झल्कने किसिमको भेषभुषा, बाजागाजा सहितका जातीय, धार्मिक, तथा अन्य सामाजिक संघ संस्थाको सहभागिता थियो । चारसय २७ वटा व्यवसायिक स्टल रहने महोत्सवमा करिब १५ करोड रुपैयाँको कारोबार हुने महोत्सवको मेला ब्यवस्थापन समितिका संयोजक ज्ञानबहादुर बिसुरालले जानकारी दिनुभयो ।
कृषिको विकासको लागि महोत्सवमा माछाजन्य व्यवसाय, केरा, डेरी र पोल्ट्री व्यवसायको प्रर्वद्धन गर्ने उद्देश्यले राष्ट्रिय स्तरको गोष्टी तथा सेमिनारको आयोजना गरिएको गोष्टी तथा सेमिनार समितिका संयोजक ईश्वरीप्रसाद अर्यालले बताउनुभयो ।
माघ ४ गते विशेष माछा गोष्टीको आयोजना गरिने उहाँले बताउनुभयो । महोत्सवको करिब ४ लाख दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको मेला व्यवस्थापन समितीका संयोजक ज्ञानबहादुर बिसुरालले जानकारी दिनुभयो ।
No comments:
Post a Comment