Saturday, 31 August 2013

BHAGAVAD GITA SUMMARY IN HINDI (गीता सार) The Bhagavad Gita is the essence of the Vedas and Upanishads. It is a universal scripture applicable to people of all temperaments, for all times. It is a book with sublime thoughts and practical instructions on Yoga, Devotion, Vedanta and Action. Two of the most significant passages of the Gita are Lord Krishna's instructions to Arjuna on the nature of correct actions and the role of God in protecting his devotees. . " खाली हाथ अाए अौर खाली हाथ चले। जो अाज तुम्हारा है, कल अौर किसी का था, परसों किसी अौर का होगा। इसीलिए, जो कुछ भी तू करता है, उसे भगवान के अर्पण करता चल। " "You came empty handed, you will leave empty handed. What is yours today, belonged to someone else yesterday, and will belong to someone else the day after tomorrow. So, whatever you do, do it as a dedication to God! " क्यों व्यर्थ की चिंता करते हो? किससे व्यर्थ डरते हो? कौन तुम्हें मार सक्ता है? अात्मा ना पैदा होती है, न मरती है। जो हुअा, वह अच्छा हुअा, जो हो रहा है, वह अच्छा हो रहा है, जो होगा, वह भी अच्छा ही होगा। तुम भूत का पश्चाताप न करो। भविष्य की चिन्ता न करो। वर्तमान चल रहा है। तुम्हारा क्या गया, जो तुम रोते हो? तुम क्या लाए थे, जो तुमने खो दिया? तुमने क्या पैदा किया था, जो नाश हो गया? न तुम कुछ लेकर अाए, जो लिया यहीं से लिया। जो दिया, यहीं पर दिया। जो लिया, इसी (भगवान) से लिया। जो दिया, इसी को दिया। खाली हाथ अाए अौर खाली हाथ चले। जो अाज तुम्हारा है, कल अौर किसी का था, परसों किसी अौर का होगा। तुम इसे अपना समझ कर मग्न हो रहे हो। बस यही प्रसन्नता तुम्हारे दु:खों का कारण है। परिवर्तन संसार का नियम है। जिसे तुम मृत्यु समझते हो, वही तो जीवन है। एक क्षण में तुम करोड़ों के स्वामी बन जाते हो, दूसरे ही क्षण में तुम दरिद्र हो जाते हो। मेरा-तेरा, छोटा-बड़ा, अपना-पराया, मन से मिटा दो, फिर सब तुम्हारा है, तुम सबके हो। न यह शरीर तुम्हारा है, न तुम शरीर के हो। यह अग्नि, जल, वायु, पृथ्वी, अाकाश से बना है अौर इसी में मिल जायेगा। परन्तु अात्मा स्थिर है - फिर तुम क्या हो?

The Bhagavad Gita is the essence of the Vedas and Upanishads. It is a universal scripture applicable to people of all temperaments, for all times. It is a book with sublime thoughts and practical instructions on Yoga, Devotion, Vedanta and Action. Two of the most significant passages of the Gita are Lord Krishna's instructions to Arjuna on the nature of correct actions and the role of God in protecting his devotees. .

" खाली हाथ अाए अौर खाली हाथ चले। जो अाज तुम्हारा है, कल अौर किसी का था, परसों किसी अौर का होगा। इसीलिए, जो कुछ भी तू करता है, उसे भगवान के अर्पण करता चल। "
"You came empty handed, you will leave empty handed. What is yours today, belonged to someone else yesterday, and will belong to someone else the day after tomorrow. So, whatever you do, do it as a dedication to God! "
  • क्यों व्यर्थ की चिंता करते हो? किससे व्यर्थ डरते हो? कौन तुम्हें मार सक्ता है? अात्मा ना पैदा होती है, न मरती है।
  • जो हुअा, वह अच्छा हुअा, जो हो रहा है, वह अच्छा हो रहा है, जो होगा, वह भी अच्छा ही होगा। तुम भूत का पश्चाताप न करो। भविष्य की चिन्ता न करो। वर्तमान चल रहा है।
  • तुम्हारा क्या गया, जो तुम रोते हो? तुम क्या लाए थे, जो तुमने खो दिया? तुमने क्या पैदा किया था, जो नाश हो गया? न तुम कुछ लेकर अाए, जो लिया यहीं से लिया। जो दिया, यहीं पर दिया। जो लिया, इसी (भगवान) से लिया। जो दिया, इसी को दिया।
  • खाली हाथ अाए अौर खाली हाथ चले। जो अाज तुम्हारा है, कल अौर किसी का था, परसों किसी अौर का होगा। तुम इसे अपना समझ कर मग्न हो रहे हो। बस यही प्रसन्नता तुम्हारे दु:खों का कारण है।
  • परिवर्तन संसार का नियम है। जिसे तुम मृत्यु समझते हो, वही तो जीवन है। एक क्षण में तुम करोड़ों के स्वामी बन जाते हो, दूसरे ही क्षण में तुम दरिद्र हो जाते हो। मेरा-तेरा, छोटा-बड़ा, अपना-पराया, मन से मिटा दो, फिर सब तुम्हारा है, तुम सबके हो।
  • न यह शरीर तुम्हारा है, न तुम शरीर के हो। यह अग्नि, जल, वायु, पृथ्वी, अाकाश से बना है अौर इसी में मिल जायेगा। परन्तु अात्मा स्थिर है - फिर तुम क्या हो?
  • तुम अपने अापको भगवान के अर्पित करो। यही सबसे उत्तम सहारा है। जो इसके सहारे को जानता है वह भय, चिन्ता, शोक से सर्वदा मुक्त है।
  • जो कुछ भी तू करता है, उसे भगवान के अर्पण करता चल। ऐसा करने से सदा जीवन-मुक्त का अानंन्द अनुभव करेगा।

Celebrate Teej SMS Massages Hindi/English|Teej Greetings And Wishes


Teej festival is a celebrated in many states of India and by Khas women of Nepal. Teej is celebrated mostly in Rajasthan,  Haryana, Punjab, and Uttar Pradesh.So we have brought Hindi, English and Bhojpuri SMS Shayari Greetings, messages and wishing quotes for Teej Tyohaar for you.
Teej Ka Tyohaar Hai Umango Ka Tyohaar
Phool Khile Hai Baaghon Mein
Barish Ki Hai Fuhaar
Dil Se Aap Sab Ko Ho Mubarak
Pyara Ye Teej Ka Tyohaar!

May Lord Vishnu bless you with wealth and prosperity on the occasion of Teej.
My best wishes on this Teej.

May Goddess Parvati
spread into your life
Peace, Prosperity, Happiness
and Good Health
Happy Hartalika Teej

Teej Ka Vrat Hai Bahut Hi Madhur Pyaar Ka,
Dil Ki Shraddha Or Sachey Vishvaas Ka,
Bichhiyaa Pairon Mein Ho, Maathe Par Bindiya,
Har Janam Mein Milan Ho Hamara Piya ,

Thursday, 29 August 2013

Bandipur national park view(picture)
















नेपाल को गणतन्त्र नेपाली को कि भारतीय दलाल को ? : नबिन गल्कोटे

नेपाल दक्षिण एशिया को गरीब मुलुक उही गरीबी मार्ग मा जादै छ , 62/63 को आन्दोलन ले नेपाल मा गणतन्त्र नामको राज्यब्यबस्था को सुरुवात भयो । तर यो कहाँ बाट र कसरी आयो भन्ने  कुरा खुल्दै गएका छन । नेपाल मा नेपाली मुक्ती चाहन्छन त्यो मुलत बर्ग मुक्ती हो । हिजो जुन जुन नाउ को आन्दोलन गरे पनि त्यस को मुल उदेस्य नै मुक्ती हो । त्यो मुक्ती नै अहिले बिभाजित छ । म अहिले त्यो मुक्ती भन्दा पनि नेपाल मा स्थापित हुँदै गरेको नयाँ राज्य ब्यब्स्था  को कुरा केही गर्दै छु ।

हिजो एउटा अखबार को न्युज हेरे अनी एउटा वास्तविक राज्य प्रतिनिधि को अन्तर्वाता पढे अनी म अहिले यो  नीचोड् मा पुगे कि अहिले को शासक उही बिदेशी पात्र हो । हामी नेपाल मा भए का नेता हाम्रा नेता मान्थेउ तर त्यो वास्तविक होइन । नेपाली नेता , अनी नेपाली महान देश का चालक को लागि मुल निर्देसक अर्कै रहेछ । अहिले निक्क्कै नाटकिय राजनीति गर्छन् तर वास्तविकता अर्कै रहेछ ।

अहिले नेपाल भरत बाट नै सन्चालित छ त्यो हिजो को राणा काल मा भन्दा पनि अगाडि आएर  भारतीय खुफिया नै प्रत्यक्ष शासन गरेको कुरा उनै खुफिया प्रतिनिथी ले स्विकार गरेका छन । नेपाल मा को मन्त्री को प्रधान मन्त्री हुने अनी को कहाँ जाने सबै खटन पटन् उनै अमरेस् कुमार ले गर्छन् । एउटा लाज्मर्दो नाटक हाम्रा नेता बिना हैसियत को त्यो भारतीय एजेन्ट लाई भेटन जान्छन ।

बरु जे जे हुन्छ हुन्छ सिधा उही अमरेस्लाई नेपाल को राज प्रतिनिधि प्रमुख नै घोसित गर्दा हुन्छ नि किन यो वा त्यो नाटक गर्नु पर्यो । हामी त नेपाल मा नेपाली गणतन्त्र आयो भनेर खुशी थियौ तर दु:ख को कुरा हाम्रो देश मा शाह बंशिय राजतन्त्र को अन्त्य पछी त भारतीय प्रतिनिथी को निर्देशन् मा शासित ब्यबस्था पो आएछ । रास्टिय स्वाभिमान न गुमाए  को  नेपाली अहिले आएर गुमाउदै पो छौ त । अहिले को गणतन्त्र हामी नेपाली को लागि न भएर भारतीय खुफिया एजेन्ट लाई पो आयो त ।

हिजो कहाँ थियो त्यो अंमरेस नाम को जिब अनी आज कहाँ बाट आयो त्यो स्थान मा सबै स्पस्ट हुँदै छ । नेपाली ले न सुने को न चिने को एउटा पात्र हो त्यो तर जब गणतन्त्र आयो अनी आयो त्यो पात्र नयाँ रुप मा । अनी अहिले उसै को खटन पटन् चल्छ नेपाल मा , हामी मान्थियौ कि हाम्रा नेता नेपाली भुमी पुत्र हुन अनी यही भुमी का सन्तति हुन तर यो सत्य होइन रहेछ यि नेता त मात्र भारतीय जागिरदार कर्मचारी पो रहेछन अनी यिनी हरु को हकिम आमरेस् रहेछन । यदी उनी हाम्रा नेता का हाकिम होइनन भने उनी को हुन त ? अनी उन्लाई हिजो राजा लाई भन्दा पनि बढी महत्व किन दिन्छन हाम्रा कथित नेता हरु । जे होस् हामी खाली आँखा ले देखेउ कि अहिले को नेपाल चलाऊने भारतीय प्रतिनिधि उही आमरेस् नै हुन ।

जे होस् नेपाल मा भारत ले कुनै प्रतिनिधि मार्फत शासन गरेको छ अनी हाम्रा नेता उसैको निर्देशन् मा काम गरिरहेकाछन । हुन  त अहिले आमरेस्   छन भोली अर्कै होला तर सत्य कुरा यहाँ भारतीय एजेन्ट मार्फत देश चल्दै छ ।

नेपाल मा अहिले भारतीय राजतन्त्र  कार्यरत छ तर हामी नेपाली ले नेपाली गणतन्त्र आयो भन्नु हाम्रो राजनैतीक रतन्धो पन मात्र हो । अहिले नेपाल देश भारतीय जासुसी प्रतिनिथी अमरेश कुमार ले चलाएको छ अनी हाम्रा कथित ठुला नेता उनी मार्फत काम गरी रहेछन । अनी अहिले सबै ठुला नेता हिजो ज्ञानेन्द्र लाई जसरी  दाम राखेर ढोग्थे आज उही तरिकाले उही भारतीय एजेन्ट लाई धोग्न पुग्छन अनी उसै को निगाह मा बिभिन्न्न पद पाउछन भने  के यो नेपाली गणतन्त्र हो त ? यो खाली आँखा ले देखिने भारतीय राजतन्त्र न भएर के हो त ?

हाम्रो नेपाल के हो ? हामी नेपाली को हौँ ? नेपालीत्व भनेको के हो ? नेपालीपन कस्तो पना हो ? र हामी नेपालीको वास्तविक इतिहास के हो ?


- रुद्र चूडाल            
हाम्रो नेपाल के हो ? हामी नेपाली को हौँ ? नेपालीत्व भनेको के हो ? नेपालीपन कस्तो पना हो ?  र हामी नेपालीको वास्तविक इतिहास के हो ? यी र यस्तै प्रश्नहरूमा स्पष्ट हुन नसक्दा अहिले देशले राजनीतिक निकास पाउन सकिरहेको छैन | विगतका खसवादी  शासकहरुले वास्तविक इतिहासलाई ढाकछोप गरेर झुटो र काल्पनिक इतिहास लेखाएर देश चलाएका हुनाले अहिले यो संकटको स्थिति आएको हो |  
आम नेपालीले बुझेको र बुझाइएको इतिहास के हो भने गोरखा भन्ने एउटा सानो देश थियो | त्यहाँका राजा पृथ्वीनारायण शाह थिए | त्यहाँ वीर र देश भक्त जातिहरु थिए | तिनै वीर गोर्खालीहरुको मद्दतबाट पृथ्विनारायण शाहले युद्ध गरेर काठमाडौं उपत्यका लगायत सबैलाई सैन्य बलले जितेर नेपालको निर्माण भएको हो |तर माथि भनिए जस्तो त्यति सजिलै बल प्रयोग गरेर नेपाल निर्माण भएको छैन | कतिपय ढाकछोप गरिएका एतिहासिक तथ्यहरुलाई राम्ररी केलाएर हेर्न सक्यो भने वास्तविकता बिलकुलै  फरक देखिन्छ | एउटा सानो १२ हजार घरधुरीको देश गोरखा र कुनै जात वर्ग विशेषको देश भक्ति र वीरताले मात्र नेपाल एकीकरण भएको कदापि हुँदै होइन | नेपाल एकीकरण अभियानमा देशका सबै जातजाति भाषाभाषी काठमाडौं उपत्यका, पहाड र मधेशको ठूलो भूमिका छ | राम्ररी खोजी गर्ने हो भने सबै जातजातिहरुले नेपाल एकीकरणमा खेलेको भूमिकाको गौरवमय तथ्यहरु फेला पार्न सकिन्छ | र सबै जात जातिले गौरवका साथ आफूलाई नेपाली भन्ने र राष्ट्रिय भावनाले ओतप्रोत हुने तथ्यहरु फेला पार्न  सकिन्छ |
त्यसबेलाको देखिएको चलन अनुसार  बाहुनले लेखपढको काम गर्ने, राजाको सल्लाहकार हुने, र पौरोहित्य  गर्ने, जैसीले ज्योतिष सम्बन्धी काम गर्ने, राजपूत( ठकुरी ) राजा हुने, खसर मगरले सेनामा भर्ति भैइ लडाई गर्ने, नेवारले व्यापार गर्ने | यसै गरी अन्य जातका पनिकाम विभाजन गरिएका हुन्थे | मधेश तिर पनि यसै गरि जात अनुसारका कार्य विभाजन गरिएका जाति थिए | केही गरी आफुलाई राजा मन परेन भने अन्य देशबाट राजपूत खोजेर ल्याएर राजा बनाउने चलन थियो | काठमाडौंका जनताले राजा बनाउनु भन्दा भन्दा ४ बर्ष पहिले नै पाटनका प्रधानहरुले पृथ्वीनारायण शाहलाई राजा बनाएका थिए | तर उनले उपत्यकामा लगाएको नाकाबन्दी फुकाउने लगायत विभिन्न बिषयमा कुरा नमिले पछि आफु राजा चाहिँ बन्ने तर ललितपुरमा नबस्ने सर्त राखे | उनले भाई दलमर्दन शाहलाई आफ्नो प्रतिनिधिको रुपमा ललितपुरमा राखेका थिए | पाटनका प्रधानहरुले पृथ्वीनारायण शाहका नाममा पैसा समेत निकालेका थिए | तर कीर्तिपुरमा १७६४ सेप्टेम्बरमा  आक्रमण गरेको घटनापछि  पाटनवासीहरु रिसाएर पृथ्वीनारायण शाहलाई पदच्युत गरी  प्रतिनिधिका रुपमा पाटन बसेका उनका भाइ दलमर्दन शाहलाई नै राजा बनादिए |
तत्कालीन अवस्थामा पहाडका सबै जातजातिका आ-आफ्नै देश थिए | तमुवान मगरातमा राजपुतहरु धेरै र्ष पहिले नै छिरी सकेका हुनाले त्यहाँ छुट्टा-छुट्टै अस्तित्वका चौबिसी भनिने देशहरु थिए | उता सुदुर पश्चिमतिर पनि राजपूत धेरै भएकाले राजाको खाँचो थिएन | त्यसैले त्यहाँ बाइसी भनिने टुक्रे देशहरु  थिए | ताम्सालिंग क्षेत्रलाई भने काठमाडौंन्डू उपत्यकाका र मकवानपुरका राजाहरुले हेर्ने गरेका थिए |  तर  उनीहरुले त्यस क्षेत्रमा बाहुनहरूको राजदूत एवं पण्डितका रुपमा र खस, मगरहरूको रक्षकका रुपमा बस्ती बसाएका थिए | काठमाडौंका राजा जय प्रकाश मल्लले नुवाकोटमा जयन्त रानालाई सेना नायक बनाई तैनाथ गराएका थिए | छोरा शंखमणि रानालाई नुवाकोट जिम्मा लगाई जयन्त राना काठमाडौँ आएको मौका पारेर पृथ्वीनारायण शाहलाई नुवाकोटवासीले राजा बनाएका थिए | जयप्रकाश मल्लका अर्का सेना नायक  काशिराम थापा थिए | यिनी काभ्रेपलान्चोकका बगाले थापा थिए | जयप्रकाश मल्लले गोर्खालीहरुका हातबाट नुवाकोट फिर्ता लिने उद्देश्य राखी यिनै थापाको नेतृत्वमा खस र मगरको १३ सय जतिको सैन्य दल तयार गरेका थिए | (पृ.ना.शाह जीवनी पृष्ठ १७२- बाबुराम आचार्य) तर यिनले नुवाकोट फिर्ता गर्न सकेनन् |ठूलो खर्च गरेर १३०० खस मगर सेना तयार पारेर दिँदा समेत नाथे ६०० घर धुरीको नुवाकोट फिर्ता लिन नसकेको आरोपमा जय प्रकाश मल्लले काशिराम थापा र उनका ७ जना सहयोगीलाई मार्न लगाए | राजा मल्लको यस्तो अविवेकी नीतिबाट काठमाडौं उपत्यका वरिपरिका खस र मगरहरु रिसाए | यो घटनापछि उनीहरु पनि भित्र-भित्रै गोर्खाली राजालाई नेपालको राजा बनाउने रणनीतिमा लागेका थिए | तर काशिराम थापाका भाई परशुराम थापा भने भक्तपुरका राजा रणजित मल्लको सेना नायक भ अन्तिम सम्म लडेको पाइन्छ |
 त्यस बेला खस मगरलाई मात्रै लडाएर कसैले राज्य जित्न सक्दैनथ्यो | जनताले पनि साथ दिनु पर्थ्यो | युद्द भैरहेको बेलामा सर्वसाधारण विचमा ढाल बनेर आइदिए भने कसैलाई पनि युद्द जित्न गाह्रो हुन्थ्यो | किन भने गैह्रसैनिक एक जना मात्र मर्यो भने युद्द जिते पनि आफ्नै राजाले सजाय दिन्थे | सुरप्रताप शाहले नेतृत्व गरेको सैन्य दलले भक्तपुर बिजय गर्दा सर्वसाधारणको धेरै मृत्यु भएको र जयप्रकाश मल्लको खुट्टामा गोली समेत लागेको हुनाले  हुनाले पृथ्वीनारायण शाहले उनको काजी पद झन्डै खोसिदिएका थिए |
मकवानपुर विजय गर्नु अघि पनि पृथ्विनारायण शाहले सिन्धुली गढीका जनतालाई हातमा लिएर त्यहाँका खस र मगरलाई मकवानपुरको सेनामा जानबाट रोकेका थिए | (ऐ.पृष्ठ २८२)
उता खुम्बुवान, लिम्बुवानमा भने राजपूत थिएनन् | त्यतातिर भने राई लिम्बूहरुका आ-आफ्नै शक्तिशाली जातीय सरदारहरु थिए | त्यो बेलाको जमानामा आफ्नो क्षेत्रमा जतिसुकै शक्तिशाली भए पनि गै राजपूतले  आफूलाई राजा घोषित गर्न हुँदैनथ्यो | तिनले बाहुनलाई दूतका रुपमा, खस मगरलाई रक्षकका रुपमा, नेवारलाई व्यापारीका रुपमा र अन्यलाई जात अनुसारको कामका लागि राखेको देखिन्छ | लिम्बुवानमा भने मधेशका माडवारीलाई पनि व्यापारको लागि राखेको देखिन्छ | राईका त बीस भन्दा बढी फरक फरक भाषा भएका हुनाले उनीहरुका राज्य पनि बीस भन्दा धेरै थिए भन्ने अनुमान गर्न सकिन्छ | राज्य फरक भए पछि आवत जावत र सम्पर्क कम भएर भाषा फरक पर्दै जाने हो | आफ्नो क्षेत्रमा राजपूत नभए पछि उनीहरुले चौदण्डी, विजयपुरका मधेशी सेन राजाहरुलाई आफ्नो राजा मान्दै आएका थिए | अझ पूर्व तिर सिक्किम र भुटानमा चाहिँ भोटे राजा थिए | तिनले समेत बाहुनलाई दूतका रुपमा, खस मगरलाई रक्षकका रुपमा र नेवारलाई व्यापारीका रुपमा आश्रय दिएर राखेका देखिन्छ |
उता मधेशतिर पनि सबै जातका जातीय सरदार(मुखिया) हुन्थे | सेन राजाहरुले थारु, खस र मगरलाई सेनामा राख्ने गरेका पाइएको छ | अवधका नवाबले समेत बुटवलमा आई पाल्पातिरका खस र मगरलाई सेनामा भर्ति गरी लिएर जाने गरेका थिए | मधेशमा राजपुतहरुको संख्या धेरै भएता पनि युद्द जित्न सजिलो हुने भएकाले बाइसी, चौबिसी जस्ता साना साना टुक्रे देश थिएनन् | पाल्पा, मकवानपुर, चौदण्डी र विजयपुर, ठुल्ठूला  देश थिए | सेन राजाहरु मगरसँग वैवाहिक संबन्ध राखेर पाल्पामा स्थापित भएका राजपूत भएता पनि मधेशसँग बढी घुलमिल र लगाव भएका हुनाले मधेशी जस्तै थिए र उनीहरु गर्मी महिनामा मात्र पाहाडमा बस्ने, अरुबेला मधेश तिरै बस्थे | त्यसैले उनीहरु मधेशी राजाका रुपमा चिनिन्थे | पाल्पाका राजा धेरै जसो बुटवलमा र चौदण्डीका राजा अम्बरपुर(सिरहा,सप्तरी)मा  बस्ने गरेको पाइएको छ | मधेशी राजाहरुका विश्वास पात्र सल्लाहकार भने पहाडी बाहुन भएको देखिन्छ | मकवानपुरका राजाका विश्वासपात्र सल्लाहकार दिनानाथ उपाध्याय दाहाल थिए | उता चौदण्डीका राजाका विश्वासपात्रहरु भने खार्पाली पोख्रेल बाहुनहरू थिए | तर काठमाडौं  उपत्यका(तत्कालीन नेपाल)का राजाहरुका सल्लाहकार र पण्डित चाहिं मधेशी मैथिल बाहुनहरू थिए | अन्तिम अवस्थामा श्रीमती,छोरा, भारदार र जनता सबैले राजा जयप्रकाश मल्लको साथ छाडे पनि मैथिल बाहुनहरुले भने  छाडेका थिएनन् (ऐ -पृ.३४८ बाबुराम आचार्य) |
ता पृथ्विनारायण शाहका खास सलाहकार र गुरु पनि मधेशी बाहुन नै थिए | श्रीहर्ष मिश्र अत्यन्त बाठा, दूरदर्शी र निपुण राजनीतिज्ञ थिए | यी मिश्रको बनारसमा समेत ठूलो मौजा रघरखेत थियो | पृथ्वीनारायण शाह गोरखाको राजा हुने बित्तिकै बनारस यात्राको सम्पूर्ण चाँजो पाँजो यिनै बाहुनले मिलाएका थिए | पढे-लेखेका कुमाई, पूर्विया, मधेशी बाहुन, ज्योतिषी जैसी, नेवार वैद्य, सुरक्षा दलका खस मगरहरु र भरिया समेत गर्दा सय जनाको टोली लिएर पृथ्वीनारायण शाहले बनारसको यात्रा गरेका थिए | बनारस मात्र होइन पृथ्वीनारायण शाहले पटना र प्रयाग(इलाहावाद) को पनि यात्रा गरेका थिए | पृथ्वी नारायण शाहसँग जाने यात्रीहरु मध्ये बाहुनका जाँघमा धोति र काँधमा पछेउरा, अरुलाई लवेदा सुरुवाल, कम्मरमा पटुका, सबैलाई छालाका काने जुत्ता, अंगरक्षकहरु खस र मगरलाई धनुकाँड, तरवार, भाला, सबैका कम्मरमा खुकुरी र बाटोमा खान बस्न समेतको व्यवस्था गर्नुपर्ने भएकोले ठूलो खर्च चाहिएको थियो | त्यो रकम १२ हजार घर धुरी जनसंख्या भएको गोरखाबाट लिएर जान हैसियत नपुग्ने थियो | र सुरक्षाका दृष्टिकोणले पनि धेरै पैसा बोकेर हिँड्न सम्भव नहुने हुनाले पृथ्वीनारायणका गोरखपुरमा रहेका ससुराली र यिनै श्रीहर्ष मिश्रले खर्चको चाँजो-पाँजो मिलाएको अनुमान गरिएको छ | पृथ्वीनारायण शाहका ससुरा दयाराम सिंह गोरखपुरका ठूला जमिनदार राजपूत थिए | बनारसमा केहि समय तिनै मिश्रको घरमा बस्ने व्यवस्था मिलाइएको इतिहासकार बाबुराम आचार्यले अनुमान गरेका छन् (ऐ. पृष्ठ १२५ बा.आ.) । त्यहाँबाट नै पृथ्वीनारायण शाहले भारतको राजनीतिक अवस्था सबै बुझेका थिए | त्यसकारण उनी सबै पहाडी भूखण्डका टुक्रे देशहरु र मधेशका देशहरु एकजुट हुनुको विकल्प नभएको संदेश लिएर फर्केका थिए |
बक्सरको युद्द पछि अंग्रेजहरुले बंगाल र बिहार पूर्णत: कब्जामा लिई सकेका थिए |  त्यसको सोझो असर हिमालय मुनिका टुक्रे देशहरुमा पर्ने नै भयो | त्यसकारण यस भेमा पनि राजा र व्यापारीहरु अंग्रेजका पक्ष विपक्षमा बाँडिए | राजालाई पद जोगाउन कता लाग्दा भलो हुन्छ भन्ने चिन्ता र व्यापारीलाई कता लाग्दा पैसा धेरै कमिन्छ भन्ने दाउ थियो | तर सर्वसाधारणमा भने अंग्रेज विरोधी  भावना फैलिएको पाइन्छ | यस भेगमा आफु-आफु सबै मिलेर एउटा बलियो शक्तिशाली देशको निर्माण गर्नु पर्छ भन्ने भावना बढ्दै गयो | काठमाडौं उपत्यकामा पनि धर्म प्रचारको नाममा इसाईहरु छिरी सकेका थिए | काठमाडौंका जनता बलियो राजपूत खोजेर राजा बनाउन सके हुने थियो भन्ने पक्षमा थिए  | यसै बीच यिनै मैथिल बाहुनहरुको सल्लाह बमोजिम जय प्रकाश मल्लले पृथ्वीनारायण शाहको नाकाबन्दीबाट मुक्त भ सत्ता जोगाउन अंग्रेजको सहायता लिने विचार गरे | रामदास र उमदा नामका दुई व्यापारी र वकिल जयप्रकाश मल्लको संदेश लिएर अंग्रेजकहाँ गए | काठमाण्डौ उपत्यका मधेश र तिब्बत बीचको व्यापार संचालनको लागि कडी थियो | त्यसकारण लाभ हुने देखेर अंग्रेजहरुले जयप्रकाश मल्ललाई सहयोग गर्ने तत्परता देखाए |
जयप्रकाश मल्लका दूतहरुले कसरी नेपाल हान्ने भन्ने सबै विवरण अंग्रेजलाई दिए | अंग्रेजको फौज पटनाबाट हाजिपुर, दरभङ्गा, बघाहा, जनकपुर, सिन्धुली, दाप्चा  पनौती हुँदै काठमाण्डौसम्म पुग्न लाग्ने खर्च, रसद पानीको उपाय, हात-हतियार र बाटाघाटाको सबै विवरण अंग्रेज कप्तान किनलकले प्राप्त गरे | (ऐ.पृष्ठ ३३२ बाबुराम आचार्य) | दाप्चाबाट काठमाडौंतिर लागे पछि अंग्रेजका सेनालाई खानपिनको व्यवस्था सबै आफुले गर्ने जयप्रकाश मल्लले आश्वासन दिएका रहेछन् |  त्यसै  अनुसार किनलकले अंग्रेजी फौजको व्यवस्था गरेर हिड्ने तयारी गरे |
 काठमाडौंका मैथिल बाहुनहरुले जयप्रकाश मल्लको साथ नछाड्नुमा उनीहरुको आफ्नै स्वार्थ र बाध्यता हुन सक्छ | राजाको सल्लाहकार भएपछि राजा बचाउने सल्लाह त दिनै पर्यो | तर आश्चर्य के देखिन्छ भने मिथिलाका मैथिल जनता चाहिँ पूर्ण रुपमा पृथ्वीनारायण शाहका समर्थक थिए | पटनाबाट तैयारी र दलबल सहित जयप्रकाश मल्ललाई सहयोग गर्ने बहानामा नेपाल कब्जा गरौँला भन्ने सपना देख्दै जयप्रकाशका दूतहरुलाई अघि लगाएर किनलक हिँडे |
ता श्री हर्ष मिश्रले पनि अंग्रेजका विरुद्ध मिथिलाको तयारी कसरी गर्ने भन्ने उपाय सहित बंसराज पांडेलाई मिथिला पठाई सकेका थिए | श्री मिश्रका गुप्तचरहरुले अंग्रेजहरु कुन बाटो हुँदै आउँदै छन् भन्ने सबै जानकारी लिइसकेका थिए | पटनाबाट दरभंगा सम्म त अंग्रेजको राज भएको हुनाले सेनालाई खानपिनको र कुल्लीको समस्या भएन | तर जब त्यहाँबाट अंग्रेजी फौज उत्तर लाग्यो उनीहरूले दरभंगा, जनकपुर हुँदै सिन्धुली गढी सम्मकै गाँउबस्ती मानवरहित उजाड देखे | कप्तान किनलकसंगै खानपिन रसदको जिम्मेवारी लिएर हिँडेका अर्का अफिसर हार्डी यो देखेर सशङकित  भए | साथमा ल्याएको रसदले अफिसरहरुलाई त सिन्धुली गढी सम्मै पुग्ने थियो | तर हिन्दुस्तानी सैनिकका लागि भने त्यतिले नपुग्ने थियो | तैपनि अंग्रेजहरु अघि बढ्दै आए | बंगाल, बिहारका कुनै पनि लडाइंमा नहारेका अंग्रेजहरुठूलो आत्मविश्वासका साथ निक्कै दिन लगाएर सिन्धुलिगढ़ी आइपुगे | सिन्धुलिगढ़ीमा पनि सबै गाँउबस्ति खालि देखेर अंग्रेजहरु छक्क परे | गोर्खालीहरु काठमाडौँ नाकाबन्दीमा अल्मलिएका वा हारेर भाग्दै गएका हुन् ? अंग्रेजहरु असमन्जसमा परे | यसरि बाटोका गाँउबस्तिमा कतैपनि लुटपाट र रसद खरीद गर्न नपाएपछि यिनीहरु भोकभोकै भएको निकै दिन भैसकेको थियो | रसद लिन दरभंगा तिर पठाएका मानिसहरु फर्केर आएनन्; मिथिलामै बेपत्ता भए | सिन्धुलीबाट खुर्कोट आँउदा शुरुमै ४ किलोमिटरको ठाडो उकालो थियो | त्यो उकालोमा अङ्ग्रेजी फौज भन्दा पहिला कुल्लीहरु लिएर हार्डी अघि-अघि हिंडे | त्यसपछि गुरिल्ला शैलीमा गोर्खाली फौजले माथिबाट आक्रमण गरेर हार्डीलाई र कुल्लिहरुलाई अलग-अलग पार्न सफल भए | मैथिल कुल्लीहरू पूर्व योजना अनुसार बचेखुचेको रसद, केहि हात हतियार पनि लिएर डाँडा उक्लिसकेका थिए | हार्डी र उनका अङ्गरक्षकहरुलाई टाउकामा नराम्रोसँग गोली, ढुंगा र धनुकाँड लागेको हुनाले उनीहरू आत्तिँदै बन्दुक फालेर भाग्न बाध्य भए | यसैगरी अघि बढ्दै गरेका किनलकका फौजमाथि पनि यस्तै आक्रमण भयो | धेरै दिनदेखि भोकाएका अंग्रेजका २४०० बन्दुकधारी फौज माथि गुरिल्ला आक्रमण गर्दाठूलो क्षति भयो | धेरैलाई नेपाली फौजले लखेट्दै धनुकाँड र तरवार हानेर पनि मारे | यसरी किनलकको फौजको नराम्रोसँग होस् उड्यो र भागाभाग भयो |  किनलक बचे खुचेका र घाइते सदस्यहरुलाई लिएर सिन्धुली फर्कन बाध्य भए | अब त्यही बाटो फर्किंदा दरभंगा सम्मै खानपिनको व्यवस्था हुने सम्भावना पनि थिएन | भोक-भोकै हप्तौँ हिड्नु पर्दा बाँकी बचेका पनि सबै औलो रोग र भोकले मर्ने सम्भावना थियो |  त्यसकारण मिथिलाको बाटो फर्कन किनलक डराए र अर्कै बाटोको खोजी गरे | बाँकी बचेका ७०० जति फौज लिएर खानाको लागि गाँउबस्तीको खोजी गर्दै उनी  बागमती तरेर पश्चिमतिर लागे | त्यसपछि किनलकले बारा, पर्सा र रौतहटमा खानपीन  गरे र त्यहीँ कब्जा जमाएर बसे | ३ वर्षपछिमधेशी राजाका पूर्व सल्लाहकार दिनानाथ उपाध्याय दाहालले पटनाका अङ्ग्रेज हाकिमसँग वार्ता गरी सो भू-भागबाट पनि किनलकलाई हटाए |
यसरी पृथ्वीनारायण शाहका सल्लाहकार श्रीहर्ष मिश्रको योजना मुताबिक मैथिलहरुको सहयोग र ताम्सालिंगका खस, मगर र तामाङ्को वीरताले अंग्रेजहरु पराजित भए | यो आक्रमणको नेतृत्व मिथिलाका मालपोत खजान्ची वीरभद्र उपाध्याय, सिकारी अफिसर बंसु गुरुङ, गोरखाका कालु पांडेका छोरा बंशराज पांडे र काजी श्रीहर्ष पन्थले गरेका थिए | उनीहरुका साथमा जम्मा १५०० जति सेना रहेका थिए | गोर्खाली फौजले अंग्रेजलाई पराजित गरेको  हल्ला चाँडै नै पहाड मधेश सबैतिर फैलियो | न्याय नपाए गोर्खा जानु विद्या हराए हराए काशी जानु भन्ने उखान सुनिरहेका जनता अब गोरखाकै राजालाई नेपालको राजा बनाउने अवसर आएको देखि खुशी भए  होलान् भन्ने अनुमान गर्न सकिन्छ | काठमाडौंका जनता र सबैतिर बाट आग्रह भएपछि पृथ्वीनारायण शाहले ज्योतिषी कुलानन्द ढकाललाई राजगद्दीमा बस्ने साइत हेर्न हुकुम गरे | यसरी जैसीको साइत बमोजिम पूर्णातिथि, स्थिरवार, स्थिरनक्षत्र र स्थिर लग्न पारी २६ सेप्टेम्बर १७६८ मा पृथ्वीनारायण शाह काठमाडौंका जनताको भावनाको सम्मान गर्दै परम्परा अनुसार कुमारीको रथको यात्रा चलाई विधिपूर्वक कुमारीको दर्शन र प्रसाद ग्रहण गरी नेपालको राजगद्दीमा बसे | जय प्रकाश मल्लसँग ३०० जति नगरकोटी सैनिक मात्र बाँकी थिए | खस र मगरसग विश्वास टुटेको हुनाले उनले नगरकोटी सैनिक राखेका थिए | गोरखाका राजाप्रति जनताको अपार समर्थन देखेर कुनै प्रतिकार नगरी उनी ललितपुरतिर लागे | पृथ्वीनारायण शाहका सल्लाहकार श्रीहर्ष मिश्रले काठमाडौं एकीकृत भैसकेको १० दिन भित्रै लालितपुरका प्रधानहरुसँग वार्ता गरी किर्तिपुरको जस्तो घटना अब नदोहोरिने वचन दिँदै पृथ्वीनारायण शाहलाई पुन राजा मान्न आग्रह गरे र ललितपुरका प्रधानहरुले पनि पृथ्वीनारायण शाहलाई पुनस्थापित गर्न सहमति जनाए | (ऐ.पृष्ठ ३५२ बा.आ.)
चौदण्डीका राजा र भारदार बीचको झगडाले त्यहाँका राई सरदारहरु दिक्क भएका थिए | खुम्बुवानका राई सरदारहरु धेरै पहिलेदेखि नै असल राजपूत खोजी गरी राजा थाप्न लालायित थिए | चौदण्डीका जनताको त्यही चाहनाको प्रतिनिधित्व गर्दै बाहुन दूत हरिनंद पोख्रेल र खस अफिसर स्वरुपसिंह कार्कीको टोली काठमाडौं आयो | उता विजयपुरमा पनि राजा र भारदार बीचको झगडाले अन्योल छाएको थियो | सिक्किमका भोटे राजाले यसै कमजोरीको फाइदा उठाउँदै इलाम पाँचथरका केही भू-भाग कब्जा गरिसकेका थिए | त्यसकारण आफ्नो रक्षाका लागि बलियो राजपूत नभेटे फिरंगी या भोटेको चंगुलमा परिने डर उनीहरुलाई थियो |  
यसरी पृथ्वीनारायण शाह नेपालको राजा भएको थाहा पाउने बित्तिकै पूर्वतिर एकीकरणको साह्रै राम्रो माहोल बन्यो | पूर्वबाट धमाधम पठाइएका बाहुन दूतहरुलाई भक्तपुरले सहमति नजनाएसम्म धैर्य गर्न पृथ्वीनारायणले आग्रह गरे | भक्तपुर एकीकृत भएपछि उनले दुतहरुसँगै पूर्वतिर आफ्ना कार्यकर्ता खटाए | ती कार्यकर्ताले खुम्बुवान, लिम्बुवानमा र मधेशमा त्यहींका खस, मगर र खवास(थारु)हरुको सहयोग लिई छिटफुट बिद्रोहीहरुलाई दमन गरी नेपाली राज कायम भएको अनुभूति गराए | पृथ्वीनारायण शाह नेपालको राजा भएको ५ वर्ष भित्रमै पूर्वी तराई, खुम्बुवान, लिम्बुवान एकीकृत भै नेपालको सिमाना मेची नदीसम्म पुग्यो | सिक्किमले पनि कब्जामा लिएको लिम्बुवानको भूभाग फिर्ता दियो |
गोरखाका राजा काठमाडौँका राजा हुँदा सम्म त छिमेकी तनहुँका राजाले खासै गम्भीर रुपमा लिएका थिएनन् | तर पृथ्वीनारायण शाहलाई चौदण्डी र विजयपुरका जनताले पनि राजा माने रे, ललितपुरका प्रधानहरुले पनि फेरि दलमर्दनलाई हटाएर उनैलाई राजा बनाए रे भन्ने सुनेपछि तनहुँका राजा कामारिदत्त सेन ईर्ष्याले भुतुक्क भएका थिए | उनको देश तनहुँ, मधेश सम्म फैलिएको हुनाले म ठूलै राजा हुँ भन्ने उनमा घमण्ड थियो | उनका जनता पनि गोरखाका जति नै १२ हजार घरधुरी थिए | उनको पनि ससुराली पृथ्वीनारायण शाहको जस्तै मधेश तिरै थियो | यसरी आफु सरहको छिमेकी राजपूतको हेर्दा-हेर्दै त्यत्रो उन्नति भएको सहन नसकी डाहाले उनी मानसिक रुपमा विक्षिप्त हुन थालिसकेका थिए | उनले आफ्ना खस र मगरलाई देशको रक्षाका लागि तैनाथ रहन हुकुम गरे | यसै बीच पृथ्वीनारायण शाहका सेना तनहुँ कब्जा गर्न आउँदै छन् भन्ने हल्ला चलेपछि तनहुँका जनता पनि नेपालसँग मिल्नु पर्छ भन्ने पक्षमा देखिए | आफ्नो देश गुमेको देख्नु भन्दा मर्नु जाति सम्झेर राजा कमारिदत्त सेनले आत्महत्या गरे | कमारीदत्त सेनले आत्महत्या गरेपछि उनका भाइ राजा भए | त्यसपछि तनहुँ, लमजुङ् र कास्की समेतले गोरखाका राजालाई नेपालको महाराजा मान्न सहमति जनाए | तर लगत्तै केही महिना पछि नै गोरखाका खसहरुको अहङकारी दुर्व्यवहारका कारण  तिनीहरुले नेपालबाट अलग भै स्वतन्त्र रहने घोषणा गरे |
सिन्धुलीको लडाइ जितेर पृथ्वीनारायण शाह काठमाडौंको राजा भएपछि गोरखाको प्रतिष्ठा एकै पटक ह्वात्तै बढ्यो | सँगसँगै  त्यहाँका जनताको पनि मान र सान बढ्ने नै भयो | त्यसकारण पृथ्वीनारायण शाहको दर्शन पाउन, आफ्नो पनि राजा भइदिन आग्रह गर्न वा सम्पर्कमा रहन बाहिरबाट आएकाहरु गोरखाका खस मगरहरुको चाकरी गर्दथे | त्यसले गर्दा उनीहरु अत्यन्त चढेका थिए | उनीहरु काठमान्डौको धन दौलत भोग्न पाएर विलासी हुँदै गएका थिए | गोरखा भन्दा बाहिरका अरु जातिलाई त परै जावस खस मगरलाई समेत उनीहरु मान्छे गन्दैन थिए | पूर्वको एकीकरणमा महत्वपूर्ण भूमिका खेल्ने खस स्वरुपसिंह कार्की लगायतका महत्वपूर्ण भारदारहरूलाई समेत उनीहरु बेवास्ता गर्दथे | उता नेपालमा एकीकृत भै सकेका तनहुँ, लमजुंग र कास्कीले गोरखाली खसहरुको अहङ्कारकै कारण अलग्गिने निर्णय गरे पछि पृथ्वीनारायण शाह निकै चिन्तित भए | काठमाडौं दरबारमा पूर्वका स्वरुपसिंह सिंह कार्की, र पश्चिम रिसिंगका ब्रजनाथ पौडेल आदि सम्मिलित अगोर्खाली गुट बलियो हुँदै गएको थियो | आफ्ना निकटका भारदारहरु पनि टाढिँदै गएको र आफु एक्लो भएको पृथ्वीनारायण शाहले अनुभव गर्न थाले | गोर्खाली र अगोर्खाली बीचको द्वन्दले उनी निराश भएको देखिन्छ | निकटका सल्लाहकार र आफुलाई माया गर्ने गुरू श्री हर्ष मिश्रलाई पनि उनले अङ्ग्रेजसंग वार्ता गर्न कलकत्ता पठाइसकेका थिए | आफ्ना भाइहरु पनि सबै कोही राज्य पाइएन, कोही भाग पाइएन भन्दै टाढा टाढा हुँदै गएका थिए | एक थरीले उचालेर भाइ महोदमकिर्ति शाह मकवानपुरको राजा हुने षड्यन्त्र गर्दै थिए | कान्छा भाइ काजी सुरप्रताप शाह भक्तपुर पाइएन भनी घुर्की लगाउँदै चौबिसी राज्यतिर गएका थिए | भक्तपुर नियन्त्रणमा लिने क्रममा सुरप्रताप साहको सैन्य दलले ठूलो धनजनको क्षति गराएको हुनाले पनि पृथ्वीनारायण शाह उनीसँग रिसाएका थिए | आफुले प्रतिनिधि बनाई लालितपुरमा राखेका भाइ दलमर्दन शाहले यस अघिनै धोका दिइसकेका थिए | र्का भाई दलजित शाह प्रातापसिंह शाहलाई हटाएर बहादुर शाहलाई नेपालको उत्तराधिकारी बनाउनु पर्छ भन्ने गोर्खाली गुटको नेतृत्व गरेर हिँडिरहेका थिए | आफुले कुन उद्देश्यले नेपाल एकीकरण थालेको थियो त्यसको विपरित गोर्खाली भा-भारदारहरुको चरित्र बिग्रेको देखेर पृथ्वीनारायण शाह निकै चिन्तित भए | आफ्नै भाइभारदारहरुले यसो गर्न थालेपछि अरुले त असहयोग गर्ने नै भए | काठमाडौं बसिरहेमा अवस्था अझै बिग्रने र नेपाल फेरि टुक्रने डर उनलाई भएको हुन सक्छ | त्यसपछि उनले काठमाडौं छोड्ने निर्णय गरे र गोर्खालीको हुल लिएर नुवाकोट गए |  त्यहाँ उनले सबै लोभी, अहंकारी र महत्वाकांक्षी भएका गोरखाका भारदारहरूलाई दुई दिनसम्म अर्ति-उपदेश ( दिव्यउपदेश) दिए | उपदेश दिँदादिँदै उनी धेरै थाकेका थिए | उनलाई ज्वरोले सतायो र आफूलाई त्रिसुली देवीघाट लैजान भने र ९ दिनसम्म घाटमै बिरामी भएर उनले देह त्याग गरे |
नुवाकोटमा अर्ति उपदेश गोर्खालीहरुलाई मात्र दिइएको र त्यहाँ उपस्थिति पनि गोर्खालीको मात्र भएको हुनाले अर्ति-उपदेश टिपेर लेख्नेले पनि गोर्खाली स्वार्थ अनुकुल नै लेखेको देखिन्छ | “पूर्व पश्चिमका खस बाहुनलाई दरबारमा पस्न नदिनु”  “नेपाली सेनामा चार जात खस, मगर, गुरुङ र ठकुरीलाई मात्र जागिर दिनु” यस्तै अरु कतिपय उपदेश गोर्खाली खसहरुले राजाको उपदेश भन्दै आफु अनुकुल लेखाएर प्रचारमा ल्याएको जस्तो देखिन्छ | पृथ्वीनारायण शाहको पालामा कुमाई बाहुनहरू श्रीकृष्ण पाठक, श्री हर्ष पन्त आदिले पनि सफलता पूर्वक सेनाको नेतृत्व गरेका थिए | भक्तपुर नियन्त्रणमा आएपछि उनले श्रीकृष्ण पाठकलाई त्यहाँको जिम्मेवारी दिएका थिए | यसै गरी मिथिलाका मालपोत खजान्ची वीरभद्र उपाध्यायको नेतृत्वमा तामसलिंगका लडाकुहरुले सिन्धुलिगढ़िको लडाइंमा अङ्ग्रेजलाई हराएका थिए | यी यस्ता धेरै तथ्यहरु हुँदा-हुँदै दिव्योपदेशमा पृथ्वीनारायण शाहले त्यसो भने होलान् भनी पत्याउन गाह्रो हुन्छ |
तनहुँका राजाले आत्महत्या गर्नुपरेको तत्कालीन परिस्थितिको अनुमान तथ्यहरुलाई समेटेर स्तम्भकारले  आफै गरेको हो | हुन पनि तनहुँ र गोरखा बाहेक अरु चौबिसे राजाहरु कसैले पनि मधेशी राजपूतका छोरी विवाह गरेको देखिँदैन | त्यसकारण उनीहरु बीच यस्तो ईर्ष्याभाव र प्रतिस्पर्धा पक्कै थियो होला भन्ने अनुमान गर्न सकिन्छ | त्यस बेला वैवाहिक सम्बन्धले नै राजपूतहरुको राज्य कत्रो हुने र भविष्य के हुने भन्ने कुरा निर्धारित हुन्थ्यो | त्यसकारण पृथ्वीनारायण शाहले मधेशी राजपूतकी छोरी मात्र होइन नेवारकी छोरी पनि विवाह गरेका थिए | तमुवान र मगरातमा स्थानीय जातिसँग वैवाहिक सबन्ध राखेर राजपूतहरुले आफ्नो राज्य खडा गर्न सकेको तथ्य पृथ्वीनारायणले राम्ररी बुझेका देखिन्छ | त्यसकारण उनले आफ्नो छोरा प्रतापसिंह शाहलाई पनि नेपालको बलियो राजा बनाउने उद्देश्यले  मधेशी राजपूत र नेवारकी छोरी विवाह गराएका थिए | प्रतापसिंह शाहकी श्रीमती राजेन्द्र लक्ष्मी पनि गोरखपुरकै राजपूतकी छोरी रहिछन् ( ऐ. पृष्ठ ३०६- बाबुराम आचार्य) |
 नेवारी परम्परा अनुसार राजाका उप-पत्नीलाई मैजुरानी र राजाका भाइ चौतारालाई भाजुराजा भनिन्थ्यो | प्रातापसिंह शाहले आफ्नी आमा पट्टिका भाइ बहादुर शाहलाई पन्छ्याउँदै  नेवार्नी आमा पट्टिका भाइ रणसिंह शाह र पश्चिम रिसिंगका बाहुन ब्रजनाथ पौडेललाई चौतारा (भाजु राजा) पदमा नियुक्त गरेको देखिन्छ  (पृ.ना.शाह जीवनी पृष्ठ १७२ बाबुराम आचार्य) | गोरखाका खसहरुको अहङ्कार तोड्ने र नेपाललाई बलियो बनाउने उद्देश्स्यले उनले मूलकाजीको पद पनि मधेशी राजाका खस स्वरुपसिंह कार्कीलाई दिए | तर काजी भन्ने उपाधि पहाडतिर(सम्भवत) गोरखा र चौबिसी राज्य)मा धेरै प्रचलित भएको हुनाले उनले रुचाएनन् | त्यसकारण उनी मधेशी उपाधि ‘दिवान’ स्वरुपसिंह कार्की भनेर प्रख्यात भए | चौतारा (भाजुराजा) पदमा रणसिंह शाह र ब्रजनाथ पौडेल एवं दिवान ( काजी ) पदमा स्वरुपसिंह कार्की नियुक्त भए भन्ने सुनेपछि गोर्खाली खसहरुको अहङकार तोडिएको महसुस गर्दै चौबिसे राज्यहरुले तनहुँ काण्डमा समातेर बन्दी बनाइराखेका गोर्खाली काजी बंसराज पांडेलाई मुक्त गरिदिए | यसरी पश्चिमतिर पनि एकीकरणको माहोल बन्यो |
उता अंग्रेजहरुले पश्चिम भारतमा प्रभाव बढाउँदै लगे पछि बाइसे चौबिसे राज्यहरु पनि नेपालमा सम्मिलित हुने लहर चल्दै गयो |  नेपाल दरवारमा गोर्खाली र अगोर्खाली गुटको शक्ति संघर्ष पनि सँगसँगै थियो | यसै बीच पाल्पादेखि लिएर पश्चिम गढवालसम्मका राजाहरुले नेपालका राजालाई आफ्नो महाराजा मान्न सहमति जनाए  र विशाल नेपालको निर्माण भयो |  यसै बीच काठमाडौंको धन दौलत र मधेशको प्रभावले मात्र विशाल नेपाल एकीकृत भएको होइन यसमा हाम्रो वीरताको पनि केही भूमिका छ भन्दै गोर्खाली खसहरुले आफ्नो महत्व बढाउँदै लागेको देखिन्छ | आफू बलियो हुने रणनीति अन्तर्गत रणबहादुर शाहलाई बस्नेतकी छोरी विवाह गराउन उनीहरु सफल पनि भए | तर नेपाललाई बलियो र शक्तिशाली बनाउने उद्देश्यले पूर्व र पश्चिमका भारदारहरुले मधेशी बाहुनी पट्टिका छोरा युवराज गीर्वाणलाई राज गद्दीमा राखेमा राजाप्रति पहिलेको भन्दा दोब्बर भक्ति गर्छौं भन्ने धर्म पत्र गरिदिए (नेपालको संक्षिप्त  वृतान्त बाबुराम आचार्य पृष्ठ १०६) | लगभग ९५ जना भारदारको हस्ताक्षर भएको गीर्वाणका पक्षमा पत्रहरु प्राप्त भए पछि जनमतको कदर गर्दै राजा रणबहादुरले बस्नेतकी छोरी माहिली रानी सुवर्ण प्रभाबाट जन्मेका जेठा छोरा रणदत्त शाहलाई रोलक्रमबाट हटाए |  यसरी आफु जीवित छँदै राजा रणबहादुर शाहले मधेशी बाहुनी पट्टिको छोरा डेढ बर्षको गीर्वाणयुद्द विक्रम शाहलाई राजा बनाएका थिए | उनले पाल्पाका राजा पृथ्वीपाल सेनको हातबाट छोरालाई राजमुकुट पहिराएका थिए | पाल्पाको पहुँच मधेशको ठूलो भू-भागमा भएको हुनाले पाल्पाका राजाबाटै राजमुकुट पहिराउनुमा उनको राजनीतिक स्वार्थ पनि देखिन्छ | यसरी छोरालाई राजा बनाएपछि भाजुराजाहरु दाजु बिदुर शाह र भाइ शेरबहादुर शाहलाई देश जिम्मा लगाई  बनारस हिंडेका थिए | उनले पाल्पाली राजा पृथ्वीपाल सेनलाई पनि अभिभावक भएर काठमाडौँ बस्न आग्रह गरेका थिए | त्यसबेला नेपाली राजनीतिमा धेरै किचलो भैरहेको थियो | सम्भवत पृथ्वीनारायण शाहले जस्तै कलहको निका खोज्दै उनले काठमाडौं त्यागेका थिए | तर खसवादी इतिहासलेउनलाई चरित्रहीन पागल प्रेमीका रुपमा व्याख्या गर्न रुचाएको पाइन्छ |
भीमसेन थापाले रणबहादुर शाहलाई बनारसबाट फिर्ता लिएर आएर कसरी देशमा ठूलो हत्याकाण्ड मच्चाए भन्ने विवरण अर्को स्तम्भमा दिइने छ | सो हत्या काण्डपछि नै देशमा खसवादको जग बसेको थियो | सर्वप्रथम भीमसेन थापाले देश भरिका सबै बाहुनका बिर्ता खोसिदिए | यो घटनालाई इतिहासमा बैसठ्ठी हरणका नाममा चर्चा गरिएको छ | बाहुनहरु कहीं कसैको दूत भई कुरा गरेर हिड्न नसक्ने गरी उनले निरङ्कुश शासन चलाए | बाहुनलाई लेखपढ गर्न प्रतिबन्ध लगाइयो | उपत्यकाबाट बाहुन क्षेत्री र नेवार बाहेक अन्य जातकालाई निष्काशन गरिएका तथ्यहरु पनि भेटिएका छन् | बाहुनहरू कसैले उनको हित विपरित हिँडेको, बोलेको थाहा भएमा त्यस्ता बाहुनको जनै चुँडाएर दलित बनाइन्थ्यो | राजा रणबहादुर शाह र उनका दाजु भाइहरुको मात्र होइन, पृथ्वीनारायण शाहका दाजु भाइका सन्तान समेत खोजी--खोजि भीमसेन थापाले मार्न लगाए | नेपालको शासन सत्तामा गोर्खाली र अगोर्खाली बीचको संघर्षमा अन्ततः भीमसेन थापाले गोर्खालीकै राज कायम गराए | उनले बसालेको खसवादको यो जगलाई राणाहरुले पनि निरन्तरता दिए | 
पृथ्वीनारायण शाहले आफूलाई राजा थाप्न आउनेहरुको राज्य कुलानन्द ढकाल जैसीलाई ज्योतिष हेराएर, साइत जुराएर मात्र ग्रहण गर्ने गरेका थिए | त्यो सबै रेकर्ड श्री ढकालले आफ्नो घर गोरखाको बोर्लांगमा राखेका थिए | पृथ्वीनारायण साहले श्री ढकाललाई गोरखाको बोर्लांगमा बिर्ता दिएका थिए | भीमसेन थापाले त्यो सबै घरखेत सर्वस्वहरण गरी त्यहाँ आफ्नो हवेली बनाए | कुलानन्द जैसीका सन्तानलाई त्यहाँबाट निष्कासन गरे | जैसिका सबै रेकर्ड हिनामिना गरिदेएका हुनाले आज हामीले वास्तविक इतिहासबाट वन्चित हुनु परेको छ (पृथ्वीनारायण शाह जीवनी- पृष्ठ ३१९ बाबुराम आचार्य) | यसरी देशका सबै जात जातिलाई दबाएर भीमसेन थापाले देशलाई कमजोर बनाए | देशमा ठूलो असन्तुष्टि फैलियो | कुमाउ गढ़वालकाहरुले नेपालको अधीनमा बस्न नसक्ने घोषणा गरे | यता नेपाली दूदुत भएर अंग्रेजहरुको निरन्तर सम्पर्कमा बसेर मधेश जोगाइरहेका बाहुनहरु गजराज मिश्र र चन्द्र शेखर उपाध्याय दाहाल पनि थापासँग रिसाए | मधेशमा मालपोत प्रशस्त उठ्ने भएको हुनाले अंग्रेजहरु नेपाललाई पहाडमा मात्र सीमित राख्नु पर्छ भन्ने दाउमा थिए | यो बुझे पछि अंग्रेजहरुले आक्रमण गरे र देशले दुइ तिहाई भूभाग गुमाएर सुगौली सन्धि गर्नु पर्यो |
सबै तथ्यहरुलाई समेटेर विश्लेषण नगरिए सम्म हाम्रो वास्तविक इतिहास के हो भन्न सकिएको छैन |
सुगौली सन्धिमा हस्ताक्षर गर्ने गजराज मिश्र ठूला शक्तिशाली मधेशी बाहुन थिए | प्रतापसिंह शाहको निधन पछि भएका नेपाल दरबारको गोर्खाली, अगोर्खाली क्ति संघर्षमा कहिले राजेन्द्र लक्ष्मीले बहादुर शाहलाई थुन्ने कहिले बहादुर शाहले राजेन्द्र लक्ष्मीलाई थुन्ने घटना भै रहेको थियो | यस्तो बेलामा गजराज मिश्रले हस्तक्षेप गरी दुवैलाई छुटाउने गरेका थिए | नेपाल दरबारमा यस्तो बलियो पकड बनाएर द्वन्द हुन नदिने  गजराज मिश्रले भीमसेन थापालाई रोक्न किन सकेनन ? सुगौली सन्धिमा हस्ताक्षर गर्ने अर्का व्यक्तित्व चन्द्रसेखर उपाध्याय दाहाल(पूर्व परराष्ट्रमन्त्री शैलेन्द्रकुमार उपाध्यायका पूर्वज)ले मुजफ्फरपुरमा ठूलो बिर्ता पाएको देखिन्छ | आफ्ना पूर्वज र आफुले जोगाएर राखेको मधेश गुमाएर उनी मुजफ्फरपुरको बिर्ता लिएर अंग्रेजको अधीनमा बस्न किन राजी भए होलान ? दामोदर पाण्डेको हत्या भएपछि भारततिर भागेर ज्यान बचाएका उनका छोराहरुलाई चन्द्रशेखरकै दवाबमा भीमसेन थापाले नेपाल फर्काएर जागिर खुवाउन बाध्य भएका थिए | त्यत्रो हत्याकाण्ड गरेर स्थापित हुन सफल थापा, आखिर चन्द्र शेखरसँग किन डराउँथे ? दामोदर पांडेका छोरा रणजंग पांडेले ३१ बर्ष एक त्र सासन चलाएका भीमसेन थापालाई पतन गराउन कसरी सफल भए ? गोर्खाली काजीको सन्तान भएर पनि उनी किन मधेशी उपाधि दिवान रणजंग पांडे भएर नेपालको सासन सत्तामा स्थापित हुन रुचाए ? आफ्ना बाबु दामोदर पांडे र हजुरबा कालु पाण्डेले पाएको गोर्खाली काजी पदमा बसेर रमाउन उनी किन मानेनन् ? अनि फेरि कसरी गोर्खाली खसहरु कोतपर्व मच्चाएर खसवाद पुनर्स्थापित गराउन सफल भए? गगनसिंह खवासको हत्या कसले किन गर्यो ? गगनसिंह खवास को थिए ? हत्याको दोष उनका छिमेकी लाल झालाई किन लगाइयो ?
यी सबै प्रश्नहरुको जवाफ हामीले भेट्न वास्तविक इतिहासको खोजी गर्नुपर्ने बेला भएको छ | 
 जंगबहादुरले लखेटेका राजेन्द्र बिक्रम शाह बनारसमा अखवारमा लेख निकाल्थे भन्ने जानकारी सुन्नमा आएको छ | तिनले के लेख्थे होला? पृथ्वीनारायण शाहको एउटा औला ठड्याएको फोटो देखाउदै एकात्मवादी यही हो भन्दै माओवादीहरु किन हिंडिरहेका छन् ? हामी पनि देशको लागि लड्न सक्छौ | हामीलाई पनि समूहगत प्रवेश गराई सेनालाई समावेशी बनाऔं भन्ने मधेशीहरुलाई माओवादीहरुले किन सहजै बिखण्डनकारी भनिरहेका छन् ? खस, मगर, गुरुङ, ठकुरीले मात्र देशको लागि लड्छन् , अड्डा, अदालत र लेखापढीको काम बाहुनको मात्र हो भन्ने अठारौं शताब्दीको प्रतिगामी सोचबाट माओवादीहरु किन बाहिर आउन सकिरहेका छैनन् ? अहिले हामी सबै देश प्रेमी नेपालीले बुझ्नु पर्ने बेला भएको 6ina?

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । 

Wednesday, 28 August 2013

: Nepal celebrate Lord Krishna's birth today

Janmashtami, the birthday of Lord Krishna is celebrated with great devotion and enthusiasm in Nepal in the month of August. According to the Hindu calendar, this religious festival is celebrated on the Ashtami of Krishna Paksh or the eighth day of the dark fortnight in the month of Bhadon.

The actual celebration of Janmashtami takes place during the midnight as Sri Krishna is believed to be borned on a dark, stormy and windy night to end the rule and violence of his uncle, Kansa. All over India this day is celebrated with devotional songs and dances, pujas, arti, blowing of the Conch and rocking the cradle of baby Sri Krishna.

The Janmashtami celebration of Mathura and Vrindavan, the places where Sri Krishna had spent his life, are very special. On this day, temples and homes are wonderfully decorated and illuminated. Night long prayers are offered and religious mantras are sung in the temples.





Friday, 9 August 2013

बुटवलमा दर्दनाक दुर्घटना १ को मृत्यु ,१ गम्भिर ( फोटो फिचर सहित )


बुटवल,साउन २५आज बिहान बुटवलको नया वसपार्क अगाडी भएको दुर्घटना परी १ जनाको ज्यान गएको छ । अर्का १ जना गम्भिर घाइते भएका छन् । लु.१ ख ६०१५ नम्बरको ट्रकले लु.११ प.४४६५ नम्बरको मोटरसाईकललाई ठक्कर दिंदा मोटरसाईकलको पछाडि सवार विश्व श्रेष्ठको घटना स्थलमै मृत्यु भएको हो ।


सोही मोटरसाईकलका चालक पुरन राना घाईते भएको प्रहरीले जनाएको छ । बुटवलबाट भैरहवातर्फ गैरहेको ट्रकले सोही दिशामा गुडिरहेको मोटरसाईकललाई ठक्कर दिएको थियो । उनिहरु दुबै जना गुल्मी वामीटक्सार १ निवासी हुन् केहि समयदेखि उनीहरु बुटवल मिलनचोमा बस्दै आएका थिए ।


घाइते रानाको टाउको र कानमा गहिरो चोट लागेको छ उनको लुम्बिनी अञ्चल अस्पताल बुटवलमा उपचार भइरहेको छ । ठक्कर दिने ट्रक र चालकलाइ वडा प्रहरी कार्यालय रामनगरले नियन्त्रणमा राखेको छ ।

Friday, 2 August 2013

फरार 'दाइ नाइके' पक्राउ


     

नेपालगन्ज, श्रावण १८ - योजनाबद्ध ढंगले बाँके जिल्ला कारागारबाट फरार भएका एक 'दाइ नाइके' लाई प्रहरीले दुई महिनापछि पक्राउ गर्न सफल भएको छ । जिल्ला, अञ्चल र क्षेत्रीय प्रहरी कार्यालयको संयुक्त टोलीले मनिकापुर ८ का ४५ वर्षीय  सैफु नाउलाई बुधबार साँझ बर्दियाको सीमावर्ती कण्ठपुरबाट पक्राउ गरेको हो । ५१ प्रतिशत कैद भुक्तान गरिसकेका नाउले फरार भएपछि भारतमा बसेर आफ्नाविरुद्ध जाहेरी दिने र साक्षी बक्ने गाउँलेविरुद्ध 'हत्या योजना' बनाइरहेको अवस्थामा पक्राउ गर्न सफल भएको दाबी प्रहरीले गरेको छ । जिल्ला अदालतले कर्तव्य ज्यान मुद्दाका अभियोगी नाउलाई ०६० जेठ २८ गते २० वर्ष कैद सजायको फैसला सुनाएको थियो ।

योजनाबद्ध ढंगले गत जेठ २० गते जिल्ला कारागार कम्पाउन्डबाट उनी भाग्न सफल भएका थिए । पहिल्यै सहयोगीसहित बाहिर राखिएको मोटरसाइकलमा चढेर नाउ फरार भएका थिए । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक भुपालकुमार भण्डारीले उनी भागेर भारतको नानपारा पुगेको सूचना प्राप्त भएपछि टोली परिचालन गरिएको र दुई महिनाको मिहिनेतपछि पक्राउ गर्न सफल भएको बताए ।

क्षेत्रीय प्रहरी कार्यालय सुर्खेत, अञ्चल प्रहरी कार्यालय भेरी र जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको विशेष संयुक्त दस्ताले सुराकीका आधारमा कालिका ६ कण्ठपुर, बर्दियाबाट उनलाई पक्राउ गरेको हो । टोलीको नेतृत्व गरेका डीएसपी प्रकाश मल्लले भने, 'भागेर भारतको नानपारा पुगेका नाउले त्यहाँ हतियार र सस्तो चोरीको मोटरसाइकल खोजिरहेको सूचना प्राप्त भयो । उनका विश्वासका मान्छेलाई प्रयोग गरेर त्यस्ता मोटरसाइकल नेपालमा पाइने प्रलोभन देखाएर सीमावर्ती गाउँमा बोलाएर पक्रेका हौं ।' कण्ठपुर सीमावर्ती भारतको बलैगाउँ ससुराली भएका नाउलाई प्रलोभनमा पारेर बोलाउन सफल प्रहरीले झन्डै आधाभन्दा बढी सजाय भुक्तान गरेर 'दाइ नाइके' भइसकेका नाउको सजाय थप हुने जनाएको छ ।

'अहिले राजतन्त्र फर्किने सम्भावना छैन’

image

काठमाडौ, श्रावण - लाग्छ, पूर्वप्रधानसेनापति रुक्मांगद कटवालका निम्ति चर्चा र विवाद अभिन्न अंग हुन् । सेनापति छँदा मात्र होइन, सेवानिवृत्त जीवनमा पनि उनको यो छवि मेटिएको छैन । अनि सँगसँगै विरोधाभासले पनि पिछा छाडेको छैन । तत्कालीन राजदरबारको छत्रछायामा हुर्के-बढेको भनिएका कटवालले सेनापतिका रुपमा गणतन्त्र कार्यान्वयनलाई सघाएका थिए । फर्केर हेर्दा त्यो प्रक्रिया विधानसम्मत नरहेको ठान्छन्, तर अन्य राजावादीहरुझैं राजतन्त्र र्फकन सक्ने मत राख्दैनन् । प्रस्तुत छ, उनीसँग कान्तिपुरका सुधीर शर्मा र सरोजराज अधिकारीले गरेको कुराकानीको सम्पादित अंश:

धेरै अवकाशप्राप्त मानिस प्रायः गुमनाम हुन्छन्, तर तपाईं बेलाबेला चर्चामा आइरहनुहुन्छ, आउन चाहनुहुन्छ । कतै तपाईंले आफूलाई अवकाश नै नपाएझैं ठान्नुभएको त होइन ?

मैले आफ्नो बिदाइ कार्यक्रममा भनेको थिएँ, 'जनरल्स नेभर रिटायर, नाइदर दे विल बि टायर्ड ।' मैले थाहा पाएअनुसार यो जनरल म्याकार्थरले भनेको कुरा हो । नेपालमा धेरै मानिसहरू 'रिटायर्ड' भएपछि सार्वजनिक गतिविधिमा आएको देखिँदैन । तर अहिले त सरकार नै अवकाशप्राप्तहरूको छ । सन्दर्भ त त्यस्तो पनि हुन्छ कहिलेकाहीं । मेरो सन्दर्भमा आफ्ना सामाजिक कुराहरू, जनसम्पर्कमा कमी आएको छैन । यी विभिन्न कारणले गर्दा चर्चामा आउने अवस्था सिर्जना भयो । विदेशी संघसंस्थाले पनि बोलाइराखेका हुन्छन्, गइरहेको हुन्छु । कतिपय बेला त पार्टी खोल्न लाग्यो भनेर पनि चर्चा भयो । पश्चिमतिर त मेरा नाममा पर्चा नै बाँडियो । मैले पत्रकार सम्मेलन गरेरै पार्टी खोल्न लागेको छैन, अरू कुनै पार्टीमा जाने योजना पनि छैन भन्नुपर्यो । वास्तवमा पार्टी सञ्चालन गर्ने वा पार्टीमा काम गर्ने मेरो खुबी नै छैन । केहीअघि एकजना पूर्वप्रधानमन्त्रीले नै 'तपाईं त फलानो पार्टीमा लाग्नुभएछ' भनेर सोध्नुभयो । अर्को कसले राप्रपा नेपाल प्रवेश गर्नुभएछ भनेर सोधे ।

तपाईं पर्दाभित्रको राजनीतिमा सक्रिय भएकाले त्यसो भनिएको हो कि ?

यसलाई सक्रिय राजनीति भन्ने कि के भन्ने ? सामाजिक प्राणी भएकाले सबै पार्टीका मानिससँग मेरो संगत छ । सबैलाई चिन्छु । मेरा विरोधीलाई पनि बोलाउँछु । विरोधीले मेरा कमीकमजोरी औंल्याउँछन्, आफूलाई सच्याउन पाइन्छ ।

अवकाश प्राप्त सेनापतिका रूपमा हेर्दा मुलुकको राजनीति कता गइरहेको छ जस्तो लाग्छ ?

हामी सही दिशामा गइरहेको जस्तो लाग्दैन । नेपालका नेताहरू नेपाल र नेपालीको भविष्यप्रति खासै चिन्तित भएको पाएका छैनौं ।  

नेताहरूले संविधानसभाबाट संविधान लेख्ने, संक्रमणकाल चाँडै अन्त्य गर्ने प्रयास त गरिरहेकै छन् नि । तपाईंले त्यो कोसिसलाई नजरअन्दाज गरेझैं लाग्दैन ?

मैले उहाँहरूको कोसिसलाई नजरअन्दाज गरें भन्ने लाग्दैन । म एकजनाले गरेर खासै फरक पर्ने त होइन । मैले नजरअन्दाज गरे पनि अरू नेपाली पनि छन् नि, पौने तीन करोड जनता छन् । धेरै विद्वान्, देशभक्त, प्रजातन्त्रवादी छन् । मैले गरे पनि तिनले त नजरअन्दाज गर्दैनन् । उहाँहरूले नै यो ठीक भएन, ऊ ठीक भएन भनिराख्नुभएको छ । संविधानसभाले चार वर्षमा किन संविधान लेख्न सकेन भन्ने कुराको निराकरणका लागि अहिले पनि खासै के भएको छ ? चुनाव नै भइहाल्यो भने पनि संविधान लेख्न सक्छन् कि सक्दैनन् भन्ने प्रश्न यथावतै छ । संविधान लेख्न नसक्नुका कारणबारे छानबिन भएको छैन । अहिले हाम्रा नेताजीहरू संविधानसभाको चुनावको भाषण दिएर त हिँड्नुभएको छ तर संविधानसभाको चुनाव चाहेको खासै देखिंदैन । अहिलेको सन्दर्भमा सबैले भनिरहेका छन्, मलाई पनि के लाग्छ भने मंसिर ४ गते चुनाव हुँदैन ।

नेताहरूप्रति तपाईंको यति धेरै वितृष्णा किन ?

आठ वर्ष पुग्न लाग्यो, 'सो कल्ड' दोस्रो जनआन्दोलन भएको । त्यसयता हाम्रा मुख्य नेताहरू दिनहुँ नभए पनि हप्तामा एकपटक त विभिन्न स्थानमा भेट गरिरहेका हुन्छन् । ती भेटघाटमा हुम्ला, जुम्लामा चिनी, नुन, खाद्य कसरी पुर्याउने, मनसुनमा कोसीमा बाढी जान्छ, त्यसलाई कसरी रोक्ने भन्ने विषयमा कुराकानी भएको मैले कुनै पनि सञ्चारमाध्यममा सुनेको छैन । यस्ता राष्ट्रिय विषयमा यिनीहरू बसेर छलफल गर्दैनन् । तर प्रधानमन्त्री को हुने ? कसले कति सिट पाउने भन्ने छलफलकै परिधिभित्र बसेपछि जनताले विश्वास गर्ने ठाउँ अति नै कम हुन्छ । अहिले भएको त्यही नै हो ।  

तपाईंले 'सो कल्ड’ भनेको जनआन्दोलनमा सहभागी जनता र अहिले तपाईंले भनेका जनता भिन्नै हुन् ? तपाईंले त यो समग्र प्रक्रिया नै ठीक भएन भनिरहनुभएको छ । यो सबै जनताकै चाहनामा भएको होइन र ?

तपाईंलाई म ठाडै भनौं, जनताका चाहनाहरू अकस्मात् उर्लिएर आए । त्यसबेला खास गरेर दरबारका दरबारियाहरूको क्रियाकलापले गर्दा जनतामा एक किसिमको ठूलो असन्तुष्टि आयो । नेताहरूले त केही गर्लान् भन्ने ठूलो आशा थियो र परिवर्तनप्रति जनताको चाहना प्रकट भयो । तर अहिले आठ वर्षमा योभन्दा त त्यसैबेला ठीक थियो, शान्ति सुरक्षा कायम थियो, महँगी थिएन, विदेशीले मनपरी गर्न, आइएनजीओ/एनजीओ यसरी शक्तिशाली भएर राज्यका संरचनालाई यति धेरै कमजोर पारिएको थिएन भन्ने कुरा जनतामा सर्वत्र पि+mजियो ।

तपाईंले जुन बेलाको उदाहरण दिनुभयो, त्यसबेला त हामी चरम द्वन्द्वबाट गुजि्ररहेका थियौं । मुलुक गृहयुद्धको डिलमा थियो । दिनहुँ धेरै मानिस मरिरहेको अवस्था थियो । त्यसबाट त हामीले छुटकारा पायौं । संक्रमण निकै लम्बिएको उदाहरण त अन्यत्र पनि छन् । नेताहरूले कोसिस गरिरहेको अवस्थामा तपाईं अलि बढी नै प्रतिक्रियात्मक भएझैं लाग्दैन ?

जनता छिटोछिटो परिवर्तन चाहन्छ र उनीहरूको आशा नेताहरूले नै धेरै जगाइदिनुभयो । कहिले सिंगापुरको त कहिले स्विट्जरल्यान्डको कुरा गर्दिनुभयो । कहिले मेलम्चीको पानी ल्याउने कुरा भयो तर त्यही मेलम्चीको कुरा हुन थालेको कति वर्ष भयो ? जनताले पानीसमेत खान पाएनन् । प्रतिबद्धता पूरा नभएपछि जनतामा निराशा त आउने भयो नै । हामी जनता विदेश जान्छौं, टेलिभिजन, इन्टरनेट हेर्छौं, विश्वका विभिन्न मुलुकमा ८/१० वर्षमा भएका प्रगतिसँग हाम्रो अवस्था दाँज्छौं । हाम्रो त भएका संरचना पनि बिगि्रए । माओवादी द्वन्द्वकालमा अर्बौं रुपैयाँका भौतिक संरचना जुन वीभत्स रूपमा नष्ट पारिए, ती पनि बन्न सकेका छैनन् । यो त जनताले देखिरहेका छन् ।   

तपाईंमा नेताहरूप्रति यति धेरै वितृष्णा कहिलेदेखि पलाएको हो ?

मेरो वितृष्णभन्दा पनि जनतामा वितृष्णा जाग्यो, जुन राम्रो होइन । प्रजातान्त्रिक पद्धतिमा नेताप्रति वितृष्णा जाग्नु भनेको व्यवस्थाप्रति नै वितृष्णा जागेको ठहर्छ । राज्यका संरचना, संगठनको साख गिर्दै जानु, गैरराज्य र राज्यविरोधी पक्षको बोलवाला बढ्दै जानु, तिनीहरूले त्यही नेताबाट आश्रय पाउनु, कानुन मिचिनुजस्ता कुराले जनतामा वितृष्णा जाग्नु स्वाभाविक हो । त्यहीमध्येको एउटा जनता म पनि हुँ । मैले नि त्यही भोगिरहेको छु । म एउटा ठूलो संस्थाको हाकिम भएर अवकाश पाएको मान्छे, तर चार वर्ष भयो धाराको पानी कस्तो हुन्छ देखेको छैन । म त दुःख, सुख गरेर किनेर खाइरहेको छु, अरूको पीडा कस्तो होला ? जबर्जस्ती अपहरण, चन्दा आतंक छ । मानिसले खान पाइरहेका छैनन् । त्यसैले म नेताहरूलाई अनुरोध गर्छु, तपाईंहरू एक ठाउँमा बस्नुहोस्, अब अति भइसक्यो । म पहिला नेपाली हुँ, हामी सबै पहिला नेपाली हौं र हामीलाई नेपाल भन्ने धर्ती चाहिन्छ भन्ने सोच्नुहोस् । यो नेपाललाई सार्वभौम र स्वतन्त्र राख्न, राष्ट्रिय अखण्डता र सम्प्रभुता बचाउन राष्ट्रिय मूल नीति बनाआंै । त्यसमा कसैले पनि तलमाथि नगरौं ।  

पहिले संविधान बनाउने कि राष्ट्रिय मूल नीति बनाउने ?

त्यो संविधानमै यो कुरा हुनुपर्यो । तर, कस्तो संविधान बनाउने त्यो नै निक्र्योल भएको छैन । हामीले प्रजातान्त्रिक संविधान खोजेको हो या होइन ? हामीले एकतन्त्रीय संविधान खोजेको हो कि ? पहिले त्यो निर्णय गर्नुपर्यो । संविधानसभाले संविधान लेख्छ भन्ने कुरा मलाई विश्वास लाग्दैन । किनकि, संविधान लेख्ने त विज्ञहरूले हो नि । अहिले संविधान लेख्ने भनेको २०१९, २०४७ सालको र अहिलेको अन्तरिम संविधानलाई तलमाथि पारेर लेख्ने न हो, नयाँ कुरा के आउँछ ? २०४७ सालको संविधानमा के चाहिं छैन ? अपरिवर्तनीय भनेका कुरामा पनि संशोधनको व्यवस्था थियो । त्यही संविधानलाई हाम्रा अहिलेका नेताहरूले यो विश्वकै एक उत्कृष्ट संविधान हो भनेका थिए । अहिलेको संविधानमा दुई, चारवटा कुराबाहेक त्यो संविधानमा भएका भन्दा फरक कुरा के नै छ र ?   

नेताप्रति मात्र नभई तपाईंलाई त संविधानसभाको प्रक्रियाप्रति नै विश्वास रहेनछ ?

साँच्चिकै संविधान चाहेको भए, संसारकै अभ्यास हेर्ने हो भने पनि चार, पाँच जना विशेषज्ञ राखेर संविधान बनाऔं । पहिले आधारभूत कुराहरू तय गरौं र त्यसरी बन्ने संविधानलाई संसद्बाट अनुमोदन गरेर लागू गरौं । हाम्रो भूगोल, भूराजनीतिक अवस्था, अहिलेको विश्व परिवेश र छिमेकीको अवस्थितिलाई मध्यनजर राखेर संविधान बनाऔं ।  

त्यसरी बनाइएको संविधानले काम गरेन, जनताकै प्रतिनिधिबाट संविधान बनाउन भनेर त संविधानसभाको चुनाव भनिएको होइन र ?

समावेशीका नाममा हामीले कस्ता मान्छे ल्यायौं ? घाँसीलाई ल्यायौं, भाँडा माझ्ने मान्छेलाई ल्यायौं । जसले आफ्नो नाम लेख्न सक्दैन, त्यो मान्छेले संविधान लेख्न सक्छ भनेर विश्वास गर्न सकिन्छ ? यसको अर्थ मैले उनीहरूलाई तल पार्न खोजेको होइन । तर संविधान लेख्ने मान्छे त विज्ञ हुनुपर्यो नि । अहिले त विशेषज्ञताका आधारमा नभएर जे पनि राजनीतिक भागबन्डाका आधारमा भइरहेको छ ।

तपाईं संविधानसभाभन्दा विज्ञको टोलीबाट संविधान बनाउनुपर्छ भन्ने पक्षमा हुनुहुन्छ ?

नेपालको सन्दर्भमा यही नै उत्तम विकल्प हो ।

विगतको राजतन्त्र ब्युँताउन चाहनेहरूले यस्तो धारणा राख्छन् भन्ने छ नि ?

अहिले जुन किसिमको हर्कत भइरहेको छ, त्यो भन्ने ठाउँ पनि छ । वास्तविकता के हो भने हामीले यहाँ भएको मूल स्तम्भ (राजतन्त्र) लाई निकालिदियौं, तर त्यसले पारेको ठूलो खाडल कसैले पुर्न सकेन ।

गणतन्त्र कार्यान्वयनका बेला प्रधानसेनापतिका रूपमा तपाइर्ंको पनि ठूलो भूमिका थियो, तर अहिलेको तपाईंको भनाइमा त विरोधाभास देखियो नि ?

म त्यस्तो अवस्थामा प्रधानसेनापति भएँ, जतिबेला सबै निर्णय भित्रभित्रै भइसकेका रहेछन् । त्यसपछि पनि मन्त्रिपरिषद्बाट छोरी पनि राजा हुन सक्ने निर्णय भएको छ । विभिन्न नेताले सांस्कृतिक, सेरोमोनियल राजा भने, बेबी किङको पनि कुरा आयो । छरछिमेक सबैलाई र नेपालको अवस्था सबै बुझेर ती कुरा आएका हुन् । नेपालको विडम्बना के भयो भने दरबारले त्यसलाई स्वीकार गरेन । त्यसबेला दरबारमा यस्तो भन्ने मान्छेसँग, जर्नेलसँग बोल्दै नबोल्नु भन्ने कुराहरू भए ।

जहाँसम्म राजसंस्था फालिएको कुरा हो, त्यसलाई लिएर विधिसम्मत ढंगले कुनै निर्णय नै भएको छैन । १२ बुँदे समझदारीमा पनि निरंकुशता फाल्ने भनेको छ, राजतन्त्र फाल्ने भनेको छैन ।

जनआन्दोलन-२ मा कुनै पनि दलले राजतन्त्र फाल्ने भनेको थिएन । यो कहाँबाट आयो, कहाँबाट ? संघीयता र धर्मनिरपेक्षताको कुरा पनि कहाँबाट आयो ? यो ठूलो प्रश्न बनेको छ ।

नेपालमा अहिले पनि ९० देखि ९५ प्रतिशत मानिसहरू राजतन्त्रवादी छन्, राजावादीचाहिँ होइन नि । म पनि राजावादी होइन, राजतन्त्रवादी हो । नेपालको भौगोलिक, सांस्कृतिक र हरेक हिसाबले प्रजातान्त्रिक पद्धतिभित्र बस्ने, सम्पूर्ण जातजाति, धर्म समुदायले मानेको एकताको प्रतीक चाहिएको छ ।  

तपाईंले गणतन्त्र, धर्मनिरपेक्षता र संघीयता जनचाहना नभएर बाहिरबाट आएको भन्नुभयो । प्रधानसेनापति हुनुहुन्थ्यो, कहाँबाट आएको रहेछ ? बताइदिनुस् न ।

प्रधानसेनापतिलाई आएर यो गर्ने, ऊ गर्ने भन्ने हुँदैन । उनीहरूले त संसद्मा भित्रभित्रै छलफल गरेर भोलिपल्ट टुइक्क निकालिदिएको हो नि । यसै पनि नेपाली सेना त्यत्रो विवादमा बसिराखेको थियो, यस्तो किन गरेको भनेर सोध्ने अवस्थामा थिएन ।

गणतन्त्र कार्यान्वयनमा खेलेको भूमिकाप्रति अहिले तपाईंलाई पछुतो लागेको हो ?

छैन, मलाई पछुतो छैन । त्यसबेलाको अवस्थाअनुसार सेनाले जे गर्नुपर्ने हो, अधिकतम गरेको हो । तर त्यो बुझ्न सकिएन । नेपाली सेनाको अवस्था त कस्तो थियो भने, त्यो राष्ट्रिय सेना नभएर राजाको, व्यक्तिको, परिवारको सेना हो भनिन्थ्यो । देश विदेशका सबै मानिसमा त्यस किसिमको अवधारणा खडा गरिएको थियो । त्यसकारण नेपाली सेनाले त्यसबेला आफू कुनै व्यक्ति वा परिवारको नभएर सम्पूर्ण नेपालीको राष्ट्रिय सेना हो भन्ने सन्देश दिन सक्नुपर्ने अवस्था थियो । त्यही भएर नेपाली सेनाले त्यसबेला जुन निर्णय लियो, त्यही नै सही थियो ।  

भनेपछि नेपाली सेनाप्रतिको धारणा फेर्न तपाईं दरबारको बलि चढाउन तयार हुनुभएको थियो ?

यसमा जसले जस्तो व्याख्या गरे पनि हुन्छ । हामीले एउटा परिवारका पक्षमा लागेर जनताको विपक्षमा जाने कि नजाने, जनताको हक, अधिकार र परिवर्तनप्रतिको भावनालाई स्विकार्ने कि नस्विकार्ने भन्ने ठूलो प्रश्न थियो । जुनसुकै निर्णय लिँदा पनि एउटा पक्ष त विरोधी भइहाल्छ । तर हामीले सम्पूर्ण जनताको चाहना, हाम्रो भौगोलिक अवस्था, त्यसबेलाको विश्व परिवेश, छिमेकीहरूको कुरालाई मध्यनजर राख्ने हो नि निर्णय गर्दा ।   

त्यसबेला गणतन्त्र कार्यान्वयनमा सघाउने, अहिले चाहिँ राजतन्त्र फ्याँकेर गल्ती भयो भन्ने कुरा विरोधाभासपूर्ण भएन त ?

मैले ठीक भएन भनेको छैन । राजतन्त्र फाल्ने, नफाल्ने भन्नेमा जुन विधि अपनाइयो, त्यो ठीक भएन भन्ने हो । अहिले पूर्वराजा जहाँजहाँ जान्छन्, नेताहरू किन यसरी तर्सेका ? किन यस्तो विक्षिप्त भएका ? राहत वितरणजस्तो मानवीय कार्यमा पनि विरोध भइरहेको छ ।

राजा भएका बेलामा चाहिँ उहाँ (ज्ञानेन्द्र) ले यस किसिमको सहयोग गरेको देखिंदैनथ्यो, अहिले गर्दा त राजनीतिक उद्देश्य रहेको आशंका स्वाभाविक रूपमा हुने भयो नि ?

ठीक कुरा गर्नुभयो । उहाँमा त्यत्रो आदर्श, यत्रो सहन सक्ने शक्ति रहेछ । यत्रो धैर्य, विशालता, उदारता रहेछ । त्यसबेला यी सारा गुण कहाँ गए ? एउटा खरदारको जागिर निलम्बनमा पर्दा मान्छे झुन्डिन्छन् । मसँग एसएसली दिने मान्छे फेल भएँ भनेर रानीपोखरीमा फाल हालेका छन् । उहाँको त राजपाठ गयो, कुल सिद्धियो, इतिहास भयो । तैपनि हाँसीहाँसी बसिराख्या छ । यो शक्ति त रहेछ नि । जतिबेला जनताले परिवर्तन चाहेका थिए त्यो शक्ति त्यसबेला कहाँ गयो ?   

तपाईंको कुराकानीको सारचाहिँ राजतन्त्र फर्कायो भने धेरै समस्या हल हुन्छ भन्ने हो ?

मैले त्यस्तो भनेको छैन । मैले खालि विधि र प्रक्रिया पुगेन भनेको हो । त्यसबेला राजतन्त्र फालेको भन्दा पनि राजासँग रिसइबी साधिएको हो । राजा आउनेबित्तिकै सबै समस्या समाधान हुन्छ भन्न खोजेको होइन तर यहाँको मूल जरो उखेलियो भन्ने हो । त्यो खाल्टो पुर्ने विकल्प पहिले नै बनाएको भए यो समस्या नै आउँदैनथ्यो ।

तपाईंले राजा फर्काउने किसिमको समाधान खोज्नुभएको हो ?

नो-नो, नो-नो । मैले राजा फर्काउने खालको समाधान खोजेको भन्ने सोच्दै नसोच्नुहोस् ।

राजतन्त्र फर्किने सम्भावना देख्नुहुन्छ ?

क्लियर कट कुरा हो, अहिले राजतन्त्र फर्किने सम्भावना छैन । तर हामीले के बुझ्नुपर्छ भने राजाका पछि लागेका मानिसहरू राष्ट्रवादी, प्रजातन्त्रवादी मान्छे हुन् । ती अरू पार्टीबाट वाक्क, दिक्क, प्याक्क, छक्क भएर राजाको पछि लागेका हुन् । म तिनलाई राजावादी भन्दिनँ, प्रजातन्त्रवादी हुन् र तिनले विकल्प खोजेका हुन् ।  

तपाईं प्रधानसेनापति हुँदा धेरै बोल्नुहुन्थ्यो, विवादमा तानिनुहुन्थ्यो । अहिले पनि प्रचारमोह सकिएको छैन ?

मलाई प्रचारमोह चाहिएको होइन । नेपाली सेनाले वैधानिक सरकारको वैधानिक आदेश मात्र पालना गर्छ भनेर मैले भनेकै हो किनभने मलाई अब सेनामाथि हमला हुन्छ भन्ने सुरुमै थाहा थियो । त्यसैले मैले सार्वजनिक रूपमै कानुनसम्मत आदेश मात्र मान्छौं है भनेको हो ।

२०१७ पुस १, २०५९ असोज १८ र २०६१ माघ १९ मा भएका 'कू’ का घटनामा त सेनाले प्रजातान्त्रिक पद्धति र संविधानविरुद्ध दरबारलाई सघाएको बिर्सन मिल्छ र ?

म त्यो मान्दिनँ । त्यसबेलाको संविधान पढ्नुपर्छ हामीले । त्यसबेलाको संविधानमा जेजस्तो व्यवस्था थियो, सेनाले त्यसैलाई मानेको थियो ।  

'माघ १९’ मा हतियारधारी सेनालाई सञ्चारमाध्ययमा पठाएर आफूअनुकूल समाचार लेख्न दबाब दिनु पनि संविधानसम्मत थियो ?

हतियारधारी त मलाई थाहा छैन तर पोसाक लगाएको सैनिक सम्पादकका कक्षमा बसेर यो लेख, यो नलेख भनेको भन्ने सुनेको हो । यो त पाच्य हुने कुरै छैन । त्यसबेला नेपाली सेना प्रजातन्त्र, संविधान र राज्यको चौथो अंग मानिने सञ्चारमाध्यमका पक्षमा छ भन्ने सन्देश दिन सक्नुपथ्र्यो । मेरो कार्यकालमा हरेक पत्रकारलाई, विरोधमा लेख्ने पत्रकारलाई पनि हप्तामा एकपटक भेट्ने व्यवस्था मिलाएको थिएँ । सायद त्यो कुरा सेनामा अहिले पनि चालु होला । हामीले संसारको गति बुझ्नुपथ्र्यो । २१ आंै शताब्दीमा १६ औं शताब्दीको जस्तो राजसंस्था राख्न खोज्दा जनताले, अन्तर्राष्ट्रिय समुदायले विरोध गर्नु स्वाभाविक थियो । परिवर्तित हुने प्रशस्त मौका मिलेको हो, त्यो हुन सकेन ।

हाम्रोमा दोष पन्छाउने चलन छ । माघ १९ होस् वा राजा सक्रिय रहँदा तपाईं त अघोषित सल्लाहकारजस्तो 'कोर ग्रुप’ मा हुनुहुन्थ्यो । त्यसबेला चाहिं किन राम्रो सल्लाह नदिएको त ?

नेपालमा राजा र सेनाको सम्बन्ध के हो भने, प्रधानसेनापतिसँग बाहेक उहाँले अरू कसैसँग कुरा गर्नुहुन्नथ्यो । हामी कहिलेकाहीं प्रधानसेनापतिको पछि लागेर भेट्न जान्थ्यौं तर प्रधानसेनापतिलाई नसोधी हामीले केही कुरा गर्दैनथ्यौं । मलाई नै मुमाहजुर (रत्न) ले हुर्काएको, कान्छो छोरा बनाएर राखेको भन्छन् । नारायणहिटीमा त म एक रात पनि सुतेको छैन ।

अबको १० वर्षमा नेपालको अवस्था के होला भन्ने लाग्छ ?

नेपालको अवस्था अझै केही वर्ष अन्योलग्रस्त नै रहनेछ । अझै पनि नेपालका नेताहरू एक ठाउँमा बसेर नेपाल र नेपालीको हितमा सोच्दैनन् भने यो अवस्था अझै लम्बिन्छ । राज्यका निकायहरू जसरी कमजोर, भताभुंग हुन थालेका छन्, त्यो भनेको 'फेल्ड स्टेट' तिर जानु हो ।