Wednesday, 28 August 2013
: Nepal celebrate Lord Krishna's birth today
Friday, 9 August 2013
बुटवलमा दर्दनाक दुर्घटना १ को मृत्यु ,१ गम्भिर ( फोटो फिचर सहित )
Friday, 2 August 2013
फरार 'दाइ नाइके' पक्राउ
नेपालगन्ज, श्रावण १८ - योजनाबद्ध ढंगले बाँके जिल्ला कारागारबाट फरार भएका एक 'दाइ नाइके' लाई प्रहरीले दुई महिनापछि पक्राउ गर्न सफल भएको छ । जिल्ला, अञ्चल र क्षेत्रीय प्रहरी कार्यालयको संयुक्त टोलीले मनिकापुर ८ का ४५ वर्षीय सैफु नाउलाई बुधबार साँझ बर्दियाको सीमावर्ती कण्ठपुरबाट पक्राउ गरेको हो । ५१ प्रतिशत कैद भुक्तान गरिसकेका नाउले फरार भएपछि भारतमा बसेर आफ्नाविरुद्ध जाहेरी दिने र साक्षी बक्ने गाउँलेविरुद्ध 'हत्या योजना' बनाइरहेको अवस्थामा पक्राउ गर्न सफल भएको दाबी प्रहरीले गरेको छ । जिल्ला अदालतले कर्तव्य ज्यान मुद्दाका अभियोगी नाउलाई ०६० जेठ २८ गते २० वर्ष कैद सजायको फैसला सुनाएको थियो ।
योजनाबद्ध ढंगले गत जेठ २० गते जिल्ला कारागार कम्पाउन्डबाट उनी भाग्न सफल भएका थिए । पहिल्यै सहयोगीसहित बाहिर राखिएको मोटरसाइकलमा चढेर नाउ फरार भएका थिए । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक भुपालकुमार भण्डारीले उनी भागेर भारतको नानपारा पुगेको सूचना प्राप्त भएपछि टोली परिचालन गरिएको र दुई महिनाको मिहिनेतपछि पक्राउ गर्न सफल भएको बताए ।
क्षेत्रीय प्रहरी कार्यालय सुर्खेत, अञ्चल प्रहरी कार्यालय भेरी र जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको विशेष संयुक्त दस्ताले सुराकीका आधारमा कालिका ६ कण्ठपुर, बर्दियाबाट उनलाई पक्राउ गरेको हो । टोलीको नेतृत्व गरेका डीएसपी प्रकाश मल्लले भने, 'भागेर भारतको नानपारा पुगेका नाउले त्यहाँ हतियार र सस्तो चोरीको मोटरसाइकल खोजिरहेको सूचना प्राप्त भयो । उनका विश्वासका मान्छेलाई प्रयोग गरेर त्यस्ता मोटरसाइकल नेपालमा पाइने प्रलोभन देखाएर सीमावर्ती गाउँमा बोलाएर पक्रेका हौं ।' कण्ठपुर सीमावर्ती भारतको बलैगाउँ ससुराली भएका नाउलाई प्रलोभनमा पारेर बोलाउन सफल प्रहरीले झन्डै आधाभन्दा बढी सजाय भुक्तान गरेर 'दाइ नाइके' भइसकेका नाउको सजाय थप हुने जनाएको छ ।
'अहिले राजतन्त्र फर्किने सम्भावना छैन’
काठमाडौ, श्रावण - लाग्छ, पूर्वप्रधानसेनापति रुक्मांगद कटवालका निम्ति चर्चा र विवाद अभिन्न अंग हुन् । सेनापति छँदा मात्र होइन, सेवानिवृत्त जीवनमा पनि उनको यो छवि मेटिएको छैन । अनि सँगसँगै विरोधाभासले पनि पिछा छाडेको छैन । तत्कालीन राजदरबारको छत्रछायामा हुर्के-बढेको भनिएका कटवालले सेनापतिका रुपमा गणतन्त्र कार्यान्वयनलाई सघाएका थिए । फर्केर हेर्दा त्यो प्रक्रिया विधानसम्मत नरहेको ठान्छन्, तर अन्य राजावादीहरुझैं राजतन्त्र र्फकन सक्ने मत राख्दैनन् । प्रस्तुत छ, उनीसँग कान्तिपुरका सुधीर शर्मा र सरोजराज अधिकारीले गरेको कुराकानीको सम्पादित अंश:
धेरै अवकाशप्राप्त मानिस प्रायः गुमनाम हुन्छन्, तर तपाईं बेलाबेला चर्चामा आइरहनुहुन्छ, आउन चाहनुहुन्छ । कतै तपाईंले आफूलाई अवकाश नै नपाएझैं ठान्नुभएको त होइन ?
मैले आफ्नो बिदाइ कार्यक्रममा भनेको थिएँ, 'जनरल्स नेभर रिटायर, नाइदर दे विल बि टायर्ड ।' मैले थाहा पाएअनुसार यो जनरल म्याकार्थरले भनेको कुरा हो । नेपालमा धेरै मानिसहरू 'रिटायर्ड' भएपछि सार्वजनिक गतिविधिमा आएको देखिँदैन । तर अहिले त सरकार नै अवकाशप्राप्तहरूको छ । सन्दर्भ त त्यस्तो पनि हुन्छ कहिलेकाहीं । मेरो सन्दर्भमा आफ्ना सामाजिक कुराहरू, जनसम्पर्कमा कमी आएको छैन । यी विभिन्न कारणले गर्दा चर्चामा आउने अवस्था सिर्जना भयो । विदेशी संघसंस्थाले पनि बोलाइराखेका हुन्छन्, गइरहेको हुन्छु । कतिपय बेला त पार्टी खोल्न लाग्यो भनेर पनि चर्चा भयो । पश्चिमतिर त मेरा नाममा पर्चा नै बाँडियो । मैले पत्रकार सम्मेलन गरेरै पार्टी खोल्न लागेको छैन, अरू कुनै पार्टीमा जाने योजना पनि छैन भन्नुपर्यो । वास्तवमा पार्टी सञ्चालन गर्ने वा पार्टीमा काम गर्ने मेरो खुबी नै छैन । केहीअघि एकजना पूर्वप्रधानमन्त्रीले नै 'तपाईं त फलानो पार्टीमा लाग्नुभएछ' भनेर सोध्नुभयो । अर्को कसले राप्रपा नेपाल प्रवेश गर्नुभएछ भनेर सोधे ।
तपाईं पर्दाभित्रको राजनीतिमा सक्रिय भएकाले त्यसो भनिएको हो कि ?
यसलाई सक्रिय राजनीति भन्ने कि के भन्ने ? सामाजिक प्राणी भएकाले सबै पार्टीका मानिससँग मेरो संगत छ । सबैलाई चिन्छु । मेरा विरोधीलाई पनि बोलाउँछु । विरोधीले मेरा कमीकमजोरी औंल्याउँछन्, आफूलाई सच्याउन पाइन्छ ।
अवकाश प्राप्त सेनापतिका रूपमा हेर्दा मुलुकको राजनीति कता गइरहेको छ जस्तो लाग्छ ?
हामी सही दिशामा गइरहेको जस्तो लाग्दैन । नेपालका नेताहरू नेपाल र नेपालीको भविष्यप्रति खासै चिन्तित भएको पाएका छैनौं ।
नेताहरूले संविधानसभाबाट संविधान लेख्ने, संक्रमणकाल चाँडै अन्त्य गर्ने प्रयास त गरिरहेकै छन् नि । तपाईंले त्यो कोसिसलाई नजरअन्दाज गरेझैं लाग्दैन ?
मैले उहाँहरूको कोसिसलाई नजरअन्दाज गरें भन्ने लाग्दैन । म एकजनाले गरेर खासै फरक पर्ने त होइन । मैले नजरअन्दाज गरे पनि अरू नेपाली पनि छन् नि, पौने तीन करोड जनता छन् । धेरै विद्वान्, देशभक्त, प्रजातन्त्रवादी छन् । मैले गरे पनि तिनले त नजरअन्दाज गर्दैनन् । उहाँहरूले नै यो ठीक भएन, ऊ ठीक भएन भनिराख्नुभएको छ । संविधानसभाले चार वर्षमा किन संविधान लेख्न सकेन भन्ने कुराको निराकरणका लागि अहिले पनि खासै के भएको छ ? चुनाव नै भइहाल्यो भने पनि संविधान लेख्न सक्छन् कि सक्दैनन् भन्ने प्रश्न यथावतै छ । संविधान लेख्न नसक्नुका कारणबारे छानबिन भएको छैन । अहिले हाम्रा नेताजीहरू संविधानसभाको चुनावको भाषण दिएर त हिँड्नुभएको छ तर संविधानसभाको चुनाव चाहेको खासै देखिंदैन । अहिलेको सन्दर्भमा सबैले भनिरहेका छन्, मलाई पनि के लाग्छ भने मंसिर ४ गते चुनाव हुँदैन ।
नेताहरूप्रति तपाईंको यति धेरै वितृष्णा किन ?
आठ वर्ष पुग्न लाग्यो, 'सो कल्ड' दोस्रो जनआन्दोलन भएको । त्यसयता हाम्रा मुख्य नेताहरू दिनहुँ नभए पनि हप्तामा एकपटक त विभिन्न स्थानमा भेट गरिरहेका हुन्छन् । ती भेटघाटमा हुम्ला, जुम्लामा चिनी, नुन, खाद्य कसरी पुर्याउने, मनसुनमा कोसीमा बाढी जान्छ, त्यसलाई कसरी रोक्ने भन्ने विषयमा कुराकानी भएको मैले कुनै पनि सञ्चारमाध्यममा सुनेको छैन । यस्ता राष्ट्रिय विषयमा यिनीहरू बसेर छलफल गर्दैनन् । तर प्रधानमन्त्री को हुने ? कसले कति सिट पाउने भन्ने छलफलकै परिधिभित्र बसेपछि जनताले विश्वास गर्ने ठाउँ अति नै कम हुन्छ । अहिले भएको त्यही नै हो ।
तपाईंले 'सो कल्ड’ भनेको जनआन्दोलनमा सहभागी जनता र अहिले तपाईंले भनेका जनता भिन्नै हुन् ? तपाईंले त यो समग्र प्रक्रिया नै ठीक भएन भनिरहनुभएको छ । यो सबै जनताकै चाहनामा भएको होइन र ?
तपाईंलाई म ठाडै भनौं, जनताका चाहनाहरू अकस्मात् उर्लिएर आए । त्यसबेला खास गरेर दरबारका दरबारियाहरूको क्रियाकलापले गर्दा जनतामा एक किसिमको ठूलो असन्तुष्टि आयो । नेताहरूले त केही गर्लान् भन्ने ठूलो आशा थियो र परिवर्तनप्रति जनताको चाहना प्रकट भयो । तर अहिले आठ वर्षमा योभन्दा त त्यसैबेला ठीक थियो, शान्ति सुरक्षा कायम थियो, महँगी थिएन, विदेशीले मनपरी गर्न, आइएनजीओ/एनजीओ यसरी शक्तिशाली भएर राज्यका संरचनालाई यति धेरै कमजोर पारिएको थिएन भन्ने कुरा जनतामा सर्वत्र पि+mजियो ।
तपाईंले जुन बेलाको उदाहरण दिनुभयो, त्यसबेला त हामी चरम द्वन्द्वबाट गुजि्ररहेका थियौं । मुलुक गृहयुद्धको डिलमा थियो । दिनहुँ धेरै मानिस मरिरहेको अवस्था थियो । त्यसबाट त हामीले छुटकारा पायौं । संक्रमण निकै लम्बिएको उदाहरण त अन्यत्र पनि छन् । नेताहरूले कोसिस गरिरहेको अवस्थामा तपाईं अलि बढी नै प्रतिक्रियात्मक भएझैं लाग्दैन ?
जनता छिटोछिटो परिवर्तन चाहन्छ र उनीहरूको आशा नेताहरूले नै धेरै जगाइदिनुभयो । कहिले सिंगापुरको त कहिले स्विट्जरल्यान्डको कुरा गर्दिनुभयो । कहिले मेलम्चीको पानी ल्याउने कुरा भयो तर त्यही मेलम्चीको कुरा हुन थालेको कति वर्ष भयो ? जनताले पानीसमेत खान पाएनन् । प्रतिबद्धता पूरा नभएपछि जनतामा निराशा त आउने भयो नै । हामी जनता विदेश जान्छौं, टेलिभिजन, इन्टरनेट हेर्छौं, विश्वका विभिन्न मुलुकमा ८/१० वर्षमा भएका प्रगतिसँग हाम्रो अवस्था दाँज्छौं । हाम्रो त भएका संरचना पनि बिगि्रए । माओवादी द्वन्द्वकालमा अर्बौं रुपैयाँका भौतिक संरचना जुन वीभत्स रूपमा नष्ट पारिए, ती पनि बन्न सकेका छैनन् । यो त जनताले देखिरहेका छन् ।
तपाईंमा नेताहरूप्रति यति धेरै वितृष्णा कहिलेदेखि पलाएको हो ?
मेरो वितृष्णभन्दा पनि जनतामा वितृष्णा जाग्यो, जुन राम्रो होइन । प्रजातान्त्रिक पद्धतिमा नेताप्रति वितृष्णा जाग्नु भनेको व्यवस्थाप्रति नै वितृष्णा जागेको ठहर्छ । राज्यका संरचना, संगठनको साख गिर्दै जानु, गैरराज्य र राज्यविरोधी पक्षको बोलवाला बढ्दै जानु, तिनीहरूले त्यही नेताबाट आश्रय पाउनु, कानुन मिचिनुजस्ता कुराले जनतामा वितृष्णा जाग्नु स्वाभाविक हो । त्यहीमध्येको एउटा जनता म पनि हुँ । मैले नि त्यही भोगिरहेको छु । म एउटा ठूलो संस्थाको हाकिम भएर अवकाश पाएको मान्छे, तर चार वर्ष भयो धाराको पानी कस्तो हुन्छ देखेको छैन । म त दुःख, सुख गरेर किनेर खाइरहेको छु, अरूको पीडा कस्तो होला ? जबर्जस्ती अपहरण, चन्दा आतंक छ । मानिसले खान पाइरहेका छैनन् । त्यसैले म नेताहरूलाई अनुरोध गर्छु, तपाईंहरू एक ठाउँमा बस्नुहोस्, अब अति भइसक्यो । म पहिला नेपाली हुँ, हामी सबै पहिला नेपाली हौं र हामीलाई नेपाल भन्ने धर्ती चाहिन्छ भन्ने सोच्नुहोस् । यो नेपाललाई सार्वभौम र स्वतन्त्र राख्न, राष्ट्रिय अखण्डता र सम्प्रभुता बचाउन राष्ट्रिय मूल नीति बनाआंै । त्यसमा कसैले पनि तलमाथि नगरौं ।
पहिले संविधान बनाउने कि राष्ट्रिय मूल नीति बनाउने ?
त्यो संविधानमै यो कुरा हुनुपर्यो । तर, कस्तो संविधान बनाउने त्यो नै निक्र्योल भएको छैन । हामीले प्रजातान्त्रिक संविधान खोजेको हो या होइन ? हामीले एकतन्त्रीय संविधान खोजेको हो कि ? पहिले त्यो निर्णय गर्नुपर्यो । संविधानसभाले संविधान लेख्छ भन्ने कुरा मलाई विश्वास लाग्दैन । किनकि, संविधान लेख्ने त विज्ञहरूले हो नि । अहिले संविधान लेख्ने भनेको २०१९, २०४७ सालको र अहिलेको अन्तरिम संविधानलाई तलमाथि पारेर लेख्ने न हो, नयाँ कुरा के आउँछ ? २०४७ सालको संविधानमा के चाहिं छैन ? अपरिवर्तनीय भनेका कुरामा पनि संशोधनको व्यवस्था थियो । त्यही संविधानलाई हाम्रा अहिलेका नेताहरूले यो विश्वकै एक उत्कृष्ट संविधान हो भनेका थिए । अहिलेको संविधानमा दुई, चारवटा कुराबाहेक त्यो संविधानमा भएका भन्दा फरक कुरा के नै छ र ?
नेताप्रति मात्र नभई तपाईंलाई त संविधानसभाको प्रक्रियाप्रति नै विश्वास रहेनछ ?
साँच्चिकै संविधान चाहेको भए, संसारकै अभ्यास हेर्ने हो भने पनि चार, पाँच जना विशेषज्ञ राखेर संविधान बनाऔं । पहिले आधारभूत कुराहरू तय गरौं र त्यसरी बन्ने संविधानलाई संसद्बाट अनुमोदन गरेर लागू गरौं । हाम्रो भूगोल, भूराजनीतिक अवस्था, अहिलेको विश्व परिवेश र छिमेकीको अवस्थितिलाई मध्यनजर राखेर संविधान बनाऔं ।
त्यसरी बनाइएको संविधानले काम गरेन, जनताकै प्रतिनिधिबाट संविधान बनाउन भनेर त संविधानसभाको चुनाव भनिएको होइन र ?
समावेशीका नाममा हामीले कस्ता मान्छे ल्यायौं ? घाँसीलाई ल्यायौं, भाँडा माझ्ने मान्छेलाई ल्यायौं । जसले आफ्नो नाम लेख्न सक्दैन, त्यो मान्छेले संविधान लेख्न सक्छ भनेर विश्वास गर्न सकिन्छ ? यसको अर्थ मैले उनीहरूलाई तल पार्न खोजेको होइन । तर संविधान लेख्ने मान्छे त विज्ञ हुनुपर्यो नि । अहिले त विशेषज्ञताका आधारमा नभएर जे पनि राजनीतिक भागबन्डाका आधारमा भइरहेको छ ।
तपाईं संविधानसभाभन्दा विज्ञको टोलीबाट संविधान बनाउनुपर्छ भन्ने पक्षमा हुनुहुन्छ ?
नेपालको सन्दर्भमा यही नै उत्तम विकल्प हो ।
विगतको राजतन्त्र ब्युँताउन चाहनेहरूले यस्तो धारणा राख्छन् भन्ने छ नि ?
अहिले जुन किसिमको हर्कत भइरहेको छ, त्यो भन्ने ठाउँ पनि छ । वास्तविकता के हो भने हामीले यहाँ भएको मूल स्तम्भ (राजतन्त्र) लाई निकालिदियौं, तर त्यसले पारेको ठूलो खाडल कसैले पुर्न सकेन ।
गणतन्त्र कार्यान्वयनका बेला प्रधानसेनापतिका रूपमा तपाइर्ंको पनि ठूलो भूमिका थियो, तर अहिलेको तपाईंको भनाइमा त विरोधाभास देखियो नि ?
म त्यस्तो अवस्थामा प्रधानसेनापति भएँ, जतिबेला सबै निर्णय भित्रभित्रै भइसकेका रहेछन् । त्यसपछि पनि मन्त्रिपरिषद्बाट छोरी पनि राजा हुन सक्ने निर्णय भएको छ । विभिन्न नेताले सांस्कृतिक, सेरोमोनियल राजा भने, बेबी किङको पनि कुरा आयो । छरछिमेक सबैलाई र नेपालको अवस्था सबै बुझेर ती कुरा आएका हुन् । नेपालको विडम्बना के भयो भने दरबारले त्यसलाई स्वीकार गरेन । त्यसबेला दरबारमा यस्तो भन्ने मान्छेसँग, जर्नेलसँग बोल्दै नबोल्नु भन्ने कुराहरू भए ।
जहाँसम्म राजसंस्था फालिएको कुरा हो, त्यसलाई लिएर विधिसम्मत ढंगले कुनै निर्णय नै भएको छैन । १२ बुँदे समझदारीमा पनि निरंकुशता फाल्ने भनेको छ, राजतन्त्र फाल्ने भनेको छैन ।
जनआन्दोलन-२ मा कुनै पनि दलले राजतन्त्र फाल्ने भनेको थिएन । यो कहाँबाट आयो, कहाँबाट ? संघीयता र धर्मनिरपेक्षताको कुरा पनि कहाँबाट आयो ? यो ठूलो प्रश्न बनेको छ ।
नेपालमा अहिले पनि ९० देखि ९५ प्रतिशत मानिसहरू राजतन्त्रवादी छन्, राजावादीचाहिँ होइन नि । म पनि राजावादी होइन, राजतन्त्रवादी हो । नेपालको भौगोलिक, सांस्कृतिक र हरेक हिसाबले प्रजातान्त्रिक पद्धतिभित्र बस्ने, सम्पूर्ण जातजाति, धर्म समुदायले मानेको एकताको प्रतीक चाहिएको छ ।
तपाईंले गणतन्त्र, धर्मनिरपेक्षता र संघीयता जनचाहना नभएर बाहिरबाट आएको भन्नुभयो । प्रधानसेनापति हुनुहुन्थ्यो, कहाँबाट आएको रहेछ ? बताइदिनुस् न ।
प्रधानसेनापतिलाई आएर यो गर्ने, ऊ गर्ने भन्ने हुँदैन । उनीहरूले त संसद्मा भित्रभित्रै छलफल गरेर भोलिपल्ट टुइक्क निकालिदिएको हो नि । यसै पनि नेपाली सेना त्यत्रो विवादमा बसिराखेको थियो, यस्तो किन गरेको भनेर सोध्ने अवस्थामा थिएन ।
गणतन्त्र कार्यान्वयनमा खेलेको भूमिकाप्रति अहिले तपाईंलाई पछुतो लागेको हो ?
छैन, मलाई पछुतो छैन । त्यसबेलाको अवस्थाअनुसार सेनाले जे गर्नुपर्ने हो, अधिकतम गरेको हो । तर त्यो बुझ्न सकिएन । नेपाली सेनाको अवस्था त कस्तो थियो भने, त्यो राष्ट्रिय सेना नभएर राजाको, व्यक्तिको, परिवारको सेना हो भनिन्थ्यो । देश विदेशका सबै मानिसमा त्यस किसिमको अवधारणा खडा गरिएको थियो । त्यसकारण नेपाली सेनाले त्यसबेला आफू कुनै व्यक्ति वा परिवारको नभएर सम्पूर्ण नेपालीको राष्ट्रिय सेना हो भन्ने सन्देश दिन सक्नुपर्ने अवस्था थियो । त्यही भएर नेपाली सेनाले त्यसबेला जुन निर्णय लियो, त्यही नै सही थियो ।
भनेपछि नेपाली सेनाप्रतिको धारणा फेर्न तपाईं दरबारको बलि चढाउन तयार हुनुभएको थियो ?
यसमा जसले जस्तो व्याख्या गरे पनि हुन्छ । हामीले एउटा परिवारका पक्षमा लागेर जनताको विपक्षमा जाने कि नजाने, जनताको हक, अधिकार र परिवर्तनप्रतिको भावनालाई स्विकार्ने कि नस्विकार्ने भन्ने ठूलो प्रश्न थियो । जुनसुकै निर्णय लिँदा पनि एउटा पक्ष त विरोधी भइहाल्छ । तर हामीले सम्पूर्ण जनताको चाहना, हाम्रो भौगोलिक अवस्था, त्यसबेलाको विश्व परिवेश, छिमेकीहरूको कुरालाई मध्यनजर राख्ने हो नि निर्णय गर्दा ।
त्यसबेला गणतन्त्र कार्यान्वयनमा सघाउने, अहिले चाहिँ राजतन्त्र फ्याँकेर गल्ती भयो भन्ने कुरा विरोधाभासपूर्ण भएन त ?
मैले ठीक भएन भनेको छैन । राजतन्त्र फाल्ने, नफाल्ने भन्नेमा जुन विधि अपनाइयो, त्यो ठीक भएन भन्ने हो । अहिले पूर्वराजा जहाँजहाँ जान्छन्, नेताहरू किन यसरी तर्सेका ? किन यस्तो विक्षिप्त भएका ? राहत वितरणजस्तो मानवीय कार्यमा पनि विरोध भइरहेको छ ।
राजा भएका बेलामा चाहिँ उहाँ (ज्ञानेन्द्र) ले यस किसिमको सहयोग गरेको देखिंदैनथ्यो, अहिले गर्दा त राजनीतिक उद्देश्य रहेको आशंका स्वाभाविक रूपमा हुने भयो नि ?
ठीक कुरा गर्नुभयो । उहाँमा त्यत्रो आदर्श, यत्रो सहन सक्ने शक्ति रहेछ । यत्रो धैर्य, विशालता, उदारता रहेछ । त्यसबेला यी सारा गुण कहाँ गए ? एउटा खरदारको जागिर निलम्बनमा पर्दा मान्छे झुन्डिन्छन् । मसँग एसएसली दिने मान्छे फेल भएँ भनेर रानीपोखरीमा फाल हालेका छन् । उहाँको त राजपाठ गयो, कुल सिद्धियो, इतिहास भयो । तैपनि हाँसीहाँसी बसिराख्या छ । यो शक्ति त रहेछ नि । जतिबेला जनताले परिवर्तन चाहेका थिए त्यो शक्ति त्यसबेला कहाँ गयो ?
तपाईंको कुराकानीको सारचाहिँ राजतन्त्र फर्कायो भने धेरै समस्या हल हुन्छ भन्ने हो ?
मैले त्यस्तो भनेको छैन । मैले खालि विधि र प्रक्रिया पुगेन भनेको हो । त्यसबेला राजतन्त्र फालेको भन्दा पनि राजासँग रिसइबी साधिएको हो । राजा आउनेबित्तिकै सबै समस्या समाधान हुन्छ भन्न खोजेको होइन तर यहाँको मूल जरो उखेलियो भन्ने हो । त्यो खाल्टो पुर्ने विकल्प पहिले नै बनाएको भए यो समस्या नै आउँदैनथ्यो ।
तपाईंले राजा फर्काउने किसिमको समाधान खोज्नुभएको हो ?
नो-नो, नो-नो । मैले राजा फर्काउने खालको समाधान खोजेको भन्ने सोच्दै नसोच्नुहोस् ।
राजतन्त्र फर्किने सम्भावना देख्नुहुन्छ ?
क्लियर कट कुरा हो, अहिले राजतन्त्र फर्किने सम्भावना छैन । तर हामीले के बुझ्नुपर्छ भने राजाका पछि लागेका मानिसहरू राष्ट्रवादी, प्रजातन्त्रवादी मान्छे हुन् । ती अरू पार्टीबाट वाक्क, दिक्क, प्याक्क, छक्क भएर राजाको पछि लागेका हुन् । म तिनलाई राजावादी भन्दिनँ, प्रजातन्त्रवादी हुन् र तिनले विकल्प खोजेका हुन् ।
तपाईं प्रधानसेनापति हुँदा धेरै बोल्नुहुन्थ्यो, विवादमा तानिनुहुन्थ्यो । अहिले पनि प्रचारमोह सकिएको छैन ?
मलाई प्रचारमोह चाहिएको होइन । नेपाली सेनाले वैधानिक सरकारको वैधानिक आदेश मात्र पालना गर्छ भनेर मैले भनेकै हो किनभने मलाई अब सेनामाथि हमला हुन्छ भन्ने सुरुमै थाहा थियो । त्यसैले मैले सार्वजनिक रूपमै कानुनसम्मत आदेश मात्र मान्छौं है भनेको हो ।
२०१७ पुस १, २०५९ असोज १८ र २०६१ माघ १९ मा भएका 'कू’ का घटनामा त सेनाले प्रजातान्त्रिक पद्धति र संविधानविरुद्ध दरबारलाई सघाएको बिर्सन मिल्छ र ?
म त्यो मान्दिनँ । त्यसबेलाको संविधान पढ्नुपर्छ हामीले । त्यसबेलाको संविधानमा जेजस्तो व्यवस्था थियो, सेनाले त्यसैलाई मानेको थियो ।
'माघ १९’ मा हतियारधारी सेनालाई सञ्चारमाध्ययमा पठाएर आफूअनुकूल समाचार लेख्न दबाब दिनु पनि संविधानसम्मत थियो ?
हतियारधारी त मलाई थाहा छैन तर पोसाक लगाएको सैनिक सम्पादकका कक्षमा बसेर यो लेख, यो नलेख भनेको भन्ने सुनेको हो । यो त पाच्य हुने कुरै छैन । त्यसबेला नेपाली सेना प्रजातन्त्र, संविधान र राज्यको चौथो अंग मानिने सञ्चारमाध्यमका पक्षमा छ भन्ने सन्देश दिन सक्नुपथ्र्यो । मेरो कार्यकालमा हरेक पत्रकारलाई, विरोधमा लेख्ने पत्रकारलाई पनि हप्तामा एकपटक भेट्ने व्यवस्था मिलाएको थिएँ । सायद त्यो कुरा सेनामा अहिले पनि चालु होला । हामीले संसारको गति बुझ्नुपथ्र्यो । २१ आंै शताब्दीमा १६ औं शताब्दीको जस्तो राजसंस्था राख्न खोज्दा जनताले, अन्तर्राष्ट्रिय समुदायले विरोध गर्नु स्वाभाविक थियो । परिवर्तित हुने प्रशस्त मौका मिलेको हो, त्यो हुन सकेन ।
हाम्रोमा दोष पन्छाउने चलन छ । माघ १९ होस् वा राजा सक्रिय रहँदा तपाईं त अघोषित सल्लाहकारजस्तो 'कोर ग्रुप’ मा हुनुहुन्थ्यो । त्यसबेला चाहिं किन राम्रो सल्लाह नदिएको त ?
नेपालमा राजा र सेनाको सम्बन्ध के हो भने, प्रधानसेनापतिसँग बाहेक उहाँले अरू कसैसँग कुरा गर्नुहुन्नथ्यो । हामी कहिलेकाहीं प्रधानसेनापतिको पछि लागेर भेट्न जान्थ्यौं तर प्रधानसेनापतिलाई नसोधी हामीले केही कुरा गर्दैनथ्यौं । मलाई नै मुमाहजुर (रत्न) ले हुर्काएको, कान्छो छोरा बनाएर राखेको भन्छन् । नारायणहिटीमा त म एक रात पनि सुतेको छैन ।
अबको १० वर्षमा नेपालको अवस्था के होला भन्ने लाग्छ ?
नेपालको अवस्था अझै केही वर्ष अन्योलग्रस्त नै रहनेछ । अझै पनि नेपालका नेताहरू एक ठाउँमा बसेर नेपाल र नेपालीको हितमा सोच्दैनन् भने यो अवस्था अझै लम्बिन्छ । राज्यका निकायहरू जसरी कमजोर, भताभुंग हुन थालेका छन्, त्यो भनेको 'फेल्ड स्टेट' तिर जानु हो ।
Short romantic love story
As she walked away he grabbed her arm and told her to stay. He said "You're not pretty, you're beautiful. I don`t want to be with you forever, I need to be with you forever. And I wouldn't cry if you walked away, I would die."
A silent tear slid down his cheek as he slowly reached into his pocket & passed her a folded note.
At that moment, a drunk driver was speeding down that very same street. He swerved right into the drivers seat, killing the boy. Miraculously, the girl survived. Remembering the note, she pulled it out & read it. "Without your love, I would die."
























